Encouraging and supporting citizen journalism in Nepal
|
सर्वप्रथम मेरोरिपोर्टको साताको ब्लगर बन्नु भएकोमा यहाँलाई बधाइ । साताको ब्लगर हुनुभएकोमा यहाँलाई कस्तो अनुभव भइरहेको छ? धन्यवाद तपाईंहरुलाई । म एकदमै उत्साहित भएको छु । मेरोरिपोर्टमा ब्लग लेखिरहनुभ्एको छ । नागरिक पत्रकारिताको प्रबर्द्धन गर्न सुरु भएको मेरोरिपोर्टको बारेमा के भन्नुहुन्छ ? मैले गएको एक हाप्तादेखि यसलाई हेरिरहेको छु । पत्रिकमा नआएका खबरहरु , स्थानीय क्षेत्रको नयाँ समाचारहरु मेरोरिपोर्टले कलेक्सन गरेको देख्दा खुशी लाग्यो । जो पत्रकारितामा इच्छुक हुनुहुन्छ उहाँहरुलाई एक किसिमको प्लाट्फर्म दिएको देख्दा मलाई खुशी लागेको छ । मुलधारका मिडियामा नसमेटिएका कुराहरु यसमा समेटिएको छ जस्तै रङमन्चमा सहकार्य ,भरतपुरमा पेटी भत्काएको, बुढासुब्बा गोल्ड कप सुरु भयो आदी । यस्तो रिपोर्टहरु जुन मुलधारको मिडियाले एक तरिकाले प्रस्तुत गरेको हुन्छ तर मेरोरिपोर्टमा नागरिकले लेख्ने भएकोले नागरिकको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ भन्ने मलाई लाग्छ । अब एकैछिन ब्लग र ब्लगिङको कुरा गरौं । तपाईं ब्लगिङतर्फ कसरी आकर्षित हुनुभयो ? आफ्नो मनमा लागेको कुरा लेख्न सबैलाई इच्छा हुन्छ । त्यही लेख्ने क्रममा मैले ब्लग खोलेँ । एक दुइ वटा लेखहरु लेखेँ तर निरन्तर भएन । त्यसरी नै लेख्ने क्रममा ब्लगिङ एउटा राम्रो तरिका हो जस्तो लागेर ब्लगिङ गर्न थालेँ । तपाइँले ब्लग लेख्न कहिलेदेखि सुरु गर्नु भयो ? दुइ तीन बर्ष अगाडी मैले एउटा ब्लग लिन्क खोलेको थिएँ । तर त्यसलाई निरन्तरता दिन सकिन । अलि लगातार र ध्यान दिएर लेख्न थालेको लगभग ६ - ७ महिना भयो । ब्लगिङ नै किन रोज्नु भयो ? मैले कपीमा लेखेको कुरा अरुलाई थाहा हुँदैन । तर ब्लगमा लेखेँ भने अरुले पढेर त्यसमा प्रतिकृया, ठीक बेठीक थाहा हुन्छ । त्यसैले ब्लगमा लेख्न थालेँ । के तपाईंको ब्लगले तपाईंलाई प्रतिनिधित्व गर्छ ? मेरो ब्लगमा मेरो विचार हुने भएको अवश्य नै प्रतिनिधित्व गर्छ । तपाईंको ब्लगको बारेमा बताइदिनुस न । के कस्तो बिषयवस्तुमा ब्लगिङ गर्नु हुन्छ ? धेरै जस्तो विषयवस्तु बझाङको समेटेको छु । यहाँ बझाङमा एक चोटी झगडा परेको थियो । मैले मेरो साथीहरुसँग सम्पर्क गरेर यो प्रकाशित गर्न आग्रह गरेको थिएँ । तर उहाँहरुबाट समाचार बनाउन लायकको छैन भन्ने कुरा आयो । त्यसपछि मैले त्यही घटनालाई ब्लगमा राखेँ । त्यसपछि मलाई के लाग्यो भने मैले यो ठाँउमा बसेर यहाँको घटना, मैले जानेको कुराहरु अरुसँग आदानप्रदान गर्न सक्छु । अहिले मैले खप्तडसँग सम्बधित जानकारीहरु राखेको छु । कतिपय अवस्थामा मेरो मनको कुरा लेख्छु । तपाईंको ब्लगमा के के समावेश भएका छन ? मेरो लेख रचना र केहि फोटोहरु छन । अहिलेसम्म के के पोस्ट गर्नु भएको छ आफ्नो ब्लगमा ? एक दुइ वटा ब्लग पोस्टमा मेरो मनको अभिव्यक्तीहरु छन । यो ठाँउमा भएको मौसम परिवर्तनको बारेमा लेखेको थिएँ । अघि मैले भनें नि यहाँ भएको एउटा झगडा जसमा गाउँको दुइ तीन जनाको मृत्यु भएको थियो । यो घटनाले नराम्रो रुप लिएको थियो । गाउँमा सबै शत्रु भएका थिए । त्यही घटनालाई लिएर मैले पोस्ट गरेको थिएँ । अहिले खप्तडको जानकारीलाई समावेश गरेको छु । पछिल्लो पटक कुन बिषयमा के लेख्नुभयो र के कुराले लेख्न अभिप्रेरित गर्यो ? खप्तडको मौसम भन्ने लेखेको थिएँ । यहाँका साथीहरु खप्तड जाने भन्ने कुरा भइरहेको थियो । म दुइ चोटी गएँ त्यहाँ । मलाई थाहा भएको जानकारी मैले ब्लगमा राख्न सक्छु भनेर राखेँ । त्यो जानकारीले एक दुइ जना मात्रै पनि खप्तड आउनुभयो भने त्यो नै मेरो सफलता हुनेछ । तपाईंलाई आफ्नो ब्लगमा के कुराले लेख्न अभिप्रेरित गर्छ ? कहिलेकाहिँ चित्त नबुझेका राजनैतिक, सामजिक कुराहरुले लेख्न अभिप्रेरित गर्छन । मनमा लागेका कुरा गुम्स्याउनु भन्दा व्यक्त गर्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई । आफ्नो कुरा व्यक्त गर्नु नै ठूलो कुरा हो मेरो लागि । ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाईरहनु भएको छ ? राम्रै छ । मैले लेखेको खप्तड्को मौसमले राम्रो प्रतिकृया पाइरहेको छु । ट्विटरबाट पनि धेरै साथीहरुले राम्रो छ भन्नुभयो । तपाईंलाई के लाग्छ ब्लगिङले समाजमा केही प्रभाव पार्न सक्छ ? सक्छ भने कसरी ? त्यस्तो कुनै उदाहरण छन ? दुइटा पाटा छन । राम्रो कुरा लेख्ने हो भने त्यसले सकरात्मक प्रभाव पार्छ । कतिपय अवस्थामा कसैको पछाडी दगुरेर, कुनै संस्था वा व्यक्तीको पछाडी लागेर उसको विरुद्धमा नकरात्मक कुरा लेख्यो भने त्यसले नराम्रो प्रभाव पार्छ । यो प्रयोगकर्तामा भर पर्छ । ब्लगिङले समाजमा प्रभाव पार्ने कुरामा ६२, ६३ सालमा आन्दोलनको बेलामा जुन बेला समाचार प्रतीबन्धित थियो मैले त्यो बेलामा ब्लग हेर्थेँ । मैले त्यति खेर समाचार हेर्नु पर्यो भने ब्लग हेर्थेँ । ब्लगिङ एउटा एकदम राम्रो माध्यम हो आफूलाई लागेको कुरा व्यक्त गर्ने । एकदम राम्रो उदाहरण राजेश केसी को falaano.com जस्तो लाग्छ । त्यसैबाट मैले फोटोग्राफी गर्नको लागि प्रेरित भएको छु । ब्लगिङ गर्दा त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छन ? त्यस्तो त खासै छैन । तर अरुको ब्लग पढ्दा यो कुरा त मैले पनि देखेको छु, भोगेको छु जस्तो लाग्छ । अहिले नेपालमा पनि ब्लगिङको ट्रेन्ड बढीरहेको छ ? यसलाई कसरी हेरिरहनु भएको छ ? यो राम्रो हो । ब्लगिङ एउटा राम्रो प्लाटफर्म हो । पहिला हामी नोटबुकमा लेख्थ्यौं तर अहिले ब्लगमा लेख्छौँ । नोटबुकमा लेख्दा एक दुइ जनाले हेर्थे भने अहिले धेरैले हेर्छन र प्रतिकिया दिन्छन । आफ्नो मनको कुरा व्यक्त गर्नु त्यसमा अरुको प्रतिकृया पाउनु राम्रो हो । धेरै प्रतिकृया मध्य राम्रो कुरा लिएर सुधार्दै लानु पनि राम्रो हो । तपाईंलाई के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ ? अचारसंहिता जरुरी छ । लेखेको कुरा सही हो होईन कत्तिको अध्ययन गरेको छ भन्ने महत्वपूर्ण कुरा हो । अरुलाई त्यतिकै आक्षेप लगाउनु पनि राम्रो होईन । कुनै कुरा मलाई मन परेन भने व्यक्तिगत रुपले घोचपेच गर्नु नराम्रो हो । त्यसैले अचारसंहिता जरुरी छ र यो लागू हुनु पर्छ । मेरोरिपोर्टले ब्लगर र ब्लगिङलाई प्रबर्द्धन गर्न गरेको प्रयासलाई के भन्नु हुन्छ ? यो धेरै राम्रो प्रयास हो । किनभने कसैलाई आँट हुँदैन आफ्नो लेखाइ कत्तिको राम्रो छ भनेर । मेरोरिपोर्टबाट नयाँ साथीहरुलाई प्रेरणा मिल्छ । जस्तो मलाई पनि प्रेरणा दिनु भएको छ , मेरो ब्लग पोस्टमा कमेन्टहरु आएको छ , साथीहरुले मनपराइ दिनु भएको छ । कमेन्टहरुबाट मैले सुधार्दै लान सक्छु । मेरोरिपोर्टले नयाँ साथीहरुलाई खुलेर अगाडी आउन दिनु भएको प्रयास एकदमै राम्रो हो । मेरोरिपोर्टमा सुधारकोलागि के भइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईंलाई ? अहिलेको समाजिक सन्जालहरु जस्तै यसमा कमेन्ट गर्न मिल्ने, लाइक गर्न मिल्ने, गफ गर्न मिल्ने, सबै खालको फिचरहरु छ । धेरै कुराहरु राम्रो छ मेरोरिपोर्टको । यतिको साइट पनि रहेछ भनेर धेरै खुशी लागेको छ मलाई । सुवासको ब्लग लिन्क : http://me-subas.blogspot.com/ सुवासको ट्विटर लिन्क : @me_subas नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।
|
मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु: |
Comment
Comment by Subas Adhikari on April 1, 2012 at 12:06pm धन्यबाद मेरो रिपोर्ट लाइ अनि सबैलाई.. धेरै खुशी लाग्यो ब्लगर अफ द विक हुन पाउदा
Comment by Shaku Limbu on March 31, 2012 at 8:05am congratulations to you. :)
Comment by Mahesh Sagar Khanal on March 30, 2012 at 1:11am laau badhai chha sathi..............
Comment by Ajeeta Sigdel on March 29, 2012 at 9:59am Congratulations !!
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport