Blogger of this week : Urmila Thapaliya

उर्मिला थपलिया, युवा-बिद्यार्थी माझ लोकप्रिय नाम हो । युवा-बिद्यार्थी राजनीतिबाहेक बिभिन्न सामाजिक काममा पनि उत्तिकै सक्रिय उर्मिलाले साहित्यिक कृति (कविता) बाहेक 'मरेर पनि अमर गिरीजाबाबु' नामको संस्मरणात्मक लेखहरुको संकलन सम्पादन पनि गरेकी छिन ।  

उर्मिला थपलियाको घर धादिङ् हो । हाल उनी काठमाण्डौ कलंकीमा बस्छिन्। उनको परिवारमा आमाबुवा, बहिनीहरु हुनुहुन्छ ।  उनी साहित्य लेखन र राजनितीमा रुची राख्छिन । उनको विचारमा  राजनिती भनेको आफुले बुझ्ने र बुझाउने कुरा हो । उनी अहिले राजनिती सिक्ने क्रममा छिन।  बिभिन्न सामाजिक बिषय समेटेर उपन्यास लेखनमा सक्रिय उर्मिलाका गजल हिजोआज सामाजिक सञ्जाल ट्वीटरमा पनि लोकप्रिय हुन थालेका छन् । आफ्ना तीनै गजल र कथाहरु मिश्रीत ब्लग http://urmilathapaliya.blogspot.com/ पनि छ जुन उर्मिलाले केही बर्षदेखि निरन्तर रुपमा साहित्यिक ब्लगिङको रुपमा पाठकमाझ प्रस्तुत गरिरहेकी छिन । राजनीतिमा सक्रिय युवापुस्तामा उर्मिलाजस्ता व्यक्ति औलामा गन्न सकिन्छ जसले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मार्फत पनि आफुलाई सक्रिय बनाएका छन् ।

यो हप्ताको ब्लगर अफ द विकमा, आत्मसन्तृष्टिका लागि राजनीति, साहित्य तथा समाजसेवामा उत्तिकै सक्रिय उर्मिला थपलियालाई प्रस्तुत गरिएको छ : 


तपाईंको ब्लगको बारेमा केहि बताइदिनुस  

म मेरो ब्लगमा कथा र कबिता लेख्छु प्राय: । मैले पहिलो पटक कथा लेख्न प्रयास गरेको थिएँ । त्यो त्यति राम्रो नभएपनि  मैले आफ्नो ब्लगमा राखेको थिएँ । त्यसबाट मलाई धेरै फिडब्याक पनि आएको छ । मेरो  लागि  ब्लग लेख्न सिक्ने  एउटा थलो हो । 

कहिले देखि ब्लगिङ गर्न थाल्नु भयो 

करिब डेढ बर्ष जति भयो होला । मेरो भाइले खोलिदिएको हो । केही बर्ष पहिले इक्वल एक्सेस, युथएक्सन र इन्टरनेशनल अलर्टको एउटा कार्यक्रममा दाङमा थिए, त्यहा युवा र सोसल मिडियाका बारेमा विनय गुरागाईजीले क्लास लिनु भएको थियो, त्यहाँबाट धेरै सिके । त्यसपछि मैले कबिता, गजल र आफ्नो मनमा लागेका कुराहरु लेख्न थालेँ । 

ब्लगिङ नै किन रोज्नु भयो ?

ब्लग आफ्नो पर्सनल साइट भएकोले गर्दा आफ्नो सबै कुराहरु त्यहाँ राख्न सकिन्छ । सबै कुराहरु सार्वजनिक स्थानमा राख्न सकिन्न । त्यसैले ब्लगमा सधै भरी स्थायी रही रहने, हेर्न पनि सहज हुने , आफ्नो लामो मेसेज  पनि राख्न सकिने, आफ्नो भनाइ राख्न मिल्ने भएकोले मैले ब्लगिङ रोजेँ ।  

तपाईंलाई आफ्नो ब्लगमा लेख्न के कुराले प्रेरित गर्छ ?   

प्रायजसो  समाजको घटनाहरुले र  साथीको संगतबाट  । दिनभरि साथीहरु भेटघाट हुन्छ, चिया कफी खाँदा गफगाफ हुन्छ त्यसले पनि मलाई केहि सिकाइरहेको हुन्छ ।   कतिपय घटना आफुले भोगेका व्यक्त गरेको छु । कतिपय साथीको समस्यालाई पनि लेख्ने गरेको छु । मैले साथीको संगत र देखेका कुराहरुबाट प्रेरित भएर लेखेको हुन्छु ।  

ब्लगिङमा कतिको समय दिनुहुन्छ 

हरेक दिन  त्यस्तै आधी घन्टा जति । इन्टर्नेट चलाउदा ब्लगिङ पनि गर्छु ।

पछिल्लोपटक आफ्नो ब्लगमा के राख्नु भयो ?

