Blogger of this week: Pramod Neupane

Last week blogger

हेटौंडा स्थायी ठेगाना भएपनि काठमाण्डौंलाइ कर्मथलो बनाएका प्रमोद न्यौपाने पेशाले इन्जिनियर हुन । तर प्रमोदको परिचय यतिमा मात्र सिमित छैन । हाल उनले ब्लग मार्फत नागरिक पत्रकारिताको अभ्यास पनि गरिरहेका छन । meroreport.net मा निरन्तर योगदान गरिरहने प्रमोद यस साता मेरोरिपोर्टको ब्लगर अफ द विक पनि बन्न सफल भएका छन । सँधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले प्रमोदसंग पनि ब्लग, नागिरक पत्रकारिता लगायतका सवालमा कुराकानी गरेका छौं |


ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

ब्लग लेख्न सं २००९ को अन्त्य तिरबाट सुरु गरेको हुँ | पहिले पहिले फेसबुकमा नोट बनाउँदै ट्याग गर्ने चलनलाई मैले पनि अपनाउथें | केहि कथा, कविता, गजल लेखेँ भने साथिभाइहरुलाई ट्याग गरेर दिक्कै बनाउन थालेँ भन्ने जानेपछि, सो काम बन्द गर्न ब्लग लेख्न सुरु गरेको हुँ | ब्लगिंङका लागि मेरा सुरुवाती गुरु Aakarpost "आकार "अनिल घिमिरे हुन |

के-का लागि ब्लग लेख्नुहुन्छ ?

समाजमा घट्ने बिकृति,विसंगतिलाई पोख्ने स्थान कतै पाउँदिन र ब्लगमा 'यस्ता बेथितिका कुरा नि के गर्नु र खै' भन्दै "भो-नकुरागरम" भनेर ब्लग लेख्छु | तर केहि परिस्थितिमा केहि राम्रा र संदेशमुलक जानकारीहरु पनि दिन पर्ने स्थितिमा भने सोहि कुराहरुको जानकारी दिन ब्लग लेख्छु | ब्लग लेख्दा सकेसम्म पाठकहरुलाई बाँधी राख्न रमाइला प्रसंगहरु पनि पस्किने प्रयास गर्छु |

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

फराकिलो बन्दै गएको सूचना र प्रविधिको परिधि भएको हाम्रो समाजमा हाल ब्लगिङ गर्ने लहड पनि व्यापक रुपमा बढेको छ, बास्तवमै यो सूचना, प्रविधि एवम् मनोरन्जनात्मक र वास्तविकता, हरेक प्रसंग पाठक समक्ष बाँड्ने उत्कृष्ठ तरिका हो | तर केहि नकारात्मक सोच भएका ब्लगरहरुले हुबहु अरुका ब्लग/फेसबुक आदिबाट रचनाहरु उतारी प्रकाशित गर्ने गरेको पाइन्छ, यो चाँही सार्है नकारात्मक पक्ष हो | हालै केहि अग्रज ब्लगरहरुको सक्रियतामा ब्लगिंग आचार संहिताको प्रकाशन गरि सबैलाई नियमबद्द बनाउने प्रयासको थालनी गर्नु भएको छ, यो साच्चै सकारात्मक कदम हो | आशा गरौँ, भोलिको ब्लगिंङ दुनिया परिष्कृत र नियमबद्द हुनेछ र ब्लगरले आफुले लेखेका ब्लगहरु प्रति जिम्मेवार हुन सक्नेछन |

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो अनुभव छ भने बताइदिनुस न ?

फाट्टफुट्ट समय मिलेको समयमा मात्रै ब्लग लेख्ने मेरो ब्लगको ब्लग भिजिट संधै थोरै नै हुन्थ्यो, तर पनि कहिले काहिँ पहिलो चोटी भेटिएका साथीहरुले तपाईको ब्लग पढेथें, सार्है चित्त बुझ्यो, राम्रो लेख्नु हुने रहेछ भन्दा सार्है खुशी लाग्छ |

भर्खरै मात्र नेपालका ब्लगरहरूको आचार संहिता जारी पनि भएको छ,  तपाईंलाइ के लाग्छ हामीकहाँ, ब्लगरहरूका निम्ति आचार संहिता जरूरी छ कि छैन ?

मैले भनेँ पनि, ब्लगरहरुका लागि ब्लगरहरुले नै तयार पारेका आचार संहिता सार्है नै आवश्यक दस्तावेज तयार भएको छ | नियम बनाइदिने निकाय नै ब्लगरहरुको समुह भएकाले आवश्यक हकहितको पक्षमा पनि सो आचारसंहिता महत्वपूर्ण दस्तावेज हुने निश्चित छ | धेरै साथीहरुले आफ्ना रचना चोरिएको गुनासाहरु गरिरहेका छन्, यस्तोमा निश्चित कानुन पनि बनाउन सो आचारसंहिता महत्वपूर्ण हुनेमा आशावादी छु | साथै सो आचारसंहितामा धेरै भन्दा धेरै ब्लगरहरुको सहभागिता र सुझावमा आधारभुत संहिता बाहेककामा बिस्तारै केहि फेरबदल हुँदै जानुपर्छ जस्तो लाग्छ |

के आचार संहिताले नेपालमा ब्लग्गिङ र ब्लग्गर्सलाई अझ विश्वसनिय तथा जिम्मेवार बनाउला त ?

