Blogger of this week: Purna Bahadur Khadka

अछाम निवासी पुर्ण बहादुर खड्का हाल रेडियो रामारोशन अछाममा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ अछामको सदस्य पनि हुनुहुन्छ । मुलधारको पत्रकारिता गर्दागर्दै मेरोरिपोर्टमार्फत ब्लगिङ्ग गर्न शुरु गरेका खड्का यो हप्ताको ब्लगर हुन सफल हुनुभएको छ । उहाँले मेरोरिपोर्टमा नियमित रुपमा अछाम बाजुरा र डडेल्धुराका समाचार पोष्ट गर्नुहुन्छ । प्रस्तुत छ उहाँसँगको कुराकानी

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

मैले रेडियो रामारोशन अछामबाट आउने कार्यक्रम नयाँ नेपाल सुनेँ र २०६८ असोज १३ गतेबाट ब्लग लेख्न सुरु गरेको हुँ । 

के का लागि ब्लग लेख्नुहुन्छ ?

ब्लगले समाजमा भएका सबै घट्ना देशभर जानकारी गराउन र आफु पनि परिचित हुन सहयोग पुर्याउने भएकोले म यसतर्फ आकर्षित भएको हुँ । 

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

ब्लगमा समाजमा हुने गतिबिधिहरुका समाचार लेख्न चाहन्छु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लगले गर्दा संसारमा रहेका नेपाली सबैलाई जानकारी गराएको छ । यो एकदमै राम्रो लाग्यो ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव भने बताइदिनुस ?

त्यस्तो रमाइलो अनुभव खासै छैन । 

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छनेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

मिडिया र पत्रकारिताले समाजका सबै सवाल उठाईरहेका छन । यो समाजका लागि निकै राम्रो कुरा हो । 
नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

टिक्न त्यति सजिलो छैन । निकै ठुलो चुनौती रहेका छन् । पत्रकारलाई ठुल्ठुला समस्या देखिएका छन ।  समाचार लेखेकै भरमा कतिपय पत्रकार मारिनु भएको छ । पत्रकारमाथि ठुलेठुला आक्रमणका घट्ना पनि भएका  छन् । 

मुलधारको पत्रकारिता र ब्लगमार्फत गरिने नागरिक पत्रकारिताबिच के फरक पाउनुभएको छ ?

मुलधारको पत्रकारिता बढी जसो राजनीतिक घट्नाक्रम देखिन्छन् भने ब्लगमा सामाजिक घट्नाक्रम पनि समेटिएका छन् ।
तपाइलाइ पनि थाहा होलायतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छनतपाइलाइ के लाग्छके यो जरूरी छ ?

यो जरुरी छ ।

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

मेरो रिर्पाट सञ्जाल एकदमै राम्रो छ । यसले पत्रकारलाई मात्रै नभएरु सबैलाई समाजका बारेमा जानकारी गराएको छ ।

खड्काका पोष्टहरु पढ्न र उहाँलाइ साथी बनाउन

http://meroreport.net/profile/PurnaBahadurKhadka

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on December 8, 2011 at 11:40am

Congratulations Purnaji. Your regular contribution to MeroReport has brought this platform here. Look forward to getting more contribution.

Comment by Ajeeta Sigdel on December 7, 2011 at 4:32pm

Congratulations !!

Comment by Rupen on December 7, 2011 at 3:20pm

Congratulation Purna Ji. Hope to see some more interesting contents from your domain.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service