मैले नारी भन्ने कबिता राखेको छु । नारीको बिषयमा दुइ-चार लाईनहरु लेखेको छु ।  एकदिन एकजना  महिला साथीसँग कुरा गर्ने क्रममा उनको पारिवारिक समस्याको बारेमा कुरा भयो । परिवारमा के-के समस्या भोग्नु पर्छ एउटा नारीले त्यो मैले पनि भोगेको छु । त्यसमाथि  पनि एउटा विवाहित महिलाले के-के कुरा भोग्नु पर्छ भन्ने छलफल हुँदा रेस्टुराँमा लेखेँ र पोस्ट गरेँ ।   

ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाईरहनु भएको  ?

राम्रो छ । ब्लगमा प्रतिकृया लेख्ने भन्दा पनि फोनमा धेरै प्रतिकृया आउने गर्छन । तपाईंले ब्लगमा लेख्नु भएको रहेछ एकदम राम्रो छ जस्ता  प्रतिकियाहरु  पाउँछु ।  म अधिकांश निराशावादी कविता लेख्ने गर्दछु । त्यस्तो कबिता भन्दा आशावादी कविता देख्न पाइयोस भन्नुहुन्छ प्रायले ।

तपाईंलाई के लाग्छ ब्लगिङले समाजमा केही प्रभाव पार्न सक्छ ? 

ब्लग धेरै समुहसम्म पुगेको छैन । इन्टर्नेट चलाउने, सोसिअल मिडिया चलाउने व्यक्तिलाई पनि ब्लग सहज छ,  यो हाम्रो पहुँचको कुरा हो भन्ने अलि कम जानकारी छ । यस बारेमा बढी  भन्दा बढी  जानकारी दिन सकियो भने यसले प्रभाव पार्न सक्छ ।  ब्लगिङले प्रभाव पार्नको लागि यसको प्रयोगकर्ता बढ्नु जरुरी छ । यसको लागि एउटा अभियानको जरुरी छ ।  जो इन्टर्नेटको पँहुचमा छन उनीहरुलाई ब्लग चलाउन सजिलो छ, यो आफ्नो कुराहरु व्यक्त गर्ने माध्यम हो भन्ने बुझाउन जरुरी छ । 

के ब्लगिङमा आचारसंहिताको जरुरी ?

मान्छे आफ्नै अनुशासनको घेरामा छन भने उनीहरुलाई आचारसंहिताको जरुरी हुँदैन । आफ्नै अनुशासनको घेरामा छैनन भने उनीहरुलाई आचारसंहिताले केहि गर्दैन ।    आचारसंहिताको साथसाथै दन्ड भयो भने अलिकती सतर्कता अपनाँउछन होला । आचारसंहिताले मात्रै मान्छेहरु सकारात्मक हुन्छ भन्ने लाग्दैन त्यसको लागि दन्ड पनि जरुरी छ । युवाहरुले बनाएको अचारसंहिता उल्लङ्घन गर्‍यो भने के हुन्छ त,  कारबाही गर्ने केहि प्रावधान छ कि यो पनि एउटा समस्या हो ।   

अब सोसिअल नेट्वर्किङ साइट  बिशेषगरी फेसबुकको कुरा गरौँ  फेसबुकलाई कसरी प्रयोग गर्नुहुन्छ ? तपाइको फलोअर कति  छन ?

खासगरी सुचनाकै लागि प्रयोग गर्छु । मेरो फेसबुकमा सबस्क्राइबर एघार हजार जति होला र साथीहरु चाँही तीन हजारको हाराहारीमा हुनुहुन्छ ।  अधिकांश मेरो राजनैतिक साथी हुनुहुन्छ ।  कोही मलाई माया गर्ने साथी हुनुहुन्छ भने कोही साहित्यिक साथी हुनुहुन्छ । 

साधारणतया के अपलोड गर्नु हुन्छ  कति कति अवधिमा ?

म दुइ-तीन दिनमा अपलोड गरिरहेको हुन्छु । कहिलेकाही सुचनाहरु, केहि कार्यक्रमहरुको जानकारी,  कविता र गजलहरु  र अरु बिभिन्न कुराहरु जसलाई राख्दा मलाई खुशी र सन्तुष्टि हुन्छ । अधिकांश मेरो साथीहरुले मेरो कविता र गजल पढ्न रुचाँउछन । बिशेष गरेर मेरो कबिता र गजलबाट धेरै राम्रो प्रतिकृया आउँछन ।    

फेसबुकसँग केही गुनासाहरु पनि छन् नी खासगरी यसलाई चलाउँदा गरिने दुरुपयोगको बारेमा, के भन्नुहुन्छ?  

