Blogger Of This Week: Subuna Basnet

Last week Blogger

-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

सुबुना बस्नेत, मूलघर ईलाम रहे पनि हाल विराटनगरमा बस्नुहुन्छ। मेरोरिपोर्टमा नियमित योगदान गर्नुहुने सुबुना यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । सधैका साताको ब्लगरसँगजस्तै उहाँसँग पनि ब्लगिङ्गका सन्दर्भमा कुराकानी गरिएको छ ।

 

१. तपाईं आजकाल के गर्दै हुनुहुन्छ ?

म एउटा विद्यार्थी हुँ र म बिबिएस दोस्रो बर्षमा अध्ययन गर्दैछु । मेरो घर ईलाम हो र म विराटनगर आएको दुइ बर्ष भयो हाल दुइ बर्षदेखी म एउटा कलेजमा काम गर्छु । मलाई समाजिक कार्यहरुमा सङ्लग्न हुन एकदमै मनलाग्छ ।


२. तपाईंले ब्लग लेख्न कहिलेदेखी सुरु गर्नुभयो ?

मैले ब्लग लेख्न सुरु गरेको धेरै भएको छैन त्यस्तै ४-५ महिना जति भयो होला । सुरूमा म सधै डायरी लेख्ने गर्थे अनि मेरो एउटा साथीले ब्लग लेख्ने गर भनेर सल्लाह दियो र मैले पहिलोपटक मेरो रिपोर्टमा मेरो मम्मीको बारेमा लेखेको थिए र त्यो सबैले मन पराइदिनु भयो । त्यसपछी मैले अरु ब्लगहरु लेख्न थाले ।


३. ब्लग के को लागि लेख्नुहुन्छ ?

म जहाँ जाँदा पनि बाटोमा जस्तो इस्यु भेटाउछु तेस्को बारेमा अवाज उठाउन मन लाग्छ अनि म एउटा नागरिक भएको नाताले त्यस्तो इस्युमा ब्लग लेख्छु ।


४.त्यस बाहेक अरु कस्ता बिषयमा लेख्न रुचाउनु हुन्छ ?

मलाई बिशेष गरी महिलाको इस्युमा लेख्न रुची लाग्छ । म इलामबाट बिराटनगर आउँदा यहाँ इलाम भन्दा धेरै सँकुचित समाज भेटे र यहाँका महिलाहरुको स्तर इलाम भन्दा पनि नराम्रो देखे । त्यसैले म ब्लग गरेर महिला हिँसा लगायतका बारेमा लेख्छु ।


५. ब्लग क्षेत्रलाई कसरी नियाल्नुभएको छ ?

ब्लगहरु धेरै प्रकारका छन कुनै राम्रा कुनै नराम्रा । कसैले हसाउँन लेख्नुहुन्छ भने कसैले म ब्लगको क्षेत्रमा केहि गर्छु भनेर पनि लेख्नु भएको छ । यो सुरुवात हो र मैले हेर्दा मलाई नेपालमा ब्लग क्षेत्रको भविस्य एक्दम राम्रो देखेको छु ।


६. ब्लग लेख्दाको कुनै रमाइलो अनुभव छ ?

मैले पहिलो पटक आमाको बारेमा लेख लेख्दा खेरी म सँग युनिकोड थिएन र नेपाली टाइपिङ नै मैले पहिलोपटक त्यही लेखबाट सिकेको हुँ । मैले त्यो लेख इडिट नगरि पोष्ट गरेको थिए अनि मुकुन्ददाईले त्यसलाई इडिट गरेर पोस्ट गरिदिनु भयो । त्यसबाट म एकदम उत्सहित भएँ कि मैले लेख्न चाहे भने मलाई सिकाउने अरु साथी हुनुहुछ भनेर । त्यो मेरो पहिलो अनुभव थियो । 


७. तपाइले दैनिक पत्रपत्रिका त पक्कै पढ्नुहुन्छ, मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने पत्रकारितामा केही तालमेल भेट्नु भएको छ ?

मुलधारको पत्रकारिता पनि पत्रकारिता हो र ब्लग मार्फत गरिने पनि पत्रकारिता हो । मुलधारका पत्रकारहरु प्रोफेसनल हुनुहुन्छ र धेरै तलिम लिनुभएको हुन्छ । हामीले ब्लगहरूले ब्लग मार्फत लेख्न मन लागेको कुरा त लेख्ने गर्छौ तर हामीमा अलि अनुभव कम छ तैपनि समाजमा देखेका कुराहरू लेख्छौ यती मात्र फरक हो ।


८. मुलधारको पत्रकारिताले उठाएका सामाजिक सवालहरू समेतलाइ त वेवास्ता भैरहेको अवस्थामा हामीले ब्लग मार्फत उठाएको आवाज लाई कत्तिको सुनिन्छ होला जस्तो लाग्छ ?

