Blogger of this week: Santosh Devkota

Last week blogger

सन्तोष कुमार देवकोटा, हाल संचार क्षेत्रमा कृयाशिल गैह्रसरकारी संस्थामा कार्यरत युवा ब्लगरको नाम हो । लामो समयसम्म संचारमाध्यम र पत्रकारिता पेशामा आवद्ध भएका, पर्साको सदरमुकाम वीरगञ्जमा जन्मिएका सन्तोष आफ्ना ठूलोबुवा अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व उपसभापति इश्वरचन्द्र गौतमको प्रेरणाबाट जानी–नजानी संचारक्षेत्रमा होमिनुभएको हो । सुरुवाती दिनहरु कविता तथा लेखहरु मार्फत यस पेशामा लागेका सन्तोषलाई अहिले पनि स्कुले साथीहरु तथा त्यतिबेला देखि चिन्ने अग्रजहरुले चित्रकार र कविको रुपमा चिन्छन् कारण उनले धेरै जसो कविता प्रतियोगीतामा विजयी हुने र वीरगञ्जमा एकल चित्रकला प्रदर्शनी समेत गरिसकेका थिए । समयक्रम संगै उनले आफ्नो खुवीलाई यतिमा मात्रै सिमित नगरी विस्तारै डिमान्डेड पेपर डिजाइनरका रुपमा पनि फैलाए । लामो समय वीरगञ्जको दैनिक पत्रिका “अँकुश दैनिक”को ले–आउट डिजाइनिङ्गको काम गरेभने अन्य अखबारमा कार्टुनिष्ट र केहि समय सह–सम्पादक समेत भएर काम गरे । साथै समयक्रमसंगै वीरगञ्ज रिपोर्ट, वाइपास दैनिक, सार्थक साप्ताहिक जस्ता झण्डै ७ वटा पत्रिकाहरुमा समेत सहभागिता जनाए । पत्रिका हुँदै सन्तोष २०५९ सालतिर रेडियो वीरगञ्जमा समेत आवद्ध भए भने स्थानिय बेशो च्यानलमा भिडियो जक्किको रुपमा पनि देखा परे । सन्तोषको अर्को खुवी भनेको गैह्र–भोजपुरीभाषी भएपनि उनले रेडियोमा भोजपुरी कार्यक्रमलाई सफलतापुर्वक संञ्चालन गरेर कमाएको साख पनि हो । “भैया भोजपुरिया”, “मन के तार”, “जुगल जुगनी के नोकझोक”, कार्यक्रम “समपर्ण एक प्रेम कथा”, “होलि डे मस्ति” आदि उनका सफल कार्यक्रमहरु हुन । मेरोरिपोर्टमा निरन्तर रुपमा ब्लग लेखिरहने तथा छलफलहरुमा सहभागी हुने सन्तोष यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यससाता हामीले सन्तोष देवकोटासंग पनि ब्लगिङ्ग र पत्रकारिताका बारेमा कुराकानी गरेका छौँ ।

 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

“मेरो रिपोर्ट” अघि ब्लगसंग म त्यत्ति नजिक थिइन, केहि अनलाईन तथा ब्लगहरु हेर्थे तर लेख्ने भने गरेको थिइन । मेरो पहिलो ब्लगिङको माध्यम नै “मेरो रिपोर्ट” हो ।

के का लागि ब्लग लेख्नुहुन्छ ?     

हुन  त ब्लग म आप्mनै सन्तुष्टीकालागि लेख्छु । आफ्नै लागि लेखिएका कुरा, अरुका लागि सार्वजनिक नभएका श्रोत बन्न सक्छन् ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

ब्लगिङ्ग गर्दा मेरो रुची जहिले पनि बेथितीका विरुद्ध रिस पोख्नका निमित्त हुन्छ । जब राज्यले, सिस्टमले वा कुनै सामाजिक क्रियाकलापले ब्याकुल हुन्छु अनि ब्लग लेख्छु । मेरो रुचि फोटोग्राफ्री भएकोले यसकालागि पनि ब्गलिङ गर्छु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

