Blogger Of This Week: Srijana

Last week blogger

श्रृजना आचार्य, मोफसलमा रहेर पत्रकारिता गर्दै आएका महिलाहरुमध्येमा अग्रपक्तिमा आउने नाम हो । श्रृजनाले नेपालगन्जमा रहेर कान्तिपुर टेलिभिजनका लागि विगत ६ वर्ष देखि काम गर्दै आइरहनुभएको छ । त्यस वाहेक वहाँले बांकेको पहिलो सामुदायिक एफएम रेडियो भेरी आवाजमा समाचार प्रमुखका रुपमा पनि काम गर्दै आइरहनुभएको छ । काठमाडौबाहिर रहेर पनि सक्रिय रूपमा ब्लग र अनलाइनमा उपस्थिति जनाइरहनुभएकी श्रृजना, यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुभएको छ । मेरोरिपोर्टमा समेत नियमित योगदान गर्नुहुने उहाँसँग सधैंका साताको ब्लगरसँग जस्तै ब्लगिङको सन्दर्भमा कुराकानी गरिएको छः

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

मैले ब्लग सुरु गरेको धेरै समय भएको छैन । करिब तीन वर्ष देखि ब्लगमा निरन्तर लेख्न थालेको हो ।

के का लागि ब्लग लेख्नुहुन्छ?

समाचार बनाएर सार्वजनिक गर्न नसकिने ब्यक्तिगत धारणा, आवेग, विचार प्रस्तुत गर्न र यस क्षेत्रका अन्य साथीहरुसंग विचार मन्थन गर्न लेख्छु । 

ब्लगमा कस्ता कुराहरू लेख्नुहुन्छ?

आफ्नो क्षेत्रको महत्वपुर्ण जानकारी, प्रकाशित र अप्रकाशित फिचर, विचार विष्लेषण प्रस्तुत गर्न ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

प्रारम्भिक चरण रहेकाले यसको प्रयोग अपेक्षाकृत हुन सकेको छैन । अहिले सम्मका ब्लग प्रयोगकर्ताका विचार मध्ये कतिपय ब्यक्तिगत आरोप, प्रत्यारोपको माध्यम पनि बनेको छ । विस्तारै यो सबैको साझा र स्वस्थ्य छलफलको मञ्च बन्दै छ ।  

ब्लग लेख्दाको कुनै रमाइलो अनुभव?

कतिपय ब्लग प्रयोगकर्ताले पाठकलाई पुरै उपेक्षा गरेको र आफ्नो विचारलाई मात्र उत्तम विचार भएको दावी गर्दै कोचाउन खोजेको महशुष हुंदा हांसो उठ्छ । ब्लगमा सहभागी भए पछि साथी बढेका छन् । अनौठा अनौठा खालका प्रतिकृया आउंदा खुसी लाग्ने गरेको छ । यहि नै भनेर उल्लेख गर्ने त्यस्तो विषय चाहि छैन ।

मेरो रिपोर्टमा किन योगदान गर्नुहुन्छ?

मेरो रिपोर्ट, संचारको मर्म बुझेकाहरुले संचालन गरेको सिटिजन जर्नालिज्म साइट भएकाले यसका माध्यमवाट आफ्ना कुरा सार्वजनिक गर्न मन लाग्छ । प्रायः जसो पत्रकारहरु सहभागी भएको यो ब्लग हेरेर अन्य ठाउंका समाचारको जानकारी पाइने भएकाले यस क्षेत्रको समाचार प्रस्तुत गर्न मेरो रिपोर्ट प्रयोग गर्न मन लागेको हो । 

श्रृजनाको ब्लगलिँक : http://srijananpj.blogspot.com/

मेरोरिपोर्टमा श्रृजनाको प्रोफाइल पेजः http://meroreport.net/profile/srijanaacharya

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Binaya Shekhar on May 25, 2011 at 6:03pm

You are doing great Sirjana ji. Keep up the good work. 

 

 

Comment by Mukunda Nepal on May 25, 2011 at 4:02pm
सिर्जनाजी, बधाइ छ ।
Comment by Santosh Devkota on May 25, 2011 at 3:31pm
सृजना जी लाई धेरै धेरै बधाई ।
Comment by RAMKUMARELAN.COM on May 25, 2011 at 2:26pm
Congrat from Beijing, chaina, Sirjana..
Comment by एसवी गौतम on May 25, 2011 at 1:48pm
Congratulation Sirjana ji. keep it up !
Comment by Prakash Lamichhane on May 25, 2011 at 1:26pm

Congratulations.... Srijana ji..........

 

Comment by Equal Access on May 25, 2011 at 12:49pm
Congratulations Srijana !! Hope to see more interesting contents from your side and thanks for posting lots of interesting contents in MeroReport.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service