Blogger Of This Week: Uma Thapa Magar

Last week blogger

उमा थापामगर, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपालगञ्जमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । साथीहरुसंग कुराकानी गर्न, घुम्न र विभिन्न पुस्तकहरु अध्ययन गर्न रुचाउनुहुने उमा हाल राजधानीबाट प्रकाशित नेपाल–समाचारपत्र दैनिकसंग आवद्ध हुनुहुन्छ । मोफसलका विभिन्न संचारमाध्यमहरुमा काम गरेर अनुभव संगालिसक्नुभएकी उमा, २०५७ सालदेखि असल शासन साप्ताहिक पत्रिकाको संवाददाताका रुपमा काम थालेर पत्रकारिता क्षेत्रमा होमिनुभएको हो । त्यसयता वहाँ निरन्तर रुपमा पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । काठमाण्डौ बाहिर रहेर पनि सक्रिय रुपमा ब्लग र अनलाइनमा उपस्थिति जनाइरहनु भएकी उमा, यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुभएको छ । मेरोरिपोर्टमा नियमित योगदान गर्दै आउनुभएकी उहाँसंग संधैका साताको ब्लगरसँग जस्तै ब्लगिङ्गका सन्दर्भमा कुराकानी गरिएको छ ।


ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

ब्लग लेख्न मैले सन २००७ सालमा काठमाण्डौंमा वातावरण पत्रकार समूहले प्रदान गरेको फोटो पत्रकारिता तालिममा सहभागी हुन जाँदा त्यहाँ आएका पत्रकार साथीहरुबाट जानकारी पाएर शुरुवात गरेको हो । त्यसपछि निरन्तर रुपमा मैले आफ्नो ब्लग बनाएर त्यसमा लेख्दै आएको छु ।

 

केका लागि ब्लग लेख्नुहुन्छ ?

ब्लग लेख्न शुरुवात गर्दा केका लागि लेख्थे भन्दा पनि नयाँ टेक्नोलोजि र विषय भएकोले म त्यसप्रति आकर्षित भएको थिए । तर निरन्तर रुपमा ब्लग चलाउन थालेपछि पछिल्लो समय यता भने चाहेर पनि प्रकाशित गर्न नसकेका तर मलाई लागेका मेरा व्यक्तिगत विचार, धारणा तथा सोचहरु साथीहरुसंग आदानप्रदान गर्न र स्थानीय स्तरमा हुने विभिन्न गतिविधिहरु बारे सबैलाई जानकारी दिन ब्लग लेख्ने गरेको छु । 

 

ब्लगमा कस्ता कुराहरू लेख्नुहुन्छ ?

प्रायजसो स्थानीय स्तरमा हुने विभिन्न तर महत्वपूर्ण गतिविधिहरु, सफलताका कथा तथा फिचरहरु, फोटोहरु र आफुलाई लागेका कुराहरु लेख्ने गर्छु ।

 

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

नेपालमा अझै पनि ब्लगप्रतिको धारणा, ब्लगप्रतिको बुझाई, ब्लगको महत्व र ब्लगको प्रयोग व्यक्तिगत रुपमा व्याख्या गर्ने गरिन्छ ।  सकारात्मक भन्दा पनि नकारात्मक रुपमा ब्लगलाई प्रयोग गरिने संस्कृति नै बसी सक्यो भन्दा अन्यथा नलाग्ला । साथै ब्लगको प्रयोग व्यवसायिक रुपमा पनि हुन सक्छ भन्ने सोचाई हामी माझ नआईसकेको हुँदा यसले नेपाली ब्लग क्षेत्रलाई संकुचित बनाई राखेको स्थिति छ ।

 

ब्लग लेख्दाको कुनै रमाइलो अनुभव ?

ब्लग लेख्न शुरुवात गरेपछि पोष्ट गरेको मेरो विचारहरुप्रति आउने कमेन्टले मलाई अझ बढी उत्साह र ज्ञान थप्ने काम गरेको छ । मलाई सम्झना छ एक पटक मैले मेरो ब्लगमा एक जना हिंसामा परेकी महिलाको फिचर पोस्ट गरेपछि जुन प्रकारले मलाई महिला साथीहरुले भन्दा पनि बढी पुरुष साथीहरुले सकारात्मक कमेन्ट गरे त्यसबाट म पुरुष साथीहरुप्रति धेरै नै प्रभावित भएको थिए ।  

 

तपाईंले त मुलधारको पत्रकारिता पनि गर्नुहुन्छ । नेपालमा पत्रकारिता पेसा कत्तिको सजिलो छ ?

