Encouraging and supporting citizen journalism in Nepal
पेशाले डाक्टर भए पनि लेख्न रुचाउने जीवन छेत्री इन्स्टिच्युट अफ मेडिसिनमा स्नातककोत्तरको विद्यार्थी हुन । उनी पढ्न, घुम्न र भलिबल खेल्न रुचाउँछन । व्यस्त डाक्टरी पेशा र अध्ययनबाट समय बचाएर पनि उनी ब्लग लेख्दछन् । उनले मेरो रिपोर्टमा पनि नियमित रुपमा लेख्दै आएका छन् ।
ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?
सन २००८ देखी मैले ब्लग लेख्न थालेँ । जुलाई ३१ मा मैले मेरो पहिलो लेख ब्लगमा पोस्ट गरेँ ।
के का लागि ब्लग लेख्नुहुन्छ ?
म भित्रबाट लेख्न अभिप्रेरित भए पछी लेख्छु । मैले लेखेका शब्दहरुले मलाई खुशी र दुखको भावना व्यक्त गर्न मद्दत गर्दछ ।
खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?
म महत्वपुर्ण भएर पनि ध्यान नपुगेका बिष्यबस्तुहरुमा लेख्न रुचाउँछु ।
नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?
नेपालमा ब्लगिङ को भविष्य एकदमै राम्रो छ र इन्टर्नेटको पहुँचसँगै ब्लगिङ बड्दै जाने छ ।
तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?
ब्लग लेख्दाको रमाइलो अनुभवमा एक चोटी मेरो ब्लग को कथालाई पाकिस्तानबाट नचिनेको पाठकले प्रशंसा गरेको थियो ।
तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?
आचारसंहिता राम्रो कुरा हो तर लेखक आफैँले पनि उपयुक्त र सही कुराको मुल्यांकन गर्न सक्नु पर्छ ।
तपाइले निरन्तर रुपमा मेरोरिपोर्टमा लेखिरहनुभएको छ । तपाईंलाई किन मेरोरिपोर्टमा लेख्न मन लाग्छ ?
व्यक्तिगत ब्लगको तुलनामा मेरोरिपोर्ट एउटा महत्वपुर्ण प्लाट्फर्म हो जसमा धेरै सदस्यहरु छन ।
नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा मेरोरिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?
भविष्यमा मेरोरिपोर्ट पनि www.commondreams.org जस्तै ठुलो अन्लाईन साइट बनोस ।
जीवन छेत्रीको ब्लगलिँक :
www.jiwankshetri.blogspot.com,
www.jiwansixa.blogspot.com
www.fictionworldofjiwan.blogspot.com
Comment
Comment by Kranti Darai on November 11, 2011 at 3:17pm congratulations :)
Comment by Bishwa Raj Adhikari on November 11, 2011 at 5:26am Congratulations!
Comment by Jiwan Kshetry on November 10, 2011 at 4:38pm
Comment by Santosh Devkota on November 10, 2011 at 4:28pm Congratulation Jeevan ji.
Comment by Shaku Limbu on November 10, 2011 at 1:42pm
Comment by Ajeeta Sigdel on November 10, 2011 at 10:53am Congratulations Jiwan ji !!!
Comment by इन्द्रध्वज क्षेत्री on November 10, 2011 at 8:38am Congratulations Jiwanji. Look forward to see more of your writing in the future.
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport