MeroReport

Encouraging and supporting citizen journalism in Nepal

साताको ब्लगर: काकाबा (हरि न्यौपाने)

जीवनका तीन दर्जन वर्ष लगाएर हुर्काएको नाम पछाडि परेर एक्कासी नयाँ नाम पाउँदा के होला? पक्कै ठुलो दुविधा हुन्छ ।
नयाँ नाम प्रयोग गरुँ कि ? यत्रो वर्ष मेहनत गरेर बचाएको नामलाई के गर्ने ? या दुवै प्रयोग गर्ने ? गुल्मी, विश्वखर्क गाविस, वडा नं ६ मा जन्मे हुर्केका हरी न्यौपाने शायद यस्तै दुविधाबाट गुज्रिरहनुभएको छ । ४० वर्षको हाराहारी पुग्नुभएका उहाँले नयाँ भनिने सामाजिक मिडिया पनि प्रयोग गर्न थाल्नुभयो । फेसबुकसम्म ठीकै थियो । तर नयाँ पुस्ताका एक शुभचिन्तकको सल्लाहमा ट्वीटर प्रयोग गर्न थालेपछि उहाँ काकाबा बन्नुभयो । एक वर्षभन्दा कम समयमै ट्वीटरमा उहाँलाई अभिभावक मान्नेहरु थपिएका छन् । तीमध्ये केहीलाई उहाँको वास्तविक नाम थाहा छैन वा मतलब छैन, उहाँ काकाबा बन्नुभएको छ । मेरोरिपोर्टले ब्लगिङ क्षेत्रका एकजनालाई साताको ब्लगरको रुपमा फिचर गर्ने क्रममा यसपटक माइक्रो ब्लगिङ ट्वीटरका प्रभावशाली प्रयोगकर्ता हरि न्यौपाने अर्थात काकाबालाई प्रस्तुत गरेका छौँ । उहाँ श्रीमती र दुइ छोराहरुको साथ कालिमाटीमा बस्नुहुन्छ । एउटा गोधुली साँझमा सामाजिक मिडियाका साथीहरुसितको छलफलपछि भृकुटीमण्डपको खुला आकाशमुनि उहाँसँग बिनयशेखर र इन्द्रध्वज क्षेत्रीले छोटो कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ कुराकानीको मुख्य अंशः

ट्विटर कहिलेदेखि  चलाउन थाल्नु भयो ? 

सात आठ महिना भयो । म फेसबुकमा आकार पोस्टसँग साथी थिएँ । उमार्फत नै ट्विटरमा आएको हो । उसले मलाई न्यौपाने काका भन्थ्यो । ट्विटर एकाउन्ट मैले २००९ मा नै खोलेको थिएँ तर निस्कृय जस्तै थियो किनकि फेसबुक चलाईरहेको बानी भएर ट्विटरमा त्यति चाख लागेको थिएन । आकारले नै मलाई एक हप्ता जति  हाम्रो समुहमा बस्नुस् भन्यो । म पनि बसेँ । त्यति बेला सम्म टिएफसी नेपाल गठन भइसकेको थियो । मैले पनि अलिकती आर्थिक सहयोग गरेँ । मेरो काका ह्यान्डल नाम पनि आकारले नै सुझाव गरेको थियो । तर काका ब्राजिलको फुटबल खेलाडीको नाममा खोलेको रहेछ अनि काकाबा भनेर राखेँ ।

फेसबुकको युजरनेम  ?

हरी न्यौपाने । ट्विटर चलाउन थालेपछी चाहीँ कोष्ठकमा काकाबा राख्न थालेँ । ट्विटर चलाउने साथीहरुले पनि सर्च गरेर चिन्न सजिलो होस भनेर । 

तपाईंलाई ट्विट गर्न प्रेरित गर्ने विषय के के हुन ? 

धेरै जसो ट्विट छलफलकै रुपमा गरिन्छ ।  कुनै त्यस्तो विषय छ भने ट्विटरको टाइमलाईनमा नै छलफल गरौँ भनेर ट्विट गर्ने गर्छु । दैनिक जीवनमा प्रभाव पार्ने केहि विषयहरु, कहीँ जाँदा केहि देखियो भने पनि फोटो खिचेर ट्विट  गर्न पाए हुन्थ्यो भन्ने भित्रै देखि  आउँछ । ट्विटरमा एक किसिमको उत्सुकता छ,  मलाई अहिले ट्विटर चलाउन एकदमै रमाइलो लाग्छ । 

सोसल मिडियामा फेसबुक ट्विटर बाहेक अरु के के चलाउनुहुन्छ ?

अरु त चलाउँदिन । ब्लगहरु चाँही पढ्छु । 

तपाईंले सोसल मिडिया प्रयोग गर्दा यसको शक्ति कहिले महसुस गर्नु भयो ?