फेसबुकमा देखिएको बिकृतीले गर्दा एउटा अपराध भइराखेको छ । केटीको नाममा खोल्ने अनेक तरिकाले धम्की दिने, मलाई पनि धेरै त्यस्तो सन्देशहरु आएको छ । मेरो फ्रेन्डसिप रिइक्वेस्ट एक्सेप्ट गर भन्ने जस्ता धम्किपुर्ण सन्देश आउने गर्दछ । विकाससँगै चुनौती पनि थपिन्छ, अपराध पनि थपिन्छ । मान्छेहरु नयाँ कुराको प्रयोग गर्न  चाहन्छन र र त्यसको खोजीमा लागिरहन्छन । त्यो खोजीमा बिकृती पनि हुने गर्दछ । जस्तै मेरै नामबाट पनि फेसबुक आइडी खोलिएको थियो । मैले प्रहरी चौकी गएर उजुरी गरेर बन्द भयो ।

अरु धेरै बिकृती छन जस्तो एउटा टाउको अर्को फोटोमा जोड्ने ।  एउटाको चरित्र हत्या गरेर अर्को ठुलो बन्ने कुरा हो । यस्तो कसैले गर्नु हुँदैन । नायिका वा नेताहरुको फोटो अरुमा जोडेको देखिन्छ यस्तो प्रवित्तिको अन्त्य हुनुपर्छ । म धेरै साथीहरुलाई सम्झाउँछु कि आज अरुको फोटो यसरी ट्याग गरियो भोलि त्यो हामीलाई नै पर्न सक्छ भनेर । नेताहरुलाई सचेत गर्नु जरुरी छ तर त्यो कसरी गर्ने भन्ने कुरा हो ।   

राजनीतिज्ञहरुको माझमा सोसल मिडियाको प्रयोग त्यति लोकप्रीय हुन सकेकोछैन, सही उपयोग कसरी गर्न सकिन्छ 

फेसबुक तथा अन्य सोसल मिडिया राजनैतिक व्यक्तित्वहरुले प्रयोग गर्नु जरुरी छ । आफुले गरेका कामहरु, आफुले उठाएका मुद्दाहरु , समाजमा भइरहेका घटनाहरु राख्नु जरुरी छ त्यो कम भएको छ । ठुला ठुला नेताहरु जस्तो अर्जुन नरसिंह के सि, गगन थापा, प्रदिप पौडेलले चलाउनु हुन्छ । नेताहरुले पनि राम्रै तरिकाले सुचना दिने माध्यम बनेको छ फेसबुक । तर यो अवसर सँगै चुनौती पनि छ जस्तो लाग्छ मलाई । 

तपाईं टिवटर पनि चलाउनुहुन्छ  कसरी यसको प्रयोग गर्नु हुन्छ, कस्तो संदेश अभिव्यक्त गर्नु हुन्छ   

म राजनिती र महिलाको बिषयलाई अलि धेरै जोड्न चाहन्छु त्यसमा । महिलाले भोगेको घटनाहरु, राजनितीमा भएको बिकृतीहरु, साथै भएका राम्रा कामहरुको बिषयमा लेख्न मन पराँउछु । अधिकांश बेलामा त्यस्तो विषय नभ्एको बेलामा आफ्नै खुशी र रमाइलोको लागि राख्छु ।        

तपाईं सोसिअल मिडियामा आउनु भन्दा अगाडी, आइसकेपछीको पब्लिक फिगरमा कत्तिको अन्तर  ?

मैले धेरै अन्तर पाएको छु । मैले दुइ महिनामा धेरै जिल्ला घुमेको छु । कति नचिनेको मान्छेले पनि दिदी तपाईं लाई फेसबुकमा चिनेको छु, मैले तपाईंको ब्लग हेरेको छु । म ताप्लेजुन्ङ पुग्दा पनि मेरो ब्लग हेरेको मान्छे भेट्टाएँ । हामी इलाम जादाँ मैले पढेको थिएँ यहाँ त इन्टर्नेटको सुबिधा छैन भन्नुभएको थियो । मलाई सोसियल मिडियाले धेरै ठुलो प्रभाव पारेको छ । मलाई धेरै जसो मैले थाहा नपाएको कुरा फेसबुकबाट थाहा पाएको थिए, यस्तो अझै राख्नुस है भनेर मेसेजहरु आउने गर्छन । त्यो मेरो लागि पोजिटिभ कुरा हो त्यसले धेरै प्रभाव पारेको छ । 

नागरिक पत्रकारिताको प्रवर्धन गर्न सुरु भएको मेरोरिपोर्टको बारेमा के भन्नुहुन्छ ?

