Blogger of this week: Ujjwal Acharya

Last week blogger

उज्ज्वल आचार्य रिपब्लिका राष्ट्रिय दैनिकको न्युज वेबसाईट http://www.myrepublica.com/ मा अनलाईन सम्पादकका रुपमा कार्यरत पत्रकार । यसअघी काठमाडौं पोस्ट, नेपाल समाचारपत्र र तरुण साप्ताहिकमा समेत काम गरेर पत्रकारितामा खारिइसकेका आचार्य नेपालका चर्चित युवा ब्लगर पनि हुन् । भक्तपुरको कौशलटार निवासी आचार्यका रुचिका बिषयहरु कम्प्युटर, खेलकुद र सृजनशिल लेखन हुन् । मेरो रिपोर्टमा समेत योगदान गरिरहने उज्ज्वल यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले उज्ज्वलसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ ।

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

मैले सन् २००४ को अक्टोबर महिना देखी ब्लगिङ गर्न सुरु गरेको हुँ । त्यतिबेला म काठमाडौं पोष्टमा खेलकुद ब्युरो संयोजकको रुपम काम गर्दथे । त्यहिबेला मेरा मित्र दिनेश वाग्लेलाई ब्लगको सुरुवात गर्ने ईच्छा थियो र उनले मलाई एउटा ब्लग सेट गर्नको लागि भन्नु भयो किनकी मैले http://www.cricket.com.np/ भन्ने वेबसाईट सन्चालन गर्थे । मलाई पनि त्यसमा रूची भएका कारण मैले उनको निजी वेबपेज वाग्ले डट कम मा युनाईटेड वि ब्लग नामक ब्लग खोलिदिए । त्यो ब्लग नेपालको पहिलो ब्लग हो ।

के-का लागि ब्लग लेख्नुहुन्छ ?

आत्म सन्तुस्टिका लागि । आफ्नो बिचार र अनुभव साट्नुमा जस्तो सन्तुष्टी अरु केहिमा पनि पाइदैन ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

मलाई मेरा रुचिका सबै बिषयमा लेख्न मन लाग्छ । तर पनि समय सगै मेरो फोकस पनि परिवर्तन भएको छ । पहिले मेरो फोकस सामजिक, राजनैतिक, निजी तथा खेलकुदका बिषयमा हुन्थ्यो भने अहिले म मिडिया, पत्रकारिता र सामाजिक संचार का बिषयमा लेख्छु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लग क्षेत्र सानो छ तर प्रभावकारी छ र यसमा विविधता पनि छ । मेरो विचारमा नेपाली ब्लगमा ब्यक्त भएका बिचारहरुको महत्व बढाउनका निम्ति हामीलाई अझ बढी ब्लगर्सहरुको आवश्यकता छ । ब्लगर्सहरुको संख्या बढ्दैछ जुन राम्रो संकेत हो र हामीसँग धेरै राम्रा ब्लगर्सहरु पनि छन ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो अनुभव छ भने बताइदिनुस न ? 

अनुभवहरु त धेरै छन् तर सबैभन्दा रमाइलो अनुभव भनेको मलाई पत्रकार भनेर नचिन्ने मानिसहरुले मलाई ब्लगरको रुपमा चिन्छन् ।

तपाईंले मुलधारको पत्रकारिता पनि गर्नुहुन्छ नेपालमा पत्रकारिता पेसा कत्तिको सजिलो ?

नेपालमा पत्रकारिता अझै पनि गाह्रो पेशा हो । सुचनाको पँहुच नहुनु, पत्रकारिताको  शीपको कमी, सुरक्षाको कमी र मिडिया संस्था आफैले सेन्सर गर्ने हुनाले  अझै चुनौती थपिएको छ ।

नेपालको पत्रकारितालाई हेर्दा यो पेसामा टिक्न कत्तिको सजिलो देख्नु भएको छ ? 

विगतको दशकको तुलनामा पत्रकारिता पेशा व्यवसायिक बन्दै गएको छ । यदी पत्रकारले इमान्दारिता पूर्वक काम गर्ने हो भने यो पेशामा टिक्न गाह्रो छैन । धेरै कुराहरु सुधार गर्न बाँकी नै छ तर पत्रकारिता, व्यवसाय बनिसकेको छ ।  

एउटा पत्रकारको नाताले भन्नु पर्दा नेपाली पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

पत्रकारितामा कुनै शीप र तालिम नलिएर पत्रकारिता गर्नु नै एउटा ठुलो चुनौती हो । त्यसमाथी पत्रकारको शिप बढाउन प्राथमिकता दिइँदैन । सत्य तथ्य समाचार सम्प्रेषन गर्ने पत्रकार माथी के हुन सक्छ भन्ने कुरा  खिलानाथ धकालको उदाहरण बाट हामी  राम्ररी बुझ्न सक्छौँ ।  पत्रकारितामा धम्की आउनु सामान्य कुरा हो तर  डण्डहिनता र राजनितिक संरक्षणले गर्दा थप अनुसन्धान गर्न कठिनाइ परिरहेको छ ।

मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ?

मुलधारको पत्रकारिताको एउटा लामो इतिहाँस छ साथै यो स्थापित पनि भैसकेको छ । यसका आफ्नै आचार-संहिताहरु छन जुन समय अनुसार परिमार्जित हुँदै आएका छन । नागरिक पत्रकारिता भर्खरै वामे सर्ने अवस्थामा छ | नागरिक पत्रकारिताले बिभिन्न क्षेत्रका मानिसको कुनैपनि घटना प्रतिको आफ्नो बिचार प्रस्तुत गर्न मद्दत गर्दछ भने मुलधारको पत्रकारिता घटनासँग मात्रै सम्बन्धित हुन्छ ।    

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई किन मेरो रिपोर्टमा योगदान गर्न मनलाग्छ ?

मेरोरिपोर्ट नागरिक पत्रकारिताको एक नविन सुरुवात हो । यसले नेपालमा नागरिक पत्रकारितालाई अगाडी बढाउने र स्थापित गराउने हुनाले नेपालीहरुले यसमा योगदान दिनु जरुरी छ ।  

तपाइको ब्लगलिङ्क : http://www.nepalivoices.com/

मेरोरिपोर्टमा उज्ज्वल आचार्यको प्रोफाइल :

http://meroreport.net/profile/UjjwalAcharya

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by yadav humagain on August 1, 2011 at 4:38pm

Ujjwal ji sanga ko interview padna pauda kushi lagyo.

Comment by MadhuSudhan Guragain on July 28, 2011 at 9:00pm
congratulations!! Ujjwol jee
Comment by Santosh Devkota on July 28, 2011 at 2:42pm

Ujjwal ji Congratulation.

Comment by Ajeeta Sigdel on July 28, 2011 at 1:18pm

congratulations Ujjawal ji !!!

Comment by Binaya Shekhar on July 28, 2011 at 8:26am

Congratulations Ujjawal ji!

Comment by phani mahat on July 28, 2011 at 6:43am

la dai, badhai 6 .

 

Comment by Mukunda Nepal on July 27, 2011 at 10:16pm

Congratulations Ujjwal da!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service