Blogger Of This Week: Saroj

Last Week Blogger

 

सरोज कार्कीले करीव २ बर्षअघिदेखि ब्लगिङ शुरू गर्नुभएको हो । मेरोरिपोर्टमा नियमित योगदान गर्ने सरोज यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । उहाँको ब्लगिङ अनुभव र नेपालको ब्लगको सन्दर्भमा कुराकानी गरिएको छः

१. कुन क्षेत्रमा काम गर्दैहुनुहुन्छ अहिले ?
म विराटनगरमा व्यवसायीक पत्रकारीता गर्छु ।

२. ब्लगिङ गर्न कहिलेबाट शुरु गर्नुभएको हो ?
दुई वर्ष जति भयो ।

३. तपाई व्यवसायीक रुपमै ब्लगिङ गर्नुहुन्छ ?
म स्वस्फुर्त रुपमा ब्लगिङ गर्छु, व्यवसायीक तवरमा आवद्ध छैन ।

४. ब्लगिङ गर्नुको कारण ?
ब्लगिङ मेरो इन्टरेस्ट हो ।

५. तपाइलाई कुन विषयमा ब्लगिङ गर्न मन लाग्छ ?
मलाई ह्यूमन इन्टरेस्ट (मानवीय जिज्ञासा) जसमा बढि कौतुहलता हुन्छ त्यस्ता विषयमा ब्लग गर्न मन लाग्छ ।

६. ब्लगिङ गर्दाको कुनै रमाइलो अनुभव ?
त्यस्तो त खासै केही छैन अब ब्लगिङकै मार्पत माइक्रो ब्लगिङको रुपमा टुइटरबाट धेरै साथीहरुसंग भेट हुन्छन्, वहाँहरुमध्ये केही साथीहरु विराटनगर आएकोबेला मेरो ठाउँ घुमाउन लैजान्छु, तेई हो साथीहरु धेरै बन्छन् मलाई तेई रमाइलो लाग्छ ।

७. ब्लगिङ गर्दाको फाइदा के–के हुन्छ जस्तो लाग्छ तपाइलाई ?
ब्लगिङ्ग गर्दा आप्नो फिलिङ्गस (भावना) बाँड्न सकिन्छ । एउटा यस्तो प्लेटफर्म पाइन्छ जसमा आप्नो फिलिङ्गस लेखेर सजिलै चारैतिर छर्न पनि सकियो झन् मिडियाहरुलाई आप्नो लेख–रचना (आर्टिकल) छापिदिनुस् भनेर अनुरोध समेत गरीराख्नु परेन आपै बेवमा पोस्ट गर्न पाइन्छ ।

८. कुनै विषय छ जसमा तपाईलाई ब्लग पोस्ट गर्न मन लागेको छ ?
मलाई नेपाली क्रिकेटरहरुको बारेमा लेख्न मन लागेको छ र म लेख्ने तयारीमा समेत लागिपरेको छु ।

९. “मेरो रिपोर्ट”को बारेमा कसरी थाहा पाउनुभयो ?
मुकुन्द दाइ (मेरो रिपोर्टसंग अफिसियली आवद्ध)संग टुइटरमा भेट भएको थियो, वँही मार्पत थाहा पाएँ ।

१०) “मेरो रिपोर्ट”मा अरु थप के भए तपाइहरुलाई राम्रो हुनेछ जस्तो लाग्छ ?
“मेरो रिपोर्ट”मा आउने नोटिफिकेसन धेरै राम्रोसंग आए सजिलो हुनेथियो, नोटिफिकेसन अहिले पनि आउँछ तर एकदमै कम आउँछ, अलिक धेरै नोटिफिकेसन होस जसलाई सिधै फेसबुक जस्ता सञ्जालमा समेत देख्न सकियोस् ।

११) तपाइको ब्लग पोस्टहरुलाई हामिले सपोर्ट दिन अथवा थप धेरै एक्सपोजनका लागि “मेरो रिपोर्ट”को तर्पबाट के गर्न सकिन्छ ?
हामिले गर्ने पोस्टहरुमा कैंयन गल्तीहरु ह्ुन सक्नछ, नो वन इज पर्पेक्ट भनिन्छ नि त्यसैले कुनै राम्रो अनुभवी सम्पादक मार्पत त्यस्ता पोस्टहरु एडिट भइदिए अझ राम्रो हुनेथियो ।

१२. “मेरो रिपोर्ट”को ब्लग पोस्टहरुमा तपाइलाई अहिलेसम्म राम्रो लागेको ब्लग पोस्ट कुन हो ?
यार्शागुम्बा सम्बन्धि आर्टिकल कस्ले पो पोस्ट गर्नुभएको थियो नि, त्यो अहिले मलाई याद भएन, हो त्यो पोस्ट मलाई रमाइलो लागेको ब्लग हो ।

१३. नयाँ ब्लगर्सहरुलाई ब्लगिङका लागि प्रोत्साहन गर्न आप्नो तर्पबाट के गर्न सक्नु जस्तो लाग्छ ?
मेरो फेसबुकबाट लिंक्सहरु नि गइराखेका हुन्छन् । मैले मेरो लिंकमा भएका साथीहरुलाई समेत “मेरो रिपोर्ट”मा ब्लगिङ गर्न मैलै प्रोत्साहन गरीनै रहेको छु ।

मेरोरिपोर्टमा सरोजको पेजः http://meroreport.net/profile/sarojkarki

ट्विटरमा सरोज: @SuReSaRoz



 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by सरोज कार्की on May 22, 2011 at 8:54am
thanks  binaya g
Comment by Binaya Shekhar on April 25, 2011 at 7:43am

Saroj ji, tapaile diyeko suggestion important chhan MeroReport ko lagi, we will try to manage the moderator/editor who can help you and all blogers to produce quality content in MeroReport. Looking forward to similar contribution to meroreport. wish you all the best for you also for being successful blogger. Though I have seen a lot of post sent by you, I am still unable to go through each but reading your headline I thought that the post you uploaded looks like interesting and read worthy for media professional. thanks

 

Comment by Amuna Chapagain on April 22, 2011 at 7:39pm
congrazzzzzzzzzzzzzzzzzzzzzzzzz saroj g..........
Comment by सरोज कार्की on April 21, 2011 at 1:47pm
thanks @santosh dai
Comment by Santosh Devkota on April 21, 2011 at 10:12am
Congratulation Saroj!
Comment by सरोज कार्की on April 21, 2011 at 8:27am
thanks i will give my 100% to fulfill your hope towards me
Comment by Aakar Anil on April 20, 2011 at 9:57pm
Congrats ! Hope to read you regularly.
:)
Comment by Mukunda Nepal on April 20, 2011 at 8:01pm
Congratulations!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service