 कुनै न कुनै माध्यमबाट पब्लिकलाई सुसिचित गराइ राख्न जरुरी छ ।  किनभने सुचनाको हकबाट धेरै मानिसहरु बन्चित छन । मेरोरिपोर्टले युवाहरुलाई बढी समेटेको छ । अहिलेको मुख्य समस्या नै युवाहरुले सुचना नपाउने र सुचनालाई नपछ्याउने  परिपाटी छ मेरोरिपोर्टले टेवा टेवा पुर्याएको  छ भन्ने लागेको छ ।

तपाई युवा बिद्यार्थी, राजनीतिज्ञ, ससाजसेवामा सक्रिय हुनुहुन्छ, युवाहरुको राजनिती प्रति वितृष्णा भएको पाइन्छ  अन्तमा युवाहरुलाई के भन्न चाहनु हुन्छ 

फोहोर देखेर नाक थुनेर हिंड्नु सट्टा त्यसलाई सफा गर्नलाई सक्षम मानिसहरु जानुपर्छ । सक्षम मानिसले प्रयास  गरेन भने असक्षम मानिसको दासी बन्नु पर्छ । युवाले आन्तरिक तथा  बाह्य पोलिसी, विकास निर्माणका कुराहरुलाई अत्यन्त नजिकबाट बुझ्नु जरुरी छ । सबैले राजनिती गर्नु पर्छ भन्ने होईन तर बुझ्नु जरुरी छ । राजनिती भनेको के हो र राजनितीमा गइसके पछि हाम्रो मुद्दाहरुलाई कसरी लिइन्छ र सबैलाई एउटै थलोमा राख्न सक्ने नै राजनिती हो । कुनै पनि मुद्दालाई राजनितिकरण गर्न सकियो भने मात्रै त्यो बिषय सुल्झिन्छ । स्वभाविक नै हो अहिलेको देशको परिस्थितीले गर्दा युवा निराश  भएको । राम्रो मान्छेले राजनिती गर्न जरुरी छ । बुझ्नु र गर्नु जरुरी छ । 

 

उर्मिलाको ब्लग लिङ्क : http://urmilathapaliya.blogspot.com/

 


नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sudha Subedi on April 12, 2012 at 4:15pm

Congratulations Urmila Di!!! Really nice answers :)) keep it up and keep blogging! Good wishes :)

Comment by pramila thapaliya on April 12, 2012 at 12:38am

congratulations!!......DI

Comment by pramila thapaliya on April 12, 2012 at 12:37am

NICE

Comment by Niraj on April 11, 2012 at 9:58pm

congratulations!!

Comment by Pagal Basti on April 11, 2012 at 8:04pm

बधाइ छ हाम्रो तर्फ बाट स्विकर होस

Comment by micromega on April 11, 2012 at 5:08pm

congratulations 

Comment by Binaya Shekhar on April 11, 2012 at 4:24pm

Congratulations. Very much useful thoughts you have in the interview. सोसल मिडियाको प्रभावकारी उपयोग र व्यवस्थापन तथा बिचारलाई प्रोत्साहन गर्ने माध्यमहरुको संरक्षणको लागि समयसान्दर्भिक नीति निर्माणमा तपाईजस्ता युवाको योगदान अपेक्षा गरिएकोछ । इन्टरनेटमार्फत गरिने सञ्चारलाई नियन्त्रणकारी भन्दा पनि नियमनकारी व्यवस्था हुनु राम्रो हो । यसका लागि राजनीतिक क्षेत्रमा पनि यहाँहरुले छलफल चलाउनु हुनेछ जसले गर्दा इक्वल एक्सेसजस्ता संस्थाहरुले यस्ता सवाललाई सहजीकरण गर्ने कार्यक्रम सञ्चालनलाई सजिलो हुन्छ । फेरी पनि एकपटक बधाई, उर्मिलाजी । तपाईको सोसल मिडिया गतिबिधि निरन्तर जारी रहोस् ।  

Comment by Amuna Chapagain on April 11, 2012 at 3:19pm

congratulation 

Comment by uma thapamagar on April 11, 2012 at 1:01pm

dherai dherai badhai cha urmila ji.... 

Comment by Indra Dhoj Kshetri on April 11, 2012 at 12:31pm

Congratulations Urmilaji!

Comment by Kranti Darai on April 11, 2012 at 12:28pm

Congratulations DD, keep it up ..

Comment by Ajeeta Sigdel on April 11, 2012 at 12:05pm

Congratulations !! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service