म भर्खर ट्विटरमा प्रवेश गर्दा कान्तिपुरको कोशेलीमा ट्विट छापिन्थ्यो, त्यतिबेला विवाद पनि भएको थियो । आशिष लुइटेलले न्युयोर्क टाइम्सको लेखलाई उल्था गरेर स्रोत नखुलाइ राखेको रहेछ भनेर साथीहरुले पत्ता लगाएपछि यस विषयमा हामीले पनि छलफल गरेका थियौँ । कान्तिपुरको सम्पादकले ट्वीटरबाटै मेन्सनै गरेर जवाफ दिनु भयो । यिनै घटनाहरुले पनि सोसल मिडिया शक्तिशाली रहेछ भन्ने लागेको थियो ।  यहाँ मात्र नभएर विदेशमा  हेर्ने हो भने पनि इजिप्टको आन्दोलनमा ट्विटर , फेसबुकको ठुलो भुमिका रहेको थियो । त्यसैले सोसल मिडिया शक्तिशाली छ ।

के सामाजिक कार्यमा सोसल मिडियाको प्रयोग गर्न सकिन्छ ?

अवश्य सकिन्छ । कुनै कुराको विरोधमात्र नभएर सोसल मिडियाबाट सामाजिक कार्य पनि गर्न सकिन्छ । जस्तै टिएफसी नेपाल, बुक फर भिलेज आदिजस्ता अभियानहरु चलेका छन् । ट्विटरबाट हल्ला र गफ मात्र हुँदैन, कुनै गम्भिर विषयमा छलफल पनि हुन्छ र सामाजिक कार्य पनि हुन्छ ।    

परम्परागत मिडिया र सोसल मिडियालाई तुलना गर्नुपर्‍यो भने तपाईं के देख्नु हुन्छ ?

धेरै फरक छ । सोसल मिडियालाई धेरै शक्तिशाली मान्छु म ।

तर इन्टरनेटको समस्या नि, गाउँ-गाउँसम्म पुग्न सकेको छैन ?  त्यसले पनि त सोसल मिडियाको प्रभावलाई सिमित गरेको छ नि?

त्यो समस्या छ । तर अहिले नेपाल टेलिकमले पनि इन्टर्नेट गाँउ-गाँउसम्म पुर्‍याउने प्रयास गरेको छ । अहिले गाँउको स-सानो बजारमा पनि इन्टर्नेटको सुबिधा भएको पाउन सकिन्छ । मेरो गाउँमा पनि शान्तिपुर भन्ने बजार छ त्यहाँ समेत वाईफाई इन्टर्नेटको सुबिधा छ । त्यो बजारमा गाउँका पाका मान्छे (बुढा-बुढी)हरु पनि साइबर  गएर साइबरवालाकै स्काइप  आइडीबाट विदेशमा कुरा गरेको पाइन्छ । र एनटिसीले भने अनुसार दुइ बर्षभित्र वाइ म्याक्स पुग्यो भने त सोसल मिडियाको प्रभाव अझ बिस्तार हुन्छ । मुलधारको मिडिया भन्दा पनि शक्तिशाली हुन्छ ।

सोसल मिडियाका प्रयोगकर्ताले ध्यान दिनु पर्ने कुराहरु के-के छन र यसका चुनौतीहरु के-के छन ?

चुनौतीहरु धेरै छन् । हामी आफै पनि अलि सचेत भएर ट्विट गर्नु जरुरी छ । भाषागत कुरामा, व्यक्तिगत रुपमा लाञ्छना लगाउने र अरु धेरै कुराहरुमा पनि सचेत हुन जरुरी छ । मान्छे किटेर आक्षेप लगाउने किसिमले ट्विट गर्नु हुँदैन र दुइ अर्थ लाग्ने ट्विट पनि कम गरौँ भन्ने मेरो व्यक्तिगत चाहना हो ।

 परिचय लुकाउने प्रवृत्ति पनि देखिन्छ नि ?

आइडेन्टिटी लुकाउने समस्या धेरै नै छ, अब हाम्रै फलोअर मध्ये कति  त नक्कली नै छन् । मेरो १३ सय फलोअरमा लगभग पाँच सय त फेक र स्पाम नै छन् । यो हामीले कन्ट्रोल गर्न सक्ने कुरा पनि भएन । त्यसको लागि  आफै जिम्मेवार हुनु जरुरी छ ।

यस्तो बिभिन्न समस्यालाई कसरी व्यवस्थित गर्न सकिन्छ

अब हामीले भन्न र छलफल मात्रै गर्न सकिन्छ । यस्ता समस्याको बारेमा छलफल गरेर यस्तो गरौँ वा नगरौँ मात्रै भन्न सकिन्छ । 

तपाईं कति  समय दिनु हुन्छ ट्विटरमा ?

म बिहान एक चोटी गर्छु, दिउँसो एकछिन गर्छु । पहिला त म चौबिस घन्टामा लगभग अठार घन्टा ट्विट गर्थेँ । सुरु-सुरुमा गफ हुन्थ्यो । पछि ट्विटरलाई अलि फरक रुपमा प्रयोग गरौँ भन्ने साथीहरुको पनि सल्लाह भयो र अलि कम भएको छ । ट्विटरमा हुन्छु,  टाइम लाईन हेरिरहेको हुन्छु, बिहान ,दिउँसो अनि बेलुका एकछिन चलाईरहेको हुन्छु ।

ट्विटरमा धेरै समय बिताएकोमा परिवारबाट कतिको गुनासो सुन्ने गर्नु भएको छ ?