अचार संहिताले पक्कै पनि नेपाली ब्लग्गर्सलाई जिम्मेवार बनाइ बिश्वश्नीय ब्लगिंङमा टेवा पुर्याउँछ जस्तो लाग्छ | बास्तवमा त्यहाँ भनिए बमोजिम, आफ्नो ब्लगप्रति आफु संवेदनशिल र जिम्मेवार हुनु अत्यावश्यक छ | आज एकथरी लेख्ने र भोलि परिमार्जन वा पुरै पोस्ट नै हटाउने प्रवृत्ति भएका ब्लगर्सलाई तेस्ता ब्लग पोस्ट नै नगर्ने वा यथार्थमा आधारित भएर ब्लग पोस्ट गर्नेमा अझ बढी जिम्मेवार बनाउँछ जस्तो लाग्छ |

अर्को कुरा, तपाइँले मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच केहि

फरक पाउनुभएको छ?

मूलधारको पत्रकारितामा ओझेलमा परेका पत्रकारहरु पनि खुलेर आफ्ना भावना ब्लग मार्फत ब्लगका पाठकहरु माझ पोखिएकामा अझै धेरै खुल्न सकेका छन्, साथमा उहाँहरुका रचनाहरुद्वारा पाठक समक्ष पुग्न अझै धेरै सहयोग पुगेको छ | व्यक्तिगत रुपमा पहिले मैले पत्रकार भनि नचिनेका उज्वल आचार्य, उमेश श्रेष्ठ, अमेरिकामा रही आफ्ना ब्लग मार्फत सशक्त आवाज पाठक समक्ष पोख्नमा सफल भूमिका घिमिरे लगायतका ब्लगरहरुले ब्लगिंङ दुनियामा ब्यापक फड्को मारेका उदाहरणहरु देख्दा खुशी लाग्छ | बास्तवमा मैले ब्लगिङलाई नागरिक पत्रकारिताको सूचीमै राख्ने गरेको छु | आफुले देखेका, भोगेका घटनाहरु समाजमा प्रस्तुत गर्न यसले उलेख्य भूमिका निर्वाह गरेको छ | यसैबिच मेरोरिपोर्ट मार्फत नागरिक पत्रकारिताले पनि ब्यापक महत्वपूर्ण स्थान हासिल गर्न सकेकोमा धेरै साथिहरुले सो का लागि गर्नु भएका योगदानहरु साच्चै सकारात्मक छन |

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई किन मेरो रिपोर्टमा योगदान गर्न मनलाग्छ ?

आफुले देखेका, भोगेका घटनाहरु नागरिक पत्रकारको रुपमा पाठकहरु समक्ष पुर्याउन मेरो रिपोर्टमा केहि ब्लग लेख्ने गरेको छु | तर मेरो रिपोर्टमा आफ्ना ब्लगहरु लेख्दा सत्य तथ्यमा आधारित रहेर पोस्ट गरि सम्पूर्ण पाठकहरुलाई सत्य खवर प्रवाहगर्नु हुन सम्पूर्ण आदरणीय मेरो रिपोर्टका नागरिक पत्रकारहरुमा आग्रह गर्दछु, साथै ब्लगहरुका पोस्टपनि उचित चयन र यथार्थताको सकेसम्म अध्ययन गरि प्रकाशित गर्ने व्यवस्था मिलाउनु हुन मेरो रिपोर्ट संचालकहरु प्रति आग्रह गर्दछु |

प्रमोद न्यौपानेको ब्लगलिङ्क : www.friendycalls.blogspot.com

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Friendycalls on August 10, 2011 at 9:19am

he he .... मैले जता नि friendycalls लेख्नेहुनाले यस्तो पर्न गएछ :) धन्यबाद सबै साथीहरुलाई :) 

Comment by Binaya Shekhar on August 8, 2011 at 6:01pm

Tapaiko asali nam balla tha bhayo! congratulation Pramod ji.

Comment by एसवी गौतम on August 7, 2011 at 8:13am

congratulation  sir !

Comment by Ravi Acharya on August 5, 2011 at 3:01pm
राम्रो छ .. अन्तरबार्ता को शैली पनि गज्जब ... ब्लगको त झन् .... भो-नकुरागरम ....
Comment by Ravi Acharya on August 5, 2011 at 3:01pm
राम्रो छ .. अन्तरबार्ता को शैली पनि गज्जब ... ब्लगको त झन् .... भो-नकुरागरम ....
Comment by Bhumika Ghimire on August 5, 2011 at 1:05am

congrats..ekdum khusi lagyo..all the best for coming days!

Comment by Friendycalls on August 4, 2011 at 9:18pm

सम्पूर्ण साथीहरुमा न्यानो साथ र माया एवम् हौसलाको लागि हार्दिक धन्यबाद | 

Comment by Pagal Basti on August 4, 2011 at 8:04pm

ब्रो लाइ बधाइ छ। हाम्रो तर्फ बाट

Comment by Mukunda Nepal on August 4, 2011 at 7:56pm

Congratulations bro :)

Comment by Aakar Anil on August 4, 2011 at 11:40am

Congrats bro!

Nice to know your views. :)

Comment by uma thapamagar on August 3, 2011 at 8:22pm

Badhai cha promod ji ...

Comment by Ajeeta Sigdel on August 3, 2011 at 11:31am

Congratulations Pramod ji

Comment by MeroReport on August 3, 2011 at 11:17am

Congratulation,Pramod Ji, Hope to see more interesting contents from your side. We  will definitely keep in mind about the issues suggested by you.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service