Blogger of this week: Sabin Gnawali

बलेटक्सार गुल्मीमा जन्मेका सबिन ज्ञवाली "प्रभात"हाल काठमाण्डौको लाजिम्पाटमा बस्छन् । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत उनी गोल्यान ग्रुपमा काम गर्नछन् । भ्रमण, साहित्य र सङ्गितमा रुची राख्ने ज्ञवालीको ब्लगमा विशेषत साहित्यिक लेखरचनाहरु पोष्ट गर्छन् । धेरैजसो समाचारमुलक ब्लगरहरुलाइ फिचर गरिने यो स्तम्भमा यसपटक साहित्यिक ब्लगरलाइ फिचर गरिएको छ । प्रस्तुत छ उनीसँगको छोटो कुराकानी

तपाईं कसरी ब्लगिङमा आकर्षित हुनु भयो ? 

खास गरी टुइटर चलाउने सन्जालका थुप्रै साथीहरुको ब्लग हेरिसकेपछि म ब्लगप्रति आकर्षित भएको हुँ। भावना, सृजना तथा अभिब्यक्तिहरुको लागि यो एउटा उपयुक्त माध्यम हो भन्ने लाग्छ मलाई ।

अलिकति आफ्नो ब्लगिङको इतिहास बताइदिनुस न ?  कहिलेदेखि  ब्लगिङ सुरु गर्नु भयो ? सुरुमा ब्लगिङको अनुभव कस्तो भयो ? 

शुरुशुरुमा त अनौठो अनुभव पक्कै हुने नै भयो, मुख्यत: मेरो ब्लग साहित्यिक छ। यस्तै ८-९ महिना जति मात्रै भयो मैले ब्लग चलाउन थालेको, चलाउदै गएपछि अहिले चाहि सजिलै लाग्दैछ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ? किन ?   

म सानैदेखि साहित्यमा झुकाब राख्ने भएकोले पनि साहित्यिक बिधाम ब्लगिङ गर्न मन पर्छ। आफ्नो मनका भावनाहरुलाई अरु समक्ष पुर्‍याउनको लागी ब्लग सजिलो र विकसित माध्यम भएकोले पनि ब्लगिङ गर्न मन पर्छ !

ब्लगिङमा कतिको समय दिनु हुन्छ ? 

यति नै समय भन्ने निस्चित त छैन, तर हप्ताम एक - २ चोटि अपडेट गर्ने गर्छु ।

आफ्नो ब्लगमा के कस्ता बिषयबस्तु समाबेश गर्नुहुन्छ ?

खास गरी गजल , कविता, निवन्ध जस्ता श्रीजना र केही फोटाहरु नै मेरो ब्लगका बिषयवस्तु हुन् ।

जहाँसम्म नेपाली ब्लगिङ क्षेत्रको कुरा छ , धेरैजसो हामीहरु शिकारु अवस्थाका ब्लगर छौँ ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ? 

कोही कोही अलि परिपक्व ब्लगरहरु पनि हुनुहुन्छ , ब्लगको डिजाइन, समावेस हुने बिषयवस्तु आदिहरुबारे हामीले सिक्दै छौँ। नेपाली ब्लगरमा प्रोफेसनालिज्म अलि कमै पाइएको जस्तो लाग्छ । ब्लगरहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ !!

तपाईंको ब्लगको ट्राफिक कस्तो छ र ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको छ ?

म ब्लगमा नयाँ भएकोले मेरा मेम्बरको सङ्ख्या अलि कम नै छ खास गरी टुइटर, गुगल+ ,फेसबुक आदी सोसियल साइटमा शेयर गरिएका ब्लगहरुका पाठक भने अलि बढी नै हुनुहुन्छ, सकारात्मक प्रतिक्रिया आइरहेको छ !!

तपाईसँग ब्लगिङ गर्दाको कुनै त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

ब्लगिङको रमाइलो घटना भन्नुपर्दा ब्लगबाटै मेरो एकजना डाक्टर साथीसङ्ग भेटघाट भएको छ !!

ब्लग भनेको आफ्नो धारणा र अभिव्यक्ती स्वतन्त्र व्यक्त गर्न ठाउँ हो। हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन,तपाइलाइ के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ?  

एकदम राम्रो प्रश्न गर्नु भो, मेरो बिचारमा यो एकदमै जरुरी छ। अश्लीलता, रचनाको चोरी आदी जस्ता अपराध न्युनीकरणको लागि पनि यो जरुरी हो। आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको हनन हुनु पनि त भएन नि, यो एकदम सराहनीय काम हो।

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ । नेपालमा  नागरिक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा मेरोरिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा छ ? 

नेपालमा  नागरिक पत्रकारिता प्रवर्धन गर्न मेरो रिपोर्टले जुन अग्रसरता देखाएको छ यो निकै सराहनीय काम छ, यस्लाई धन्यवाद दिनै पर्छ, आगामी दिनमा यसको पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु। साथै यसलाई आर्थिक एवं भौतिक रुपमा सबल र सक्षम बनाउने हाम्रो पनि कर्तब्य हो जस्तो लाग्छ।

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ? 

यस्लाई सुझाब दिनु पर्दा नियमित अपडेट होस् , र ब्याकरणीय शुद्धतामा पनि ध्यान पुगोस् अहिलेलाई सुझाब यत्ति नै !!

http://sabinpravat.blogspot.com/

https://twitter.com/#!/Sbn_Pravat 

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sabin Pravat on January 13, 2012 at 10:59am

Thanks So much Kranti Darai 


Comment by Kranti Darai on January 12, 2012 at 3:49pm

congratulations सबिन ज्ञवाली "प्रभात"

Comment by Sabin Pravat on January 11, 2012 at 4:51pm

Thanks so much !!!

Comment by Ajeeta Sigdel on January 11, 2012 at 3:37pm

Congratulations ! 

Comment by Indra Dhoj Kshetri on January 11, 2012 at 3:25pm

Congratulations Sabinji. Keep blogging and happy reading.

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service