आउँछ । अलि अलि गुनासोहरु आउने गर्छन् । आफुले नै मिलाउने गर्नु पर्छ ।    

ट्विटरको एउटा समुहमा सबैले अभिवाभकको रुपमा मान्छन तपाईंलाई । केहि दायित्व पनि छ जस्तो लाग्दैन ?

 त्यस्तो दायित्व त छैन । सबैसँग घुलमिल भइयो । हामी सबै उत्तिकै महत्वपुर्ण छौँ । र सबैको दायित्व उत्तिकै छ जस्तो लाग्छ ।  

अब एक छिन मेरोरिपोर्टको कुरा गरौँ । मेरोरिपोर्ट कस्तो लाग्छ तपाईंलाई ?

मलाई मेरोरिपोर्ट एकदम राम्रो लाग्छ । नागरिक पत्रकारिताको रुपमा जसले पनि सदस्य बनेर आफ्नो गाँउ-ठाउँबाट पनि समाचार र विचार पोष्ट गर्न मिल्छ । गाउँ-ठाउँ र कुना काप्चाको समाचार पनि आइरहेको हुन्छ जुन मुलधारको मिडियाहरुमा पाइदैन । यो एकदमै सकारात्मक लाग्छ मलाई ।

मेरोरिपोर्टको लागि  केहि सुझाव दिन चाहनुहुन्छ ?

गाउँ गाउँमा पनि यो पुग्न सक्यो भने अझ बढी प्रभावकारी हुन सक्छ भन्ने मलाई लाग्छ ।


उहाँलाई ट्वीटरमा फलो गर्नको लागिः @KakaBaa

यु ट्युब :

 

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Binaya Guragain on April 26, 2012 at 9:30pm

Congratulation Kaka. Your are truly Hero of Twitter, micro blogging. 

Comment by Umesh Sigdel on April 26, 2012 at 3:01pm

बधाई छ काका  ! 

Comment by Lenin Banjade on April 26, 2012 at 1:42am

हाम्रा बा त साह्रै नै जाति छन्, बच्चादेखि बुढा नि साथी छन् :)

Comment by Friendycalls on April 25, 2012 at 6:54pm

काकाबा लाई मुरीका मुरी बधाई :) 

Comment by binod bhattarai on April 25, 2012 at 6:31pm

बधाई काकालाई @kakaBaa

Comment by Kranti Darai on April 25, 2012 at 6:25pm

congratulations kakabaa ..

Comment by Suman Luitel on April 25, 2012 at 5:59pm

काकाबा लाई मेरो रिर्पाेटले यो स्थान दिएकोमा मलाई निकै खुसि लाग्यो । उहाँलाई साताको ब्लगरको रुपमा राखिएको रहेछ । मलाई थाहा भएसम्म काकाबाको ब्लग छैन । साताको ब्लगर भन्दा ब्लग चलाउनेहरु मध्येबाट छानिएको भन्ने अर्थ बुझे मैले चै । उहाँ सामाजिक संजालको हिरो हो । धेरैले उहाँलाई पछ्याउँछन । उहाँसँग ती संजालबाटै अन्तकि्रया गर्छन । त्यसैले यहाँ मेरो रिर्पाेटमा त्यहि अनुसार उहाँलाई प्रस्तुत गरिएको भए सुनमा सुगन्ध हुने थियो । तर जे होस राम्रो शुरुवात भा छ बधाई छ काका !

Comment by सरोज कार्की on April 25, 2012 at 4:39pm

काकाबालाई बधाइ ।

Comment by इन्द्रध्वज क्षेत्री on April 25, 2012 at 4:34pm

सच्याइएको 'उहाँ श्रीमती र दुइ छोराहरुको साथ कालिमाटीमा बस्नुहुन्छ ।'

Comment by Kabita on April 25, 2012 at 4:26pm

धेरै धेरै बधाई काकालाई @kakaBaa

Comment by ramesh khatri on April 25, 2012 at 4:02pm

Congratulations @kakabaa !!!

Comment by JawKnockRaazaa on April 25, 2012 at 4:02pm

Kaka congrats! KAKA kaa duiwatai chhora hoinan ra bhanya??? :))

Comment by Prakash Lamichhane 'बाबाजी' on April 25, 2012 at 3:57pm

ओहो काका । बधाइ छ है ।

Comment by Pagal Basti on April 25, 2012 at 3:48pm

बधाइ छ काकाबा @KakaBaa लाइ

Comment by Amuna Chapagain on April 25, 2012 at 3:40pm

Congratulations Kaka

Comment by इन्द्रध्वज क्षेत्री on April 25, 2012 at 3:38pm

ल काकालाई धेरैधेरै बधाई । ट्वीटरले काकाको छहारी पाइ नै रहनेछ भन्ने बिश्वास गर्दछौँ ।

Comment by Aakar Anil on April 25, 2012 at 3:37pm

Congratulations Kaka Baa. :)

Comment by Ajeeta Sigdel on April 25, 2012 at 3:29pm

Congratulations !! 

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service