Blogger of this week: Yadav Humagain

काभ्रेपलान्चोकका यादव हुमागाइ हाल संगमचोक काठमाडौंमा बसोबास गर्दै आइरहेका छन । पत्रकारितामा स्नातक गरेका यादव बिगत ५ बर्ष देखी पत्रकारितामा कृयाशिल रहेका छन । आमसंचारको विद्यार्थी यादव अध्ययन, भ्रमण गर्न रुचाँउछन । सिनियर पत्रकारका व्लगहरु पढेर ब्लगिङ गर्न सिकेका यादवले अग्रज र साथीहरुको प्रतिक्रिया पाउन थालेपछि नियमित ब्लगिङ गर्न थाले । अध्ययन र भ्रमण गर्न रुचाउने यादव यस हप्ता मेरोरिपोर्ट साताको ब्लगर बन्न सफल भएका छन । सदा झैं यसपटक पनि हामीले उनीसँग केही कुराकानी गरेका छौं :

आफ्नो ब्लगिङको इतिहास बताइदिनुस ? तपाईं कसरी ब्लगिङमा आकर्षित हुनु भयो ? कहिले देखि ब्लगिङ सुरु गर्नु भयो ?

आमसंचारको विद्यार्थी भएकाले यस विधाप्रति स्वत रुची बढ्ने भैहाल्यो । राजाको निरंकुश शासनकालमा आमसंचार माध्यममा सरकारले नियन्त्रण गरेपछि ब्लगको भूमिका र महत्व सुनेर म यसतर्फ आकर्षित भए । पछि संचारमाध्यममा काम गर्न थालेपछि आफ्ना समाचार र आफ्ना बिचार प्रकाशित गर्न ब्लग नै एक उपयुक्त माध्यम बन्यो । पत्रिकामा स्थान अभाव भए, धेरै सम्पादन भएपनि आफुले लेखेका कुरा ब्लगमार्फत दिन सकिन्छ । मैले ब्लगिङ थालेको ५ वर्षभन्दा बढी भयो । जनसम्पर्क बढाउन समेत धेरै सहयोग भएको छ ।

सुरुमा ब्लगिङको कस्तो अनुभव भयो ?  

सिनियर पत्रकारका व्लगहरु पढेर नै मैले यसबारे सिके । सुरुवातीमा लेखाइ चित्त बुझ्दैनथ्यो । धेरै पटक ब्लग खोल्दै, बन्द गरियो । आफ्नो गल्तीबाट आफैलाई सुधादै गए । अग्रज र साथीहरुको प्रतिक्रिया पाउन थालेपछि उत्साह थप्यो । र ब्लग नियमित गर्न थालियो ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ?

आर्थिक समाचार, बिचारका साथै समसामयिक टिप्पणी, व्यक्तिगत भावना र यदाकदा साहित्य मेरा विषयबस्तु हुन् ।

एकैछिन तपाईंको ब्लगको लेखहरुको कुरा गरौँ आफ्नो ब्लगमा के कस्ता बिषयबस्तु समाबेश गर्नुहुन्छ ?

सक्रिय आर्थिक पत्रकारिता गरिरहेकाले मेरो ब्लगिङको विषयबस्तु मुख्यतय आर्थिक विषयबस्तु नै हुनेगर्छ । आर्थिक समाचार र बिचार नै बढी मात्रामा लेख्ने गदर्छु । त्यसबाहेक मुड चलेका बेलामा आफ्ना भावना, टिप्पटी र यदाकदा साहित्यमा पनि कलम चलाउने गरेको छुँ ।

पछील्लो पटक कुन बिषयमा के लेख लेख्नुभयो ?

पछिल्लो पटक सहकारी क्षेत्रप्रति नेपाल राष्ट्र बैंकको बेवास्ताबारे समाचार लेखेको थिए ।

के कुराले लेख्न अभिप्रेरित गर्यो ?

नेपालमा २३ हजारभन्दा धेरै सहकारीमा २ खर्ब भन्दा धेरैको कारोबार छ । तर देशको मौद्रिक नीति व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकले यतातिर ध्यान नपुर्याउदा यस क्षेत्रमा विकृती बढेको छ । यसले आर्थिक दुर्घटनाको संकेत पनि गरेको छ । यसैलाई संकेत गर्न यो समाचार लेखेको थिए ।

यो लेखबाट कस्तो प्रतिकृया पाउनु भयो ?

सिनियर पत्रकार र नीति निर्माताबाट छाँयामा परेको कुरा उठाएको भन्नुभयो । सहकारीकर्मीले भने नकारात्मक पाटो मात्र हेरेको भन्दै सहकारीको सकारात्मक कुरा पनि केलाउन आग्रह गरे ।

तपाईंको ब्लगको ट्राफिक कस्तो ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको ?

आर्थिक समाचार र टिप्पणी धेरै हुने भएकाले यसप्रति रुचि हुनेहरुले मात्र हेर्नुहुन्छ। त्यसैले पाठकको संख्या ठिकै छ ।

ब्लगिङ गर्दाको कुनै रमाइलो  वा  सम्झनलायक  अनुभव  भने  बताइदिनुस ?

व्लगको समाचारमा हटाउन एक व्यक्तिले फोनमार्फत दवाव दिएका थिए । मैले हटाउन नमानेपछि उनले गुगललाई कम्प्लेन गरेर ब्लग नै बन्द गराइदिने धम्कि समेत दिएका थिए ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो ?

