Blogger of this week: Swapan Pradhan

पुल्चोकमा बस्ने स्वपन प्रधान रेडियो कार्यक्रम साथीसँग मनका कुराको वेव प्रोडुसर हुनुहुन्छ । उहाँ सुचना प्रबिधी र सामाजिक मिडियाको बारेमा ब्लग लेख्न रुचाउनुहुन्छ । घुम्न  र कम्प्युटर प्रबिधीमा रमाउन मन पराउने स्वपन यस साता मेरो रिपोर्टमा साताका ब्लगर हुन सफल हुनुभएको छ । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले स्वपनसँग पनि ब्लगिङ र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो?

मैले २००९ देखी ब्लगिङ गर्न थालेँ । मैले आफ्नो बाइकिङ गर्दाको अनुभव व्यक्त गर्नको लागि ब्लगिङ शुरु गरेको थिएँ । 

के का लागि ब्लग लेख्नुहुन्छ ?
म टेक्नोलोजी र सुचना प्रबिधीको बारेमा काम गर्ने भएकोले मेरो ब्लग यही बिषयमा आधारित हुने गर्दछ ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?
म जुन बिषयमा पनि ब्लगिङ गर्छु । यसमा मात्रै गर्छु भनेर सिमित हुँदिन । म के बिस्वास राख्छु भने ब्लगिङ आफुलाई व्यक्त गर्ने एउटा माध्यम हो चाहे त्यो जुन सुकै बिषयमा होस ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
यो बाह्य संसार नियाल्ने एउटा राम्रो प्लाट्फर्म हो, त्यसैले यसलाई सही तरिकाले उपयोग गर्नु पर्छ ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

छ । जब मैले ब्रायन आडम्स नेपाल आउने कुरा मेरो ब्लगमा लेखेको थिए, मेरो ब्लग ग्लोबल सर्च इन्जिनमा चर्चित भएको थियो ।

तपाइलाइ पनि थाहा होलायतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छके यो जरूरी छ?

मेरो बिचारमा ब्लग भनेको आफ्नो धारणा व्यक्त गर्ने ठाँउ हो । कुनै पनि बिषयमा लेख्दा त्यसमा पाठकहरुको सकारात्मक र नकारात्मक दुबै प्रतिकृया हुने गर्दछ । आचारसंहिता राम्रो कुरा हो, तर म स्वतन्त्र हुदिन र फेरी फर्केर स्कुल गए जस्तो लाग्छ जहाँ धेरै नियमहरु पालना गर्नु पर्छ । 

नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा मेरो रिपोर्ट सुरू भएको  मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

मेरोरिपोर्टले आफ्नै अवधारणमा केन्दृत भएर काम गर्नु पर्छ ।  मेरो बिचारमा हरेक नागरिकको आफ्नो बिचार व्यक्त गर्ने अधिकार हुन्छ । त्यसैले मेरोरिपोर्टको पहुँच देशका सबै नागरिकसम्म हुनु पर्छ ।     

स्वपन प्रधानको ब्लगलिन्क :Swapan Pradhan

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on November 17, 2011 at 3:21am
Congratulations to you. :)
Comment by Kranti Darai on November 16, 2011 at 10:59pm

Congrats Swapan ..

Comment by Ajeeta Sigdel on November 16, 2011 at 4:35pm

Congratulations Swapan !!

Comment by Rupen on November 16, 2011 at 4:13pm

Congratulation Swapan. Hope to see some contribution from your side.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service