नेपाली ब्लगमा सम्भावना धेरै छ, यसलाई व्यवसायीक कसरी गर्न सकिन्छ भन्ने मलाई लागेको कुरा हो । अर्को कुरा ब्लग समाजबाट आउने हो यसका लागि चाहिने कन्टेन्ट यहाँ अथाह छन् । नेपाली ब्गलमा खड्किएको कुरो भनेको खोजी तथा अध्ययनशील विषयको कमी हो । ब्लग पनि राजनीतिक गतिविधिबाट अछुतो छैन । मुलधारका पत्रपत्रिकामा जस्तै प्राथमिकताका साथ यस्ता गतिविधि ब्लगमा पनि आएको हेर्दा अलि मन खिन्न हुन्छ । मेरो बुझाइमा ब्लग भनेको सिर्जनशीलताका लागि खुला थलो हो, यसमा नितान्त शिर्जनशील, लेख, रचना, खोजमूलक सामग्री, अर्थपूर्ण तस्बिर, भिडियो जस्ता कुराहरु राख्नसके समाजलाई केही राम्रो बाटो देखाउन मद्दत गर्छ ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो अनुभव छ भने बताइ दिनुस न ?

ब्लगसंग भर्खर भर्खर खेल्दै–सिक्दैको समय हो मेरो । मेरो पोष्टमा साथीहरुले गर्ने हरेक कमेन्टमा म रमाउँछु । घटनाकै कुरा गर्नुहुन्छ भने त्यस्तो केही छैन ।

तपाईंले त मुलधारको पत्रकारिता पनि गर्नुभयो । नेपालमा पत्रकारिता पेसा कत्तिको सजिलो छ ?

वास्तवमा मुलधारको पत्रकारिता मोफसलमा बसेर गर्नु बडो जटिल छ, काठमाण्डौ घट्नाक्रम केन्द्रित पत्रकारिताको अभ्यास छ हामीकहाँ । कतिपय समय त स्थानीय सवाल काठमाण्डौको प्राथमिकताले ओझलमा समेत पर्ने गर्छन । सिमित श्रोत र पत्रकारिता बुझेका दक्ष जनशक्तिको कमि समेतले अप्ठेरो छ । नेपालमा पत्रकार स्वयँको ज्ञाता प्रबृत्तिको पत्रकारीताले मुलधारको पत्रकारीता हाँकीरहेको म बुझ्छु । नेपालमा जति पत्रकारिता त संसारको कुनै ठाउँमा नहोला, कुनै दक्षता बगैर पत्रकारीताको विल्ला भिड्नेको भिड यहीं छ ।

मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

मुलधारको पत्रकारिता पूर्ण व्यवसायिक छ । जुन कुनै संगठन वा व्यवसायिक केन्द्रको सिद्धान्त अनुरुप पूर्ण निर्देशीत छ । अर्कोतर्फ ब्लगिङ्ग मार्फत गरिने नागरिक पत्रकारिता अँझै व्यवसायिक हुन सकेको छैन तर खुसीको कुरा यो वास्तवमै स्वतन्त्र छ ।

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई किन मेरो रिपोर्टमा योगदान गर्न  मनलाग्छ ?

(हाँस्दै) आफ्नो पहिलो प्रेमी, पहिलो सन्तान, पहिलो जागिर पहिलो मित्र कसलाई प्यारो हुन्न र ?

 

तपाइको ब्लगलिँक : www.skdevkota.deviantart.com 

मेरोरिपोर्टमा सन्तोष कुमार देवकोटाको प्रोफाइल पेजः http://meroreport.net/profile/SantoshDevkota

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Santosh Devkota on July 18, 2011 at 5:34pm
Thanks Kranti
Comment by Kranti Darai on July 18, 2011 at 4:11pm
congratulations dai and keep it up.....
Comment by Santosh Devkota on July 17, 2011 at 1:42pm

Thanks SB Ji.

Comment by एसवी गौतम on July 15, 2011 at 6:26pm
Congratulation santosh sir !!!
Comment by Santosh Devkota on July 14, 2011 at 9:14pm
Thanks Binaya.
Comment by Santosh Devkota on July 14, 2011 at 9:14pm
Mahat ji Dhanyabaad.
Comment by Santosh Devkota on July 14, 2011 at 9:14pm

Thanks Anil Dai.

Comment by phani mahat on July 14, 2011 at 7:01pm

badhai 6 hae santosh sir .

 

Comment by MeroReport on July 14, 2011 at 5:13pm
Congratualtions santosh ji
Comment by Anil Ghimire on July 14, 2011 at 4:27pm
Badhai ho ji !
Comment by Equal Access on July 14, 2011 at 4:18pm

Congratulation!!

 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service