Blogger of this week: Surath Giri

सुरथ गिरी कपन, काठमान्डौ निवासी युवा हुन । सुचना-प्रविधी, चलचित्र, साहित्य, सार्वजनिक नीति, चलचित्र, यात्रा र संगीत सुरथका रुचीका बिषयहरु हुन । सुचना प्रविधीको क्षेत्रमा भइरहने नयाँ खोज तथा प्रगतीले सुरथलाइ अत्यन्त उत्साहित बनाउँछ । हाल सम्रिद्धी, द प्रोस्पेरिटी फाउन्डेसन संग आबद्द सुरथ यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले सुरथसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ ।  

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

मैले ब्लग गर्न थालेको झन्डै अढाई वर्ष जति भयो । मैले सन २००९ को फेब्रुअरी देखी ब्लग गर्न थालेको हुँ ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

देशको राजनीतिक र आर्थिक बिषयहरुमा आफ्ना बिचार  व्यक्त गर्न र स्वतन्त्रता तथा आर्थिक बिकासको बारेमा अरुलाई जानकारी दिन । त्यस बाहेक आफ्ना अरू रुचि लागेका बिषयमा पनि लेख्ने गर्छु ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

बिशेषगरी राजनीतिक, आर्थिक बिषयहरुको समालोचना, आफुले अनुवाद गरेका प्रशिद्द लेखहरु, आफुले हेरेका चलचित्रको समिक्षा, आफुले पढेका पुस्तकहरुको समिक्षा र आफ्ना कविताहरु ब्लगमा राख्न मन पराउँछु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

ब्लगरहरु थुप्रै भएपनि नियमित ब्लगरहरुको संख्या निकै कम छ । निरन्तरताको कमी, व्यवसायिकताको कमी जस्ता कुराहरु हेर्दा नेपाली ब्लगरहरुले ब्लगिङलाई खासै गम्भीरता पुर्वक लिएको पाइदैन । तर नेपाली ब्लगर समुदायले आफ्नो बृत्तिविकास गर्ने सम्भावना भने म धेरै देख्छु । बिशेषगरी मुलधारका संचार माध्यमहरू माथि भइराखेको हमलाहरुले गर्दा संचारमाध्यमको बिकल्पमा ब्लगरहरुले सत्य तथ्य समाचार ब्लगमा प्रेषण गर्न सक्ने सम्भावना छ । त्यसै गरी  देशको राजनीतिक र सामाजिक अवस्थाले गर्दा आफ्नो मनमा लागेको कुरा स्पस्ट र निर्धक्कसँग भन्न नसकिने अवस्थामा ब्लगको महत्व अँझ बढी भएको पाउँछु ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

मैले ब्लग्गिङ सुरु गर्नुको पछाडिको कारण चै रमाइलो छ । ब्लगको बारेमा धेरै पहिले देखी नै थाहा भएपनि भोलि भोलि भन्दा भन्दै ब्लग चै बनाएको थिइन । यस्तैमा एकदिन केही युवा समुहका साथीहरुले मेरो प्राबिधिक पृष्‍ठभूमिका कारणले होला सायद, मलाई ब्लगिङका बारेमा केही बताइदिन बोलाए । नाइ भन्न नसक्ने अवस्था भएकाले मैले हतारहतार एउटा आफ्नो व्यक्तिगत ब्लग चाँही बनाइहालेँ । ताकी उनीहरुले तपाईंको चै ब्लग कुन हो भन्दा म निरुत्तर नहोउँ भनेर । अनी ब्लग बनाएर एउटा वेलकम पोस्ट पनि लेखेँ । त्यसपछि उक्त भेलामा गएर बोलेँ र कार्यक्रम पछि घर आएर आफ्नै ब्लग खाली देख्दा दिक्क पनि लाग्यो र आफुसंग भएका केही आर्टिकल र कविताहरु पोस्ट गरिदिएँ । बिस्तारै बिस्तारै पोस्ट थप्दै गएपछी ब्लगप्रति मेरो चासो पनि बढ्दै गयो र मेरो ब्लग पढ्ने मान्छेको सँख्या पनि बढ्यो । यसरी मेरो ब्लगिङको यात्रा सुरु भयो ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

जरूरी नै छ त भन्दिन तर यो एकदम राम्रो कदम हो । यसले ब्लगिङलाई अँझ मर्यादित बनाउन मद्घत गर्छ ।

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ तपाइलाई थाहा छ ? नेपालमा नागरिक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा http://meroreport.net/पनि सुरू भएको छ, अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ  कि ?

ब्लगरहरुको समुदाय बनाउन गरिएको प्रयास प्रसंसनिय छ । मेरो रिपोर्टलाई मेरो शुभकामना छ । म जस्ता अरु ब्लगरसँग अझै नजिक रहेर काम गर्न सकेमा मेरो रिपोर्ट र नेपालका प्रमुख ब्लगरहरु दुवै एक अर्काबाट लाभान्वित हुन सक्छन ।

तपाइको ब्लगलिँकhttp://www.surathgiri.com

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Devi sapkota on November 1, 2011 at 1:24pm

Congratulation surath jee. 

Comment by MadhuSudhan Guragain on September 8, 2011 at 10:26pm
congrats surath jee!!
Comment by Rukh NgOra Gurung on September 8, 2011 at 5:56pm

surath lai blogger banaunu ma malai shreya janchha khoi mero nama haha

Comment by Ajeeta Sigdel on September 8, 2011 at 11:02am

Congratulations Surath Ji!!!

Comment by Rupen on September 7, 2011 at 5:42pm

Congratulation Surath Ji!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service