Blogger of this week: Somesh Verma

Last week blogger

कान्तिपुर टिभीमा टेलिभजन पत्रकार, न्यूज एंकर, टक-शो एंकरका रूपमा कार्यरत सोमेश वर्मा बुढानिलकण्ठमा बस्छन । कुनै पनि काम धेरै दिन गरेपछि बोर हुने भएकाले नयां नयां कुरा गर्न मन पराउछु भन्ने सोमेशका रुचि पनिबदलिरहन्छन । सोमेश यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले सोमेशसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ । 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ? 

सुरु त २००५ मा तत्कालिन राजाले शासन कब्जा गरेपछि बेनाम रुपमा गरियो तर नियमित रुपमा (कत्तिको नियमित त्यो भने प्रश्न गर्न सकिन्छ) लेख्न थालेको २००८ देखि हो ।

के का लागि ब्लग लेख्नुहुन्छ ? 

कुनै विशेष उद्देश्य होइन तर आफ्ना कुरा राख्ने माध्यम हो र कुनै ग्रामर नमानिकन पनि लेख्न सकिन्छ भनेर थालेको हुँ । 

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

शुरुआतमा व्यंगात्मक शैलीमा (satire, humor) राजनीतिलाइ हेर्ने हिसाबले थालेको थिएँ तर पछि गएर समय अभाव वा अल्छि हुदै गएर होला खेलकुद सम्बन्धि विषय बढि आएको जस्तो लाग्छ । पुरानो शैली फेरी थाल्ने योजना छ । थाहा छैन कहिले गर्न सक्छु ।   

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

फस्टाएको छ । संख्यात्मक हिसाबले एकदमै धेरै । विषयगत विविधता पनि राम्रै छ । सबैलाइ लेखक वा पत्रकार बनाइदिएको छ ब्लगले । तर कहिलेकाहिं लेख्दाखेरी नियोजित रुपमा कसैलाइ आक्षेप लाग्ने काम नगरीदिए हुन्थ्यो जस्तो लाग्छ । Ethics को महत्व छ र यसले दिर्घकालिन रुपमा तपाइकै ब्लगलाइ सहयोग गर्छ भन्ने बुझ्नु जरुरी छ ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

खासै त होइन तर ब्लगकै माध्यमबाट एउटा साथी १७ वर्षको अन्तराल पछि सम्पर्कमा आएको अनुभव छ ।    

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छनेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

कठिन छ यसको उत्तर । नेपालमा परिवर्तन संगै पत्रकारितामा पनि विषयको समावेशीकरण बढेको पक्कै हो । तैपनि अहिले नै सन्तुष्ट भैहाल्ने अवस्था छैन । यसका कारण पनि धेरै छन् । पत्रकारसम्म विषयको पहुंच त्यति सजिलो छैन । पत्रकारहरुको असुरक्षा यसका कारक र परिणाम, दुबै हुन । तैपनि प्रगति राम्रो मान्नु पर्छ ।

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ   नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

सजिलो भन्न त सकिन्न । नभन्ने हो भने आफैले यो क्षेत्रमा एक दशक बिताएको केहि वर्ष भैसक्यो । पत्रकार भएर (केहि अपवाद बाहेक) आफ्नै कार चढ्न भने सजिलो अवश्य छैन । त्यस्तो सपना पालेर यो क्षेत्रमा प्रवेश गर्नेलाइ सुरुआतमा निरास हुनु पर्ला तर अवसर पनि छ । पहिले नभएको कारण नया काम गर्ने ठांउ प्रशस्त छ । चुनौती पनि प्रशस्तै छन् । सुरक्षाको स्थिति राम्रो छैन । क्षमता अभिवृद्दिमा पनि चुनौती छ । तर निराश हुने स्थिती पनि होइन ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

पहिलो कुरा त ब्लग भनेको व्यक्तिगत दृष्टिकोण हो । यसमा पत्रकारितामा जस्तै ब्यालेन्स हेरिन्न ।  तर यसको आफ्नै सुन्दरता छ । त्यसैले यसलाई त्यसरी नै हेरिनु पर्छ । तर मूलभूत उद्देश्य दुवैको सूचना दिनु नै हो ।  दुवैको आ-आफ्नो स्थान छ, फरक र समानता खोज्नु भन्दापनि दुवैको मजा लिन सक्नु पर्छ जस्तो लाग्छ मलाई ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ,के यो जरूरी छ ?

म आफै पनि आचारसंहितामा हस्ताक्षर गरेका कारण यसलाई राम्रो नै मान्छु ।  आचारसंहिता कानून होइन, आफैले आफैलाई सम्झाउने वा व्यवस्थित गर्ने एउटा गाइडलाइन हो । आचारसंहिता नहुने समाजमा Policingको बढी आवश्यकता पर्छ । Policing भन्दा पहिले नै आचरण ठीक राख्नुमा केहि समस्या नहुनु पर्ने हो ।

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छतपाइलाई थाहा छ ? नेपालमा नागरिक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमाhttp://meroreport.net/ पनि सुरू भएको छ नि ?

नागरिक पत्रकारितालाई सघाउनु प्रशंसनिय काम हो ।  ब्लग्गरहरुको सुरक्षाको लागि पनि एउटा संजाल हुनु पर्छ र त्यो काम सम्भवत http://meroreport.net/ ले राम्रै गर्ला ।

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

शुभ कामना ।

तपाइको ब्लगलिँक : www.someshverma.blogspot.com

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Dr Anubha Singh on May 2, 2012 at 1:12pm

congratulations..

Comment by Binita Pandey on September 20, 2011 at 9:07pm

Bravo!

Comment by Ajeeta Sigdel on September 14, 2011 at 4:40pm

Congratulations Somesh ji !!!

 

Comment by Rupen on September 14, 2011 at 3:47pm

Congratulation Somesh Jee!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service