अनलाईन संसार अफलाईन भन्दा धेरै फरक छ तर पनि जुन हौसला साथीहरुबाट अनलाईन मार्फत पाइन्छ तेस्ले साँचिकै प्रोत्साहन दिन्छ । मैले हिजो भर्खर एउटा ट्रेनिङमा के सिकेको थिए भने कुनै पनि क्याम्पेन सुरुगर्दा पहिलो स्टेप भनेको हामीले अन्लाईन मार्फत नै सुरु गर्नुपर्ने हुन्छ भनेर सिकाइएको थियो । हो ठिक त्यस्तै हामीले कुनै इस्यु उठायौ भने त्यस्लाई अनलाईनमा राखेर साथीहरुको प्रतिकृया बुझेर त्यो इस्यु ठिक छ कि छैन भनेर थाहा पाउन सकिन्छ र क-कस्ले यसमा मद्दत गर्न सक्छन भन्ने कुरा पनि थाहा हुन्छ । त्यसपछी हामी अफ्लाईन संसारमा त्यो इस्युलाई लिएर अघी बढ्न सक्छौ ।


९. आजभोलि पत्रकारहरुले धेरै चुनौती उठाउनु परेको छ, एउटा नगरिक पत्रकारको हैसियतले यस्तो अवस्था लाई के भन्नुहुन्छ ?

कुनै पत्रकारले कसैले गरेको खराब कामका बारेमा आवाज उठाउँदा उसको ज्यान खतरामा पर्नु पक्कै राम्रो होईन । यस बिषयमा यतिबेला बिराटनगरमा रास्ट्रिय स्तरमा आवाज उठिरहेको छ । बहिर-बहिर समाजसेवा गरेजस्तै गर्ने र भित्र भित्र गुन्डागर्दी गर्ने अनि यसको बारेमा कसैले अवाज उठायो भने ऊ माथि नै जाइलाग्ने यो सरासर गलत हो । पत्रकारिता पेशा पुर्णरूपमा सुरक्षित हुनुपर्छ ।


१०.यस्तो अवस्थाम पत्रकारहरुले के गर्नुपर्छ त ?

अहिले पत्रकारहरुले आन्दोलन गरिराख्नु भएको छ । पत्रकारको कलम, कापी, क्यामेरा हतियार भन्दा ठुला र बलिया हुन्छन । पत्रकारहरुले आफ्नो स्वतन्त्रताको माग राख्दै शान्तिपुर्ण तरिकाले गर्नु भएको आन्दोलन एकदम शान्तिपूर्ण र सही छ । आफुले गरेको आन्दोलनले अरुलाई असर गर्नुहुँदैन र पत्रकारहरुले अहिले कालोपट्टी बाँधेर गर्नुभएको शान्तिपूर्ण आन्दोलन राम्रो हो ।


११. तपाईंले मेरोरिपोर्टमा निरन्तर रूपमा योगदान गरिराख्नु भएको छ, मेरोरिपोर्टमा किन योगदान गर्नुहुन्छ?

मैले सुरु देखी नै आफ्नो आवाज उठाउन यस्तै एउटा थलो खोजिरहेको थिए । मेरोरिपोर्टले म जस्तो नागरिक पत्रकारितामा बिश्वास गर्नेहरुको लागि राम्रो थलो प्रदान गरेको छ । त्यसैले म मेरोरिपोर्ट म योगदान गर्छु ।

 

मेरोरिपोर्टमा सुबुना को प्रोफाइल पेजः http://meroreport.net/profile/subunabasnet


यस अन्र्तवार्ताको श्रब्य संस्करण सुन्नका लागि यहाँ थिच्नुहोस ।


  Subuna Basnet Blogger of this Week by meroreport

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by सरोज कार्की on June 18, 2011 at 10:09am

यो साताकि ब्लगर अफ दि विक तथा मेरो रिपोर्टको नागरिक पत्रकार सुबुना बस्नेत गत असार १ गते देखि अस्पतालको सैयामा छिन् |

http://meroreport.net/profiles/blogs/6365517:BlogPost:26004

Comment by Mohammad Rabbani on June 17, 2011 at 11:47am
cogratulations!!!
Comment by Equal Access on June 16, 2011 at 4:42pm
Thanks Bhumika for cross-linking and shared a shoter english version.
Comment by Bhumika Ghimire on June 16, 2011 at 4:32pm
i have shared a shorter english version of this post at nepal blogs

http://bhumikasa.wordpress.com/2011/06/16/mero-report-blogger-of-th...

best
bhumika
Comment by Mukunda Nepal on June 16, 2011 at 11:32am
बधाइ छ सुबुना ।
Comment by razan lamsal on June 15, 2011 at 8:50pm
सुबुनालाई बधाई र अजै राम्रो लेख्नको लागि सुभकामना |
Comment by MadhuSudhan Guragain on June 15, 2011 at 8:27pm
congratulation! Keep it up!
Comment by Binaya Shekhar on June 15, 2011 at 7:35pm
Congratulations. as a blogger I hope you could learn a lot of things in term of quality blogging in the day to come. Good job.
Comment by सरोज कार्की on June 15, 2011 at 6:53pm
वाउ सुबुना यु डन इट । म ब्लगर अप दि विक हुदा तिमिले मलाइ दिएको सुभकामना आज ब्याज सहित तिमिलाई तिर्दै छु । keep blogging .. i am with you
Comment by Sumendra Singh Sijapati on June 15, 2011 at 2:51pm
congrats.,...subuna..........
Comment by एसवी गौतम on June 15, 2011 at 1:09pm
Congratulation Subana ji !!! keep it up !
Comment by Equal Access on June 15, 2011 at 12:49pm
Congratulations Subuna!!! Hope to see more interesting contents from your side.

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service