Blogger of this week: Shakuntala Limbu

नेपाल को सुदुर पुर्व हाङ्-पाङ - ताप्लेजुङमा जन्मिएकी शकुन्तला लिम्बु हाल लण्डनमा डेन्टल नर्सिङ गर्दै छिन । २९ बर्षिय शकुन्तला बाबा बृटिश आर्मीमा कार्यरत हुनु भएकोले गर्दा सानैमा हङकङ्, ब्रुनेइ र अन्य मुलुकहरुमा बसोबास गर्दै आइन । उनलाई पौडी खेल्नु, नयाँ नयाँ ठाउँ घुम्नु, साथी बनाउनु,नयाँ कुराहरु सिक्नुको साथै साहित्यमा बिषेश रुची छ । उनको बुवा कबिता, निबन्ध र लेखहरु लेख्ने भएकोले सानै उमेर देखी उहाँबाट प्रभावित भइन । उनले लण्डनमा धेरै किसिमको जात-जातिहरुसँग मिलेर बस्न काम गर्न सिकिन्, एक अर्काको भाषा,धर्म,संस्कृती आदान प्रदान गर्ने मौका पनि पाइन । उनी सानो देशको मान्छे भए पनि गर्बसँग उनिहरुलाई आफ्नो परिचय दिने गर्दछिन ।

यही क्रममा शकुन्तला यस साता मेरो रिपोर्टमा साताका ब्लगर हुन सफल भएकी छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले शकुन्तलासंग पनि ब्लगिङ, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ :

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

अप्रिल २०११, नेपाली नयाँ बर्ष पछि मैले ब्लग लेख्न सुरु गरेको हो । त्यो भन्दा अगाडी मैले ट्विटर अकाउन्ट खोलेको थिए, त्यहाँ धेरै नेपाली साथीहरु बनाए । उनीहरुले मलाई ब्लग लेख्न प्रेरित गरेका हुन र साथै आकार पोस्ट र लेक्स्लिम्बु मेरा सेलेबृट्री ब्लगर साथीहरु हुन ।

के का लागि ब्लग लेख्नुहुन्छ ?
नेपाली भाषा साहित्यमा भएको लगावलाई निरन्तरता दिन ब्लग लेख्छु ।  

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?
आफ्नो भावनाहरु पोख्न, आक्रोश्, खुशी, समर्थन-असमर्थन, मनोकामनाहरु ब्यक्त गर्न, बितेका कुराहरु स्मरण गर्दै आफुले भोगेका कुराहरु  बाड्ँनको लागि ब्लग लेख्नु मन पर्छ । राजनीति, दुर्घटना, खबर धेरै कुराहरु त समाचारमा नै सुन्न सकिन्छ त्यसैले आफ्नो ब्लगमा म घटना-बिचारहरु खासै राख्दिन ।  'Into a Different World'  भनेर नाम राखेको छु त्यसैले कोइ पनि भिसिट गर्नु हुन्छ भने " I want them to feel that they are in different world, in fact my world. Forget the pain, anger, ego, jealousy and just enjoy reading".  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

मैले ब्लग लेख्न सुरु गरेको धेरै भएको छैन तर यसको फैलावट मैले महसुस गरी सकेको छु । साँचै भन्ने हो भने लण्डनमा नेपालीहरु यती व्यस्त छन्, सायद ब्लगगिङ भन्ने कुराको मतलब पनि हुँदैन । तर ट्विटरमा आए पछी मैले यती धेरै नेपाली ब्लगरहरु, ब्लगर्स कम्युनिटी देखे, नेपालीहरु पनि आइ टि अनि ब्लग क्षेत्र मा कोइ भन्दा कम छैन । 

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

ø   मेरो ब्लगको लिन्क फेसबुक र ट्विटरमा छन । फेसबुकमा मेरा अधिकांश स्कुल र कलेजको साथीहरु छन । कसैले 'ओहो मैले तिम्रो ब्लग पढ्एको थिए अनि राम्रो लाग्यो' भनेको सुन्दा खुशी लाग्दो रहेछ । मेरो बाबा -आमालाई ब्लग देखाउँदा स्याबासी दिनु भयो । त्यही हो मेरो खुशी भनौ की रमाइलो अनुभव । 

