Blogger of this week: Raman Paneru

धनगढी कैलालीमा स्थायी बसोबास भएका रमन पनेरु हाल लाजिम्पाटमा बस्छन् । उनि धनगढीको कैलाली दैनिक्  र अनुमोदन राष्ट्रिय दैनिकमा स्तम्भकार हुन। साथै उनी लाजिम्पाटको सनराइज बोर्डिङ स्कुलमा शिक्षकको रुपमा कार्यरत पनि छन । यसबाहेक उनले कैलालीमा दिनेश एफ एम 93.8 मेगाहर्जमा कार्यक्रम संचालकको रुपमा पनि काम गरिसकेका छन र कैलालीको थुप्रै राष्ट्रिय दैनिकमा स्तम्भकारको रुपमा काम गरिसकेका छन । पुस्तक पढ्न, लेखहरु लेख्न, इन्टर्नेट सर्फ गर्न र फिल्म हेर्न  मन पराउने रमन यस हप्ताको ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली पनि हामीले पनेरुसंग ब्लगिङ, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ :

तपाईं कसरी ब्लगिङमा आकर्षित हुनु भयो  ?

कम्प्युटरसँग धेरै अघिदेखि लगाव थियो । फेसबुक, हाइफाइ, अर्कुट लगायतका सामाजिक सञ्जालहरु प्रयोग गर्ने क्रममा थुप्रै साथीहरुसँग भेट हुन्थ्यो अनि उनीहरुबाटै र संचारमाध्यमबाट ब्लगको बारेमा जानकारी पाएँ । साहित्यमा पनि रुचि राख्ने र कलम चलाउने भएकोले गर्दा साथीहरुले ब्लगमार्फत आफ्नो लेखन अघि बढाउन सुझाब दिन्थे अनि एक वर्ष अघि ख्यालख्यालमा सुरु गरेको ब्लगिङ अहिले आफूलाई प्रस्तुत गर्ने माध्यम बन्न पुग्यो ।

अलिकति आफ्नो ब्लगिङको इतिहास  बताइदिनुस न ? कहिलेदेखि ब्लगिङ सुरु गर्नु भयो सुरुमा ब्लगिङको कस्तो अनुभव भयो ?

ब्लगिङ सुरु गरेको एक वर्ष भर्खरै मात्र पुरा भएको छ । ब्लगिङ सुरु गरेको ठ्याक्कै मितिको हेक्का नरहे पनि पहिलो पोष्टको २०१० नोभेम्बर भएकोले एक वर्ष भने पक्कै भयो । ब्लगिङ खासमा व्यक्तिगत वेवसाइट सरह हुने भएकोले सुरु गरेको थिएँ । पछि गएर आफूले कथा र गजलहरु लेख्ने भएकाले ती कथा र गजललाई अरु सामु पुर्‍याउने माध्यमका रुपमा ब्लगलाई प्रयोग गर्न थालेँ । ब्लगिङ सुरुमा त धेरै उत्साहजनक थियो । तर निरन्तरता हुन सकेन । फेसबुक लगायतका सामाजिक सञ्जालहरुलाई नै बढि समय दिइयो । पत्रिकामा लेखहरु नियमित लेख्ने भएकाले पनि होला ब्लग नियमित प्रयोग नगरेको ।

तपाईंलाई किन ब्लगिङ गर्न मन लाग्छ ? 

मेरो ब्लगिङ्गको उद्देश्य आफ्नो साहित्यिक लेखनलाई पाठक समक्ष पुर्‍याउनु हो ।सबै कुरा प्रकाशित गराउनु मेरो बस भन्दा बाहिरको थियो । स्थानीय पत्रपत्रिकामा प्रकाशित हुने भए पनि त्यसले व्यापकता पाउन सक्दैन थियो । विश्वभरि फैलाउन सक्ने एउटै उपाय भनेको ब्लगमात्रै थियो । त्यसैले पनि मलाई ब्लगिङ गर्न मन लाग्थ्यो । अहिले पनि त्यही कारणले ब्लगिङलाई निरन्तरता दिन मन लाग्छ ।

ब्लगिङमा कतिको समय दिनु हुन्छ ?

मेरो ब्लगिङको उद्देश्य आफ्ना साहित्यिक रचनाहरुलाई प्रकाशमा ल्याउनु हो र त्यस्ता साहित्यिक रचनाहरु नियमित नलेखिने भएकाले ब्लगिङ अन्य सामाजिक सञ्जालका साइटहरु जति प्रयोग गरिँदैन । फेरी फेसबुकमार्फत पनि ब्लगिङका उद्देश्यहरु परिपुर्ति गर्न सकिने भएकाले ब्लगिङ त्यति नियमित हुँदैन ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ  ?

नेपालमा सूचनाप्रविधिको व्यापक विस्तार नभइसकेको र ब्लग जस्तो कुरा सामान्य नेपालीका पहुँचभन्दा बाहिरको कुरा भएकोले यसको त्यति विकास नभइसकेको होला । आखिर इन्टरनेट सम्म पहुँच भएका नेपालीहरु कति नै पो होलान् र ? त्यसमाथि पनि बढि जसो नेपाली या अन्य इन्टरनेट प्रयोगकर्ताको प्रथम रुचिको विषय भनेको फेसबुक जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्नेभएकोले ब्लग क्षेत्र अलि ओझेलमा परेको जस्तो लाग्छ र पनि यसको भविष्यप्रति आशावादी हुन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त लेखक पौलो क्वेलो जस्ताले त ब्लगमार्फत आफ्ना विचार एवं पुस्तकहरुलाई पाठक समक्ष पुर्‍याउने गर्छन भने विस्तारै त्यो संस्कार यता पनि नभित्रिएला भन्न सकिन्न ।

तपाईंको ब्लगको ट्राफिक कस्तो छ र ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको छ ?

मैले दुइवटा ब्लग बनाएको थिएँ । जसमध्ये अहिले म एउटा ब्लगमात्रै प्रयोग गर्छु । ब्लग हेरिदिने आग्रह गर्दा हेर्छन् पनि । थोरैले प्रतिकृया दिने कष्ट गर्छन् । धेरैले फेसबुकमै प्रतिकृया दिन्छन् । हाल सम्म मेरो  ब्लग www.ramanpaneru.blogspot.com १,५७२ हेरिएको छ । यसमा कतिपटक मैले आफैले हेरेको संख्या पनि गनिएको होला ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

लेख्दा भन्दा पनि एकपटक मैले गुगलमा आफ्नो नाम खोजी गर्दा ब्लगको लिंक पनि तल देखियो त्यो देख्दा ब्लगमार्फत पनि पहिचान कायम गर्न मद्दत मिल्छ होला भन्ने सोच बनेको थियो र गुगलमा नाम खोज्दा नतिजा देखिएकोमा खुशी पनि भएको थिएँ । त्यसपछि त ब्लगिङ झनै तीब्र पार्न थालेँ ।

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन र ?

मूलधारको पत्रकारिता भन्नाले म स्थानीय पत्रपत्रिकाहरुमा लेखहरु दिने र कहिलेकाहिँ रिपोर्टिङ गर्ने गर्छु । हालका दिनमा आएर मुलधारका मिडिया र पत्रकारिताले केही रुपमा भएपनि नागरिकका सवालहरुलाई राम्रै ढङ्गले उठाइरहेको पाएको छु । पत्रकारिताका नीतिगत कुरा जे भएपनि व्यवहारमा ती कुराहरु पालना नहुँदा र पत्रकारहरुले नैतिक रुपमा भन्दा कुनै दलगत राजनीतिको प्रभावमा र कुनै एउटा विचार एवं वादको पछि लागेर पत्रकारिता गरेको देख्दा सत्य समाचारहरु पनि फरकफरक मिडियामा फरकफरक ढङ्गले बाहिर आउने गरेको तपाईं हामी सबैले देखेकै छौँ ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बीच के फरक पाउनुभएको छ ?

मुलधारको पत्रकारिताको पहुँच ब्लगमार्फत गरिने नागरिक पत्रकारिता भन्दा व्यापक छ । इन्टरनेटमा पहुँच नभएकाहरु पनि १० रुपैयाँ सम्ममा पत्रिका किनेर पढ्न सक्छन वा मागेरै भएपनि पढ्न सक्छन् ब्लगका सन्दर्भमा त्यसो सम्भव छैन ।

हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन,  तपाइलाइ केलाग्छ,ब्लगिङमा आचारसंहिताको जरुरी छ ?   

आचारसंहिता हुनु जरुरी छ । आचारसंहिता पालना हुनुले राम्रै नतिजा ल्याउला जस्तो मलाई लाग्छ ।

नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा मेरो रिपोर्ट सुरू भएको छ। मेरोरिपोर्टको बारेमा तपाईंको के धारणा छ ?

राम्रो प्रयास भएको छ, निरन्तरता र व्यापकता पाउनुपर्छ ।

तपाईंलाई मेरोरिपोर्टमा किन ब्लगिङ गर्न मन लाग्छ    

मेरो उद्देश्य मेरो लेखनलाई बढि भन्दा बढि पाठक समक्ष पुर्‍याउनु हो जुन मेरोरिपोर्ट मार्फत पुरा हुन्छ । त्यसका अलाबा ब्लगहरु फिचर हुने, साताको ब्लगर छानिने र ब्लगहरुलाई र्‍याङ्क गरिने आदि कुराहरु मलाई मनपर्छ ।

अन्त्यमा मेरोरिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ?

मेरोरिपोर्टका ब्लगहरुलाई मूलधारका मिडियामार्फत प्रकाशित गराउन सकियो भने त्यसले झनै व्यापकता पाउने थियो ।त्यसो गर्दा इन्टरनेटमा पहुँच नहुनेहरुले पनि ती कुराहरु पढ्न पाउँथे । त्यसका साथसाथै श्रष्टाहरुले पनि आफ्ना ब्लगहरुलाई पछि सम्मका लागि राख्न पाउँथे । जस्तो मलाई मेरो अन्तर्वार्ता पछिसम्मको लागि राख्ने मन हुन सक्छ । ब्लगमा त्यो सम्भव छैन तर पत्रिका भएको भए त्यो ठूलो कुरा हुने थिएन । साथै यो अवसर दिनुभएकोमा त्यसका लागि समेत धन्यवाद दिन चाहन्छु ।

ब्लगलिन्क : http://www.ramanpaneru.blogspot.com

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Raman Paneru on December 30, 2011 at 12:15pm

Thanks Kranti Darai

Comment by Raman Paneru on December 30, 2011 at 12:15pm

Thanks a lot for this wonderful opportunity. I am much obliged toward mero report team. Thank you once again!

Comment by Kranti Darai on December 30, 2011 at 10:37am

Congratulations ....

Comment by Ajeeta Sigdel on December 28, 2011 at 2:55pm

Congratulations !!!!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service