Blogger of this week: Sarina Khanal

काठमाडौंको बौद्धकी सरिना खनाल अध्‍ययनको शिलशिलामा हाल बंगलादेशमा छन् । उनले नियमित रुपमा स्वास्थ्यसम्बन्धी ब्लगहरु लेख्ने गर्छिन् । एमबिबिएसको अध्ययन सकाएर डाक्टर बन्ने तरखरमा रहेकी उनले सोसल मिडियालाइ पनि स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनको लागि प्रयोग गर्न सकिने विश्वास राख्छिन् । लेख्न र पढ्न अत्यन्तै मन पराउने खनाल यस हप्ताको ब्लगर हुन सफल भएकी छन् । सदा झैं यसपटक पनि हामीले उनीसँग केही कुराकानी गरेका छौं:

तपाईं मेडिकल पेशा भएको व्यक्ति कसरी ब्लगिङमा आकर्षित हुनु भयो  ?

केहि बिद्वान व्यक्तिले भने झै ज्ञान बिस्तारै हासिल गरिन्छ । जब अरुले आफ्नो ज्ञानमा चुनौती दिन थाल्छन्, त्यति बेला ज्ञान अझ महत्वपुर्ण हुन्छ । मैले यही भनाइलाई अनुशरण गरेँ र यसरि नै लेख्ने बानीको बिकास भयो ।   

अलिकति आफ्नो ब्लगिङको इतिहास  बताइदिनुस  कहिलेदेखि ब्लगिङ सुरु गर्नु भयो ?

मैले तीन बर्ष अगाडी ब्लग खोल्दा ब्लगिङलाई लिएर धेरै सोच बनाएकी थिएँ । मैले यो बास्तबमै  मेडिकल माइण्ड हुनेछ भन्ने आशा गरेकी थिएँ । मेडिकल बिद्यार्थीका बिभिन्न सोच-बिचारहरुले भरिएको ब्लग जुन बिद्यार्थीको लागि राम्रो अन्तर्कृयात्मक ब्लग हुन्छ भन्ने बिचार गरेकी थिएँ । तर लेखको लागि  सम्पर्क गरेको व्यक्तीहरुले कुनै रेस्पोन्स गरेनन । बिगत दुइ– तीन महिनादेखि  म आफैले ब्लगिङ गरी रहेकी छु ।

सुरुमा ब्लगिङको अनुभव कस्तो भयो

एकदमै खुशीको अनुभव भयो किनभने मैले बिभिन्न व्यक्तीहरुबाट धेरै इमेलहरु पाएँ । उनीहरु धेरै रोगहरुको बारेमा जानकारी हासिल गर्न चाहन्थे । र म उनीहरुलाई मद्दत गर्न पाउँदा धेरै खुशी भएकी थिएँ ।

तपाईंलाई किन ब्लगिङ गर्न मन लाग्छ ?

किनभने सोसिअल मिडियाले स्वास्थ्यको बिषयमा धेरै प्रभाव पार्न सक्छ जस्तो मलाई लाग्छ । यदी सोसिअल मिडिया र स्वास्थ्यका बिषयहरुलाई सम्मिलित गर्न सकियो भने हामी प्रभावकारी नतिजा पाउन सक्छौँ । उदाहरणको लागि  NepalUnites  जस्तो सामाजिक संजालको समुहले राम्रो र उदाहरणीय काम गर्न सक्छ भने डक्टरको समुहले पनि सोसिअल मिडियाबाट स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने काम किन नगर्ने ?

आफ्नो ब्लगमा के कस्ता कुराहरू लेख्नु  रुचाउनुहुन्छ?

मलाई आफुले सके जति  आर्टिकल पब्लिस गर्न मन लाग्छ र बिशेष गरी महिला स्वास्थसम्बन्धी पोस्ट गर्न मन लाग्छ ।  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको ?

ब्लगिङ एकदमै महत्वपुर्ण टूल हो । म यसमा धेरै मेडिकल व्यक्तीहरुको उपस्थिती होस् भन्ने चाहन्छु किनभने अहिले नेपालमा बिरामीहरु वेवसाइटबाट सल्लाह र सुझाव लिने गर्दछन् । त्यसैले मलाई लाग्छ यदि डक्टरहरुले ब्लगिङ गर्न थाले भने ब्लगका बिषयहरु अझै उपयोगी हुनेछन् ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव भने बताइदिनुस  ?

मैले Should Doctors Marry Doctors ? भन्ने ब्लग पोस्ट गर्दा आफ्नो सहकर्मी डाक्टरहरुसँग अन्तर्वार्ता लिएकी थिएँ । त्यो नै मेरो रमाइलो अनुभव रहेको थियो ।  

तपाईंको  ब्लगको ट्राफिक कस्तो ब्लगमा कस्तो प्रतिकिया पाई रहनु भएको ?

मेरो ब्लगमा कहिलेकाही धेरै हिट्स हुने गर्दछ भने कहिलेकाही एउटा पनि हुँदैन । मेरो ब्लगमा धेरै ट्राफिक अमेरिका,  बङ्लादेशबाट आउने गर्दछ । नेपाल, इजरायल, इङ्ल्याण्ड, फ्रान्स र अरु धेरै देशबाट पनि ट्राफिक हुने गरेको छ ।   

नेपालमा  नागिरक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा  मेरो रिपोर्ट  सुरू भएको छ। मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा ?  

मेरो बिचारमा मेरोरिपोर्टले नागरिक पत्रकारिता प्रवर्धन र प्रोत्साहन गरेर महत्वपुर्ण काम गरेको छ ।

तपाईंलाई मेरो रिपोर्टमा किन ब्लगिङ गर्न मन लाग्छ ?  

मलाई मेरोरिपोर्टमा आफ्नो ब्लगहरु राख्न मन लाग्छ किनभने म मेरो सन्देश धेरै नेपालीहरु माझ पुर्‍याउन चाहन्छु र सक्छु ।   

अन्त्यमा मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ?  

मेरो बिचारमा मेरोरिपोर्टले नागरिक पत्रकारिता प्रवर्धन गरेर एकदमै राम्रो काम गरेको छ । म यसको सफलताको कामना गर्दछु ।     

तपाईंको ब्लगलिन्कhttp://bhisaj.wordpress.com/ 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Narendrashah on December 27, 2011 at 3:31pm

Congratulation Srina jee

Comment by MadhuSudhan Guragain on December 24, 2011 at 8:16pm

Sareena ji,

Very nice to read your interview on meroreport.net. Keep posting in meroreport and blogging. CONGRATULATION!!!

Comment by Kranti Darai on December 23, 2011 at 9:19pm

Congratulation Srina jee,  keep it up...

Comment by Binaya Shekhar on December 22, 2011 at 7:05pm

It's nice to read. Keep up the good work.

Comment by Prakash Lamichhane on December 22, 2011 at 11:32am

धेरै धेरै बधाइ छ सरिना जी ।

Comment by Ajeeta Sigdel on December 22, 2011 at 10:20am

Congratulations !!!!

Comment by Indra Dhoj Kshetri on December 22, 2011 at 10:07am

Congratulations Sarinaji. You deserved it. We are happy to recognize you as a promising blogger. Hope you will continue your vigor in writing.

Comment by MeroReport on December 21, 2011 at 5:11pm

Congratulation Sarina Ji. Hope to see some more interesting contribution from your side.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service