नेपालीहरुको प्रविधिमा पहुँच विस्तारै बढीरहेको छ । यसले प्रविधिमा आधारित विभिन्न विधा, सामाजिक संजालमा आवद्ध हुने र ब्लग गर्ने नेपालीको संख्या बढीरहेको छ । यसले नागरिक पत्रकारितालाई पनि विकास गरेको छ । हामीसँग संसारलाई पढाउने, देखाउने धेरै विषयबस्तु छन् । सबै विषयबस्तुसम्म आमसंचारको पहुँच नपुगेकाले ब्लगको महत्व अझ धेरै छ । यसको भविष्य पनि राम्रो छ । यसबाट व्यक्तित्व विकासका साथै समाज र देशका लागि केही योगदान गर्न सकिन्छ । आफ्नो सिजर्नात्मक क्षमतालाई तिखार्न र यसबाट आय आर्जन गर्न पनि सकिन्छ ।

ब्लग भनेको आफ्नो धारणा अभिव्यक्ती स्वतन्त्र व्यक्त गर्न ठाउँ हो हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ  के  लाग्छ ब्लगिङमा आचारसंहिताको जरुरी किन ?

स्वतन्त्रताको अर्थ छाडा हुनु त हैन नि त्यसैले पनि ब्लगरहरु पनि आचारसंहिता बाँधिनु जरुरी छ । विषेशगरी अर्काको सिर्जना चोरेर आफ्नो ब्लगमा राख्ने, अरुलाई गाली गर्न, चरित्र हत्या गर्न पनि ब्लगको प्रयोग गरेको देखिन्छ । प्रहरीले पनि साइबर क्राइमबारे छुटै सेल गठन गरी कारवाही गर्न थालेको छ । यस अवस्थामा आचारसंहिताले ब्लगलाई मर्यादित र सम्मानित बनाउछ ।

तपाईं सक्रीय पत्रकार हुनुहुन्छ नेपालमा पत्रकारिता कत्तिको सजिलो ?

काम सबै चुनौतिपूर्ण नै हुन्छ । त्यसमा पनि जुनसुकै बेला काम गर्न तयार रहनुपर्ने, विकृति विसंगतिविरुद्ध कलम चलाउनुपर्ने पेशा अझ बढी चुनौतिपूर्ण नै छ । पूर्ण व्यवसायिक भइनसकेको र सामाजिक सुरक्षा नभएको स्थितिमा पत्रकारिता गर्न गाह्रो छ । तर यसप्रति गहिरो रुचि भएको र अध्ययन गरेकाको लागि भने केही सहज हुन्छ ।

एउटा पत्रकारको नाताले भन्नु पर्दा नेपाली पत्रकारहरुले अहिले कस्ताकस्ता चुनौतिहरु भोग्नुपरेको ?

पत्रकारिता क्षेत्र व्यवसायिक बन्न नसक्नु अहिलेको प्रमुख समस्या हो । पेशागत र सामाजिक सुरक्षा नहुदा क्षमतावान धेरै पत्रकार पेशाबाट पलायन भएका छन् । राजनीतिक छाँयाले पनि यो क्षेत्रलाई प्रभावित गरेको छ । यो पार्टीको पत्रिका भनेर तोक्ने गरिन्छ । केही संचारमाध्यमले गैरव्यवसायीक कृयाकलाप गर्दा पत्रकारिता क्षेत्र नै बदनाम भएको छ । पत्रकारिताप्रति समाजले दिएको सम्मान गिर्दै गएको छ । यसप्रति समयमै सरकार र पत्रकारका संघसंगठनले ध्यान पुर्याउन जरुरी छ ।

मुलधार पत्रकारिता ब्लगिङमा के फरक ?

मुलधारको पत्रकारिता भन्दा ब्लगिङ स्वतन्त्र छ ।  जहाँ एक व्यक्ति नै लेखक, सम्मादक, प्रकाशक हुन्छ । यस अर्थमा त्यहाँ एक व्यक्तिको मात्र सोचाइ हुन्छ । तर मुलधारको पत्रकारितामा प्रकाशित हुनेबेलासम्म लेखकिय मर्म मरिसकेको पनि हुन सक्छ । नेपालको सन्दर्भमा मुलधारको पत्रकारिता राज्यले मान्यता दिएको र कानुनमा बाँधिएको हुनाले ब्लग भन्दा बढी विश्वसनिय हुन्छ ।

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ नेपालमा  नागरिक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा मेरोरिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा ?

यो सकारात्मक काम हो । यसमा सहभागिता बढाउन प्रचारप्रसार गर्नुका साथै लेखन बढाउन विविध विषयमा लेखन क्याम्पेन चलाउन आवश्यक छ ।

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ?

लेखन क्षमता बढाउने समाग्रीहरु मेरो रिपोर्टमा एकदम कम छन् । विज्ञहरुको यससम्बन्धी सामाग्री बढाउनुपर्छ । नेपाली ब्लगरहरुको क्षमता र नागरिक पत्रकारिताको विकासका लागि अनलाईन वा प्रत्यक्ष रुपमा विभिन्न तालिम, कार्यशाला गर्नेतर्फ पनि ध्यान जान जरुरी छ ।

 इमेल : j.yadav2006@gmail.com

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।
मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by yadav humagain on January 6, 2015 at 6:30pm

Thank you all

Comment by Shaku Limbu on January 30, 2012 at 5:51am
Congratulations :)
Comment by ram prasad kharel on January 29, 2012 at 10:07pm

la badhai 6 hajur

Comment by Kranti Darai on January 28, 2012 at 12:18am

Congratulations...

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service