Blogger Of This Week: Ramkumar Elan

Last Week Blogger

रामकुमार एलन हेटौंडा डेटलाइनमा रही विभिन्न सञ्चारमाध्यमका लागि काम गर्नुहुन्छ ।  । काठमाडौबाहिर रहेर पनि सक्रिय रूपमा ब्लग र अनलाइनमा उपस्थिति जनाइरहनुभएका रामकुमार यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । मेरोरिपोर्टमा समेत नियमित योगदान गर्नुहुने उहाँसँग सधैंका साताको ब्लगरसँग जस्तै ब्लगिङको सन्दर्भमा कुराकानी गरिएको छः

 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो?

हेटौँडामा सूचना सन्जालको विकास ढिलो भएको हो। यसर्थ मैले ब्लगमा लेख्न थालेको खास समय भएको छैन। तैपनि हेटौँडाबाट ब्लग लेख्नेहरुमा सुरुवाती ताकाकै हुँ। मैले सन् २००७ तिरबाट ब्लग लेख्न थालेको हुँ। 

 

 के का लागि ब्लग लेख्नुहुन्छ?

भावनाका आवेगहरुलाई सम्यक ढंगले उत्पादन गर्न चाहन्छु र आफन्ती ठानेका विद्युतीय सन्जालमा जोडिएकाहरुसँग भावना साट्न चाहन्छु। अक्षरबाटै केही योगदान दिउँ जस्तो लागेर लेखिरहेछु।

 

ब्लगमा कस्ता कुराहरू लेख्नुहुन्छ?

खासगरी म समाचारहरु ब्लगमा राख्छु। त्यस्तै आफ्ना रचनाहरु, अखबारमा आएका लेखहरु पनि अपडेट गर्छु। अरुका राम्रा रचना, लेख पनि आफ्नो ब्लगमा अपडेट गरेर पाठकको एक्सेसमा पुगोस् भन्ने चाहन्छु। 

 

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

अरुलाई गाली गर्न आफ्ना आवेगका वेगहरु कम नगरी हामी झ्वाम्म ब्लगमा हाम्फाल्छौँ र आफ्नो मुखको तीतो फ्याँक्छौँ। अनि जबर्जस्त अरुलाई आफ्नो भावना लाद्छौँ। अर्को कुरा नेपाली ब्लगहरु रहरमा खोलिएका र फुर्सद नभएकाहरुको पहुँचमा छ। त्यसैले समयमा अपडेट हुन सकेको छैन। इन्टरनेट एक्सेस र विजुली पनि सौता भएको छ ब्लगको। अरु त जति नागरिकले ब्लगमार्फत बोलेका छन् सरकारी सञ्चारमाध्यमले यसरी जनताका लागि बोलिदिए केही प्रगति हुन्थ्यो कि?

 

ब्लग लेख्दाको कुनै रमाइलो अनुभव?

सञ्चारकर्मी पनि भएका नाताले धेरै साथीहरु बनाएको छु। कमेन्टहरु आउँछन्। आफ्नो भावनामा बग्नेहरु देखेर खुशी पनि लाग्छ। खासमा त्यस्तो विशेष रमाइलो त छैन। जे होस्, कमेन्ट आउँदा नाक फुलेर टिप्न बिर्सेको घिरौँलाजत्रो चैँ हुन्छ J

 

मेरो रिपोर्टमा किन योगदान गर्नुहुन्छ?

नेपालका विभिन्न भागमा रहेका ब्लगरहरु र खासगरी पत्रकारहरुलाई मेरो रिपोर्टले समेटेको छ। अर्को यहाँ सबै मेरा भावना र मन मिलेकाहरुमात्र होइन, कामको स्पिड, स्प्रिट अनि उद्देश्य पनि प्रगतिशील भएकाहरुको जमात छ। म चीनमा छु, यहाँ फेसबुक सरकारले बन्द गरेको छ। जब म फ्रि हुन्छु, मेरो रिपोर्ट पढ्छु। र, मैले पनि केही भावना बाँड्नु पर्छ भन्ने लाग्छ। अनि भ्याएसम्म लेख्छु।

 

रामकुमारको ब्लगः http://rkrijal.blogspot.com

मेरोरिपोर्टमा रामकुमारको प्रोफाइल पेजः http://meroreport.net/profile/0b4l6m3d82t26

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by RAMKUMARELAN.COM on May 20, 2011 at 9:54am
Saroj Ji, thanks a lots,you also supporting me...
Comment by RAMKUMARELAN.COM on May 20, 2011 at 9:53am
Thanks SB Ji, this inspired by you too..
Comment by एसवी गौतम on May 20, 2011 at 7:54am
Congratulation Ram sir !
Comment by सरोज कार्की on May 20, 2011 at 7:42am

badhai cha ram g

Comment by RAMKUMARELAN.COM on May 19, 2011 at 3:58am
Thanks Binay Sir, Its starting period that i didn't write softly, thesedays, i m writing softly.  But you know public interest not addressing softly. They are pressuring with striking, althogh i m trying to be matured and trying write softly now, Let see, soft voice will demoralize in Nepali contest. Even, trying to maintain journalism ethics.
Comment by Binaya Shekhar on May 18, 2011 at 8:43pm
you are doing great. ma pahile pahile tapaile padda, sunda ali rukho man6e ho ki jasto lagyo, tapaibhitra ko softness bharkhar chidai6u. khusi lagyo padna pauda, mero report ko blogger of the week of dekhna pauda.
Comment by RAMKUMARELAN.COM on May 18, 2011 at 7:53pm
Thanks www.meroreport.net family
Comment by RAMKUMARELAN.COM on May 18, 2011 at 7:32pm
Thanks Rupen from beijing, Chaina.
Comment by RAMKUMARELAN.COM on May 18, 2011 at 7:31pm
Thanks Santosh from Beijing, Chaina..
Comment by RAMKUMARELAN.COM on May 18, 2011 at 7:31pm
Thank u sirjana from Beijing, China. Its my plzer to share u share u this happiness from Chaina..
Comment by srijana acharya on May 18, 2011 at 6:18pm
badhai cha sathi
Comment by Santosh Devkota on May 18, 2011 at 3:40pm
Ram ji badhai chha.
Comment by Rupen on May 18, 2011 at 3:36pm
Congratulation Ram Kumar Elan !!!!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service