Blogger of this week: Meghraj Khadka

Last week blogger

रेडियोमा आउने कार्यक्रमका बिषयबस्तुहरु मन पराएर, त्यसबारेमा समुदाय तथा आफ्ना साथीहरुमाझ छलफल गर्ने थलोको रुपमा श्रोता क्लब मार्फत संचारका क्षेत्रमा प्रवेश गरेका रुकुमका पत्रकार मेगराज खड्कालाई, सुरुका दिनमा पत्रकारिता गर्दा अहिले जस्तो सक्रिय पत्रकार बन्छु जस्तो लागेको थिएन । आफ्नो पत्रकारिताको प्रेरणाको मुख्य श्रोत नै रेडियो श्रोता क्लबलाई नै मान्छन उनी । मेगराजले सुरुका दिनहरुमा शान्ति जागरण, साथीसंग मनकाकुरा जस्ता रेडियो कार्यक्रम सुनेर श्रोता क्लब मार्फत आफु आफ्ना समकक्षी साथीहरु र समुदायमा सुचनाको महत्वका बिषयमा छलफल गर्न थाले । यही क्रममा २०६३ सालदेखि रुकुम जिल्लाबाट राप्ती अञ्चलका बिभिन्न संचारमाध्यमहरुका लागि स्थानिय संवाददाताका रुपमा समेत काम गर्न थाले उनले । अखबारका रुपमा दाङ्गको जनउभार साप्ताहिक र रेडियोका रुपमा दाङ्गको देउखुरी एफएम र सुर्खेतको हिमाल एफएम, मेगराजलाई पत्रकारिताको पहिलो अनुभव दिलाउने संचारमाध्यमहरु हुन ।

मध्यपश्चिमका स्थानिय संचारमाध्यमहरुका अलावा हाल टिटिभी र कारोबार आर्थिक दैनिकसंग समेत आवद्ध मेगराजले रुकुममा नै आफ्नै सम्पादकत्वमा नयाँ यात्रा साप्ताहिक समेत प्रकाशित गर्नुका साथै मानव अधिकार र समाज परिवर्तनका क्षेत्रमा समेत कृयाशिल छन । ईन्टरनेटको सिमित उपलब्धताका बाबजुत पनि दुर्गम रुकुममा बसेर मेरो रिपोर्टमा निरन्तर योगदान गरिरहने मेगराज यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले मेगराजसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ ।

ब्लग लेख्न कहिलेदेखि सुरु गर्नुभयो ?

मैले ब्लग लेख्न थालेको धेरै भएको छैन । लगभग छ महिना जति भएहोला । रुकुमजस्तो दुर्गम जिल्लामा एउटा सानो ईमेल गर्ने त गाह्रो छ, ब्लग त अचम्मको कुरा हो । प्रबिधिले साथ नदिँदा चाहेर पनि समयमा ब्लग पोष्ट गर्न सकिरहेको छैन । तर छोटो समय भएपनि जति गर्न सकिएको छ त्यसलाई पनि ठुलै उपलब्धी ठानेको छु । शुरुमा आफ्नै ब्लग बनाएपनि त्यति जानकारी थिएन तर मेरोरिपोर्ट सुरुभएपछि ब्लगिङ्गको महत्व बुझ्न थालेको छु र मेरोरिपोर्ट संगसंगै आफ्नो ब्लगमा पनि देखेका कुराहरु लेख्ने र पोष्ट गर्नेकाम सुरु गर्न थालेको छु ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

सुरु–सुरुमा आफ्नै सन्तुष्टि तथा मनोरन्जनका लागि मात्र हो भन्ठानेर त्यस्तै बिषयबस्तुहरु मात्र लेख्ने गर्दथेँ र यसलाई नितान्त ब्यक्तिगत कुराहरु उल्लेख गर्ने माध्यम बनाएको थिएँ । तर पछिल्लो समयमा आएर यसबाट पनि केहि गर्न सकिन्छ भनेर केहि सामाजिक बिषयबस्तुलाई पनि उठाउने कोशिष गरेको छु ।

खासगरी ब्लगमा कस्ता कुराहरु लेख्नु रुचाउनुहुन्छ ?