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

म बिदेशमा छु । त्यहाँको परिस्थिती सुन्छु, समाचारमा सुन्छु तर देखेको छैन । कतिपय अप्रिय घटना हरु पनि सुनिन्छन । मिडिया तथा पत्रकारिता पेशामा टिक्न एउटा चुनौती पूर्व काम हो । आफ्नो सुरक्षा आफैले गर्नु पर्ने स्थिती छ जस्तो लाग्छ । कुनै पनि काम सजिलो हुँदैन, मेहेनत, योगदान दिनु पर्छ अनि बल्ल केहि उपलव्धी हुन सक्छ । पत्रकारहरु पनि मिडियाको बढ्दो माग पुरा गर्नको लागि धेरै दुख गरेको सुन्न पाइन्छ ।    

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

ब्लग स्वतन्त्र ब्यक्तिले आफ्नो धारणा ब्यक्त गरेर लेखेको हुन्छ । प्रतिकृयाहरु पनि प्रशस्त देखिन्छन्, तर मुलधार पत्रकारितामा हेर्ने हो भने समग्रमा हेरेर मात्र तथ्यहरु प्रचार प्रसार गर्न पाइन्छ ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

कुनै कुरा को मात्रा धेरै भए पछी सन्तुलनमा ल्याउन गार्हो हुन्छ । सायद आचारसंहिताले ब्लगर र ब्लगगिङ भित्रै हुने विकृतिलाई सन्तुलन गर्नु सक्छ भने 'Why Not?'

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई थाहा छ ? नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा http://meroreport.net/ पनि सुरू भएको छ नि ?

ओहो,मलाई बल्ल अवगत हुँदै छ । म ब्लग संसारमा नयाँ नै छु । मैले धेरै कुरा सिक्नु, बुझ्नु र जान्नु बाँकी नै छ । Meroreport.net बाट धेरै सिक्न पाइन्छ भन्ने आशा छ । 

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

मलाई यति  छोटो समयमा नै 'ब्लगर अफ द वीक' को उपाधि दिनु भएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु । आउने दिनहरुमा पनि मेरोरिपोर्टको भविष्य उज्यालो  रहोस । समाजमा केहि बदलाव ल्याउन कहिलेकाँही शक्ति होईन कलमको सहायता चाहिन्छ जुन म मेरोरेपोर्टमा देख्दै छु । All the best.  

ब्लग लिन्क:  www.limshaku.blogpost.com

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on November 1, 2011 at 1:21pm
Thank you everyone for your support. :) Appreciate it.
Comment by Nisha Shah on November 1, 2011 at 12:29pm
Congratulations, dear Shakuntla G!
Comment by loktamb1 on October 31, 2011 at 4:48pm
Derai ramro cha bainiko bichar,ajhai pragati garnuhos,tapaiko blog maile pani pade,ati ramro cha ajhai pragati gardai januhos mero subhakamana
Comment by Indra Dhoj Kshetri on October 31, 2011 at 9:47am

Congratulations Shakuntala.

I have seen you are very active blogger. Look forward to similar enthusiasm in your blog and over this meroreport platform as well.

Comment by limshaku on October 30, 2011 at 11:15pm

Thanks Raju Shrestha :)

Comment by Rju Shrestha on October 30, 2011 at 3:41pm

Congrats :)

Comment by Shaku Limbu on October 29, 2011 at 1:03pm
Mr Guragain, I will and I am trying to write something that influence, gives some guidance and some direction to the youths and atleast some lights to the other generations. I do need your support and guidance as well. Thank you
Comment by Shaku Limbu on October 29, 2011 at 12:56pm
Thanks my friend Aakarpost , Rupen and Binaya. :)
Comment by Binaya Shekhar on October 29, 2011 at 9:18am

Nice to hear about you through blogger of the week. Keep posting good write up from London. For mereport.net what type of blogs or articles from you should be expected is you should post related to lifestyle & cultural activities in which Nepali communities are participating for long, give Nepali youth message on peace, solidarity, harmony and respect which is missing somewhere at present context. 

 

Reading your blog as a member & promoter of MeroReprot I am also looking forward to learn many things from you. all the best for good work. 

Comment by Aakar Anil on October 28, 2011 at 7:07pm

Congrats!!!

Comment by Rupen on October 28, 2011 at 1:14pm

Congratualtion Shakuntala!!! Happy Tihar to you!

Comment by Shaku Limbu on October 26, 2011 at 3:23pm
Thank you again. Happy Tihar all of you. :)
Comment by MeroReport on October 26, 2011 at 1:51pm

Congratulations Shakuntala ji !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service