ब्लग आफ्नो विचार व्यक्त गर्ने खुल्ला ठाउँ हो : अनिता दाहाल

तेह्रथुमकी अनिता दाहालले पत्रकारितामा स्नाकोत्तर गरेकी छन् । दि राईजिङ्ग नेपाल र दि काठमाडौं पोष्टमा प्रतिक्षार्थीको पत्रकारको रुपमा काम गरिसकेकी अनिता अहिले भने कामको खोजिमा छिन् । पुस्तक पढ्न निकै रुचाउँने अनिता ब्लग लेखनमा पनि सक्रिय छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै अनिता दाहालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सोसियल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

म आफूलाई ब्लगरको रुपमा चिनाउन चाहन्छु ।

ब्लगिङ कसरी ब्लग शुरु गर्नुभयो ?

मैले ब्लगिङ सन् २०१० मा सुरु गरेको हुँ । मैले मेरो मिल्ने साथीले ब्लगिङ गरेको देखे अनि मलाई पनि ब्लग लेख्न मन लाग्यो । र सुरु गरे ।

ब्लगबारे कँहा सुन्नुभयो ?

मैले ब्लगबारे साथीबाट सुनेको थिए ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

म ब्लगिङ आफ्नो खुशीको लागि गर्छु र आफ्नो लेखका लागि ब्लगिङ गर्छु । म प्राय कथाहरु लेख्ने गर्छु । बेला बेलामा अन्य लेखहरु प्नि लेख्ने गर्छु ।

तपाईले  http://aneetadahal.blogspot.com/   बाहेक अरु पनि चलाउनु हुन्छ ? 

यो बाहेक अरु ब्लग चलाउदिन ।

अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ  त ? 

ब्लगिङ गर्न सजिलो छ किनकि यो आफ्नो विचार व्यक्त गर्ने खुल्ला ठाउँ हो ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

अहिलेसम्म राम्रो प्रतिक्रिया आइरहेको छ । केही पाठकहरुले सुधारको लागि सुझाव दिनुहुन्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

ब्लगिङ बाहेक मलाई उपन्यास पढ्न मन लाग्छ ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ?

मैले सक्दो आफ्नो रुचिको विषयलाई समावेश गरेको छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

अहिलेसम्म त्यस्तो केही छैन ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

मेरो विचारमा ब्लगिङ नागरिक पत्रकारिता हो । किनकि यसमा आफ्नो विचार व्यक्त गर्न पाइन्छ र पाठकबाट सजिलै प्रतिक्रिया लिन सकिन्छ ।

अन्त्यमा,

मलाई आफ्नो कुरा व्यक्त गर्न दिइएकोमा धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kamal Paudyal on May 3, 2017 at 5:03pm

शुभकामना

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service