मैले केहि जन–जीवनसंग जोडिएका घटनाक्रम तथा सामाजिक परिर्वतनका लागि सहयोग गर्ने खालका सामग्रीहरु ब्लगमा राख्ने वा लेख्ने गरेको छु  र आउँदा दिनहरुमा अझै त्यसलाई तिब्रता दिनेछु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लगको ईतिहाँसका बारेमा त मलाई त्यति जानकारी छैन । तर ब्लगको माध्यमबाट जे गर्नुपथ्र्यो र हुनुपथ्र्यो त्यो चाँही हुनसकेको मैले पाएको छैन । तरपनि केहि नभएको भने होईन । पछिल्लो समयमा मेरो रिपार्ट, मिडिया मञ्च लगायतका सामाजिक संजालहरुलाई मैले केहि सकारात्मक सुरुवातको रुपमा लिएको छु । ब्लग भनेको निकै प्रभावकारी माध्यम हो, यसले राम्रो काम गरे राम्रो तथा नराम्रो काम गरे नराम्रो परिणाम तुरुन्तै दिलाउँछ । हामीले अन्य आमसंचार तथा ठुला संचारमाध्यममा नआएका तर सामाजिक जनजीवन संग जोडिएका साना–ठुला, सबैखाले सामग्रीहरु यसमा राख्न सक्छौ भन्ने मलाई लाग्छ । जे होस, नेपालमा ब्लगको क्रमश विकास भने भईरहेको छ भन्नुपर्छ । भएका ब्लगहरुलाई सकारात्मक सन्देश दिने खालको रुपमा बिकशित गराईनुपर्छ । यति हुँदाहुँदै पनि ईन्टरनेट र यसको क्षमता महत्वपुर्ण कुरा हो, जसको अभावमा हामीहरुले चाहेर पनि बास्तविक समयमा ब्लग मार्फत बाहिर ल्याउनुपर्ने सवालहरुलाई ल्याउन सकेका छैनौ, देखेका वा लागेका सवालहरुलाई पोष्ट गर्न सकेका छैनौ । यो देख्दा चाँही दुःख पनि लाग्छ । 

तपाईसंग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो अनुभव छ भने बताईदिनुस न ?

रमाईलो अनुभव त ईन्टरनेटको क्षमता राम्रो भएको भए देखेका तस्विर, भिडियो ईत्यादी पोष्ट गर्न पाउँदा लाग्थ्यो होला, । तैपनि मेरो ब्लगको अनुभबको बारेमा कुरा गर्दा सामान्य ब्लग बनाउन समेत मलाई एक महिना लागेको थियो । यसको पछाडी जिल्लामा इन्टरनेटको राम्रो पहुँच नहुनु र जिल्लाका खासै ब्लगकर्मीहरु नभएकोले नै हो जस्तो मलाई लागेको छ । सुरुमा मेरो ईमेलमा कुनै साथीले पठाउनु भएको ब्लगलिङ्क आएको रहेछ, । अनी त्यो ब्लग हेरें र मलाई पनि त्यस्तै ब्लग बनाउने ईच्छा लाग्यो । तर ईच्छा भएर मात्रै भएन, आफुलाई त्यस्तो बनाउन नआउने, मनमा लागेका कुराहरु अन्त कहाँ लेख्ने त्यो पनि थाहा नभएको अनि जिल्लामा पनि ब्लगका बारेमा थाहा भएका साथीहरु नभएका, त्यसले सुरुमा त निकै कठिन भयो तर बिस्तारै आफैले बनाउन सुरु गरेँ । कुरा के भने, यो सिकेर गरिने काम हो र क्रमश सिक्दै छु पनि, र सोही अनुसार विकास पनि भैरहेको छ ।

तपाईंले त मुलधारको पत्रकारिता पनि गर्नुहुन्छ । नेपालमा पत्रकारिता पेसा कत्तिको सजिलो छ ?

मलाई लाग्छ की पत्रकारिता पेशा नेपालमा मात्र होईन कहीँ कतै पनि सोचेजस्तो सजिलो छैन । र यो सजिलो पेशा पनि होईन जस्तो मलाई लाग्छ । पत्रकार माथीका बिभिन्न समयमा हुने आक्रमण तथा स्वयं पत्रकारहरुको अपरिपक्वताले समेत बेलाबखतमा सबै पत्रकारहरुलाई झन अप्ठ्यारोमा पारेजस्तो जस्तो मैले महसुस गरेको छु । यसको एउटा कारण पछिल्लो समयमा पत्रकारितालाई फेसनको रुपमा लिई कुनै जानकारी बिना नै यो पेशामा होमिने प्रबृत्तिले पनि हो जस्तो लाग्छ ।

नेपालको पत्रकारितालाई हेर्दा यो पेसामा टिक्न कत्तिको सजिलो देख्नु भएको छ ?

हैन, टिक्ने नटिक्ने भन्ने कुरा त ब्यक्तिमा पनि भर पर्ने कुरा हो । तैपनि सजिलो भन्न पनि सकिने अबस्था छैन । हामी मोफसलमा रहेर रिपोटिङ्ग गर्दै आईरहेका पत्रकारहरुलाई त झन आफ्नो पेशा जोगाउन निकै चुनौती छ । सुरक्षा, प्रविधि अभाव जस्ता चुनौती त छदैँछन, कहिलेकाँही त रिपोर्टिङ्ग गर्दा लाग्ने विभिन्न खर्च समेत घरबाट ल्याएर तिनुपर्ने अवस्था छ । त्यसैले सुरक्षाको प्रतिभुति, ब्यवसायिक इमान्दारीता र प्रविधिको बिकास जस्ता कुराहरु सुनिश्चित भए यो पेशा राम्रै हुन्छ, भन्ने मलाई लाग्छ ।

एउटा पत्रकारको नाताले भन्नु पर्दा नेपाली पत्रकारहरुले अहिले कस्ता–कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

पत्रकारहरु सामु भएका चुनौतीहरुको कुरा गर्नुहुन्छ भने त धेरै नै छन । तर सुरक्षाको सवालको कुरा गर्नुभएको हो भने, एउटा पत्रकारले आज लेखेको समाचारका कारण भोलि उसको अवस्था के हुन्छ थाहा छैन । यो भन्दा अरु च्ुानौती त के हुन सक्छ र ? समाचार लेखेकै कारण पत्रकारमाथी हुने हत्या, कुटपिट, धम्की, अपहरण र दुब्र्यवहार नै यसका उदाहरण हुन ।

अब अर्को प्रसंग, मुलधारको पत्रकारिता र ब्लग लगायत मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

मैले बुझे अनुसार मुलधारको पत्रकारीता भनेको ब्यावसायिक तर बन्धनमा बाँधीएको पत्रकारिता हो । तर ब्लग मार्फत गरिने नागरिक पत्रकारीता जनजिविकासंग जोडिएका घटनाक्रम संगै सामाजिक रुपान्तरणका लागि गरिने पत्रकारिता हो । ब्लग पत्रकारिता, स्बतन्त्र पत्रकारिता हो । जसले मुलधारको पत्रकारिता भन्दा सामाजिक परिर्बतनका लागि निकै पहल गर्नसक्छ जस्तो मलाई लाग्छ ।

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई किन मेरो रिपोर्टमा योगदान गर्न मनलाग्छ ? 

नेपालमा नागरिक पत्रकारिता र ब्लगिङ्गलाई प्रर्वद्र्धन गर्नका लागि अहिलेसम्म संस्थागत रुपमा कसैले नगरेको कामको सुरुवात भएकोले र यो हामीजस्ता संचारकर्मीहरुका लागि समेत एकदमै उपयोगी भएकोले मैले यसमा ब्लग तथा अरु कुराहरु पोष्ट गर्नेगर्छु गर्छु । साथसाथै मेरो ःभचयचभउयचत र यसलाई संचालन गर्ने संस्थासंगको अपनत्वका कारण पनि हुनसक्छ यसमा निरन्तर लेखिरहन मनलग्छ ।

तपाइको ब्लगलिङ्क : 

http://www.sancharkarmimegraj.blog.com/

http://1mkonline.blogspot.com/

मेरोरिपोर्टमा सन्तोष कुमार देवकोटाको प्रोफाइल पेजः http://meroreport.net/profile/megrajkhadka

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by एसवी गौतम on July 24, 2011 at 9:23am

Congratulation meg ji ! Best of your Journalism !

Comment by Santosh Devkota on July 22, 2011 at 3:24pm

Meg ji lai dherai dherai badhai.

Comment by phani mahat on July 22, 2011 at 10:16am

meg raj g l badhai 6 , rukum ka news Rautahat ma baser herne aabsar dinu vako ma .

 

Comment by सरोज कार्की on July 21, 2011 at 11:22am

badhaai meghraj g

Comment by Bhumika Ghimire on July 20, 2011 at 6:18pm

congratulations meghraj ji.  have shared a short english version of your profile at nepal blogs

 

Comment by Prakash Lamichhane on July 20, 2011 at 12:07pm

Congratulations !!!!!

Comment by Ajeeta Sigdel on July 20, 2011 at 10:14am

congratulations Meghraj ji !

Comment by Rupen on July 20, 2011 at 10:02am

Congratulations! Megraj ji.. hope to see more interesting contents in near future.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service