नेपालमा मुलधारको पत्रकारिता पेशा जटिल त भन्न मिल्दैन तर सजिलो पनि छैन । हिजोको दिनमा पत्रकारिता पेशा नभई सामाजिक सेवाको रुपमा मात्र लिइने गरिन्थ्यो । तर अहिले आएर पत्रकारिताले व्यवसायिक रुप धारण गर्न थालिसकेको हुँदा केहि जटिलता भने अवश्य उत्पन्न भएको हो । समाजले पत्रकारितालाई व्यवसायिकताको रुपमा जबसम्म अगाल्न सक्दैन केहि जटिलता त उत्पन्न हुने नै छ । साथै राज्यले पनि पत्रकारितालाई आफ्नो चौथो अंगको रुपमा स्वीकार गरिसकेपछि त्यसै अनुसारको सेवा सुविधाहरु नदिई रहेको स्थितिमा काम गर्न अलि गा्रहो भएको हो भन्न सकिन्छ ।  

 

मोफसलको पत्रकारितालाई हेर्दा यो पेसामा टिक्न कत्तिको सजिलो देख्नु भएको छ ?

मोफसलको पत्रकारिता हेर्ने हो भने यो अत्यन्त भयावह छ । पत्रकारिता गरेर मात्रै मोफसलमा कुनै पत्रकारले न त आफ्नो दैनिक जिवन निर्वाह सक्छ न त आफ्नो परिवारको । यस्तो स्थितिमा उ अन्य पेशाप्रति आकर्षित हुनु स्वाभाविक हो । जसले गर्दा पत्रकारिता पेसाप्रतिको मर्म, चाहना र उद्देश्य पुरा नहुन पनि सक्छ । जसको उदाहरण हाम्रो क्षेत्रमा अनगिन्ती पाउन सकिन्छ ।

 

एउटा पत्रकारको नाताले भन्नु पर्दा नेपाली पत्रकारहरुले अहिले भोग्नुपरेका चुनौतिहरु के के छन ?

नेपाली पत्रकारहरुले वर्तमान अवस्थामा विभिन्न प्रकारका डर, धाक, धम्कीको सामना गर्नु परेको छ । पत्रकारिता पेसाले पुगिसरी नहुने भएको हुँदा अन्य पेसालाई अगाल्नु पर्ने बाध्यता विद्यमान छ । कामको मुल्यांकन छैन । काम गर्ने मिडियाबाट नै प्रताडित हुनु परेको स्थिती छ । मजदुरले काम गरेपछि थोरै धेरै तुरुन्त पाउने गर्छ, तर पत्रकारले दैनिक ज्यालाको रुपमा काम गर्दा पनि वर्षो त्यसको भुक्तानी नपाउनु अर्को समस्या हो ।

 

मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ?

मुलधारको पत्रकारितामा परिवर्तन संगै समयको माग अनुसार समाजले जे खोजेको छ त्यो मात्र दिन सक्छौं तर ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारितामा समाजले खोजेको चिज त दिन्छौं नै त्यसमा आफूले चाहेको चिज पनि पस्कन सजिलो छ । मेरो मनमा जे छ त्यो ब्लग मार्फत दिनमा मलाई कसैले रोक्दैन ।

 

अन्त्यमा, तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, मेरो रिपोर्टमा किन योगदान गर्नुहुन्छ?

मेरोरिपोर्ट मेरो लागि मेरो आफ्नो पत्रिका हो । यसमा मेरो भावना गाँसिएको छ । यो नितान्त रुपमा नागरिक पत्रकारिताको मर्म अनुसार शुरुवात भएको हुँदा पनि म यसबाट अछुतो रहन सकेको छैन । संचार बुझेको र बुझ्न प्रयास गर्नेहरुको थलो मेरो रिपोर्ट बनेको हुँदा मेरो उपस्थिति ब्लग पोष्ट गरेर बढ्न थालेको हो ।  

 

उमाको ब्लगलिँक:

http://magaruma.blogspot.com/,

http://umamagar.wordpress.com/,

http://magaruma.wordpress.com/

 

मेरोरिपोर्टमा उमाको प्रोफाइल पेजः http://meroreport.net/profile/umathapamagar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by uma thapamagar on June 6, 2011 at 7:20pm
thanx binay ji and chhatra ji bhumika ji .....
Comment by Chhatra Bahadur Mainali on June 6, 2011 at 2:41am
badhai chha uma ji lai .
Comment by Bhumika Ghimire on June 3, 2011 at 8:06pm

i have shared a short english verison of this feature at Nepal Blogs. congratulations to Uma ji.

 

 

Comment by Binaya Shekhar on June 1, 2011 at 9:37pm
Thanks Uma ji! Congratulations also. Please keep up the good work and looking forward your contribution to meroreport.
Comment by uma thapamagar on June 1, 2011 at 7:52pm
Thanx all of my frnds and also mero report team .....
Comment by एसवी गौतम on June 1, 2011 at 5:02pm
Congratulation UMA JI !
Comment by Mukunda Nepal on June 1, 2011 at 3:33pm
Congratulations!
Comment by Prakash Lamichhane on June 1, 2011 at 3:16pm

Congratulations Uma ji.....

 

Comment by Equal Access on June 1, 2011 at 2:46pm
Congratulation Uma Ji. Hope to see more interesting contents from your side.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service