Blogger of this week: Jhataro Kaila

चर्का र कहिलेकाही विवादास्पद अभिव्यक्ति समेत दिदै आउनु भएका झटारो काइँला यस  साताको ब्लगर हुनु हुन्छ । उहाँले केही समय अघि देखि झटारो काइँलाको नामबाट ब्लग गर्दै आउनु भएको छ । आफ्नो वास्तविक परिचय कतै उल्लेख गर्न नरुचाउने यी ब्लगरका पृष्ठभूमि र परिचय धेरै पाठकलाई जस्तै हामीलाई पनि थाहा छैन रु तर उहाँको ब्लगमा गएर इमेलमार्फत भने सम्पर्क गर्न सकिन्छ । यो साताको द्यलगरमा हामीले उहाँलाई नै प्रस्तुत गरेका छौं ।

१. काइला दाइ नाम किन लुकाउनु भएको रु तपाइको खास परीचय के हो ?

म झटारो काइँलाको नामबाट ब्लग गर्छु । वास्तविक परीचयको खोजीमा रहनु भएका पाठकहरुलाई यसले अझ निराश बनाउनेछ । मैले पहिले पनि भनेको छु ( नाम त रुपमात्र हो, त्यसले निभाएको लेखन धर्म वा धेयचाहिँ सार हो, म जे जसरी लेखिरहेको छु । झटारोको उद्देश्य यही हो, जुन झटारो भएर मात्र सम्भव छ । झटारो काइला हुनु नै उसको परीचय हो । त्यही परिचयबाट लेख्नु नै उ बाहिर आउनु हो । यो परीचय लेखक भै टोपल्न नभई झटारो हान्न मात्र बनाईएको हो । तपाईं मेरो अवस्थाको यसरी कल्पना गर्नोस, एक आम नेपाली युवक त्यो झटारो जस्ता शव्दहरु बोकेर बीच सडकमा उभिएको छ ।

२. ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

मनमा लागेका कुराहरु कहिले देखि इन्टरनेटमा राख्न थालेँ खासै यकिन छैन । वर्डप्रेस वा ब्लगरमा खाता खोल्ने र पोस्टहरु पढ्न मिल्ने बनाएर देखाउने सुविधाका बारेमा परिचित भएको चाहि लगभग ३ साल भयो होला ।  यसरी वेवमार्फत सम्प्रेषण गरिने अभिव्यक्तिलाई ब्लग भनिन्छ भन्ने पनि थाहा थिएन पहिले । तर सबै मिलाएर ब्लग तयार गरी झटारो ब्लगस्पट डट कममा लेख्न थालेको चाहि एक बर्ष पनि भएको छैन ।

३. केका लागि ब्लग लेख्नुहुन्छ ?

आफुले देखेका, भोगेका र समाजमा भएका विविध घटनाक्रमहरुलाइ पस्कन, सामाजिक राजनीतिक विकृति र विसंगतिमाथि व्यंग्य गर्न र सिधा अर्थमा भन्दा त्यस्ता कुतत्वहरु माथि झटारोको प्रहार गर्न नै यो ब्लग बनाएको हो ।

४. खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

व्लगमा मेरा निजी र वैयक्तिक धारणाहरु प्रायः सबै खाले सान्दर्भिक बिषयहरुमा अभिव्यक्त होस् भन्ने चाहन्छु । तैपनि विशेष रुचिका कुरा गर्दा म राजनीति, समाज, साहित्य र संस्कृतिका कुरालाइ ज्यादा प्राथमिकता दिन्छु ।

५. नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

नेपाली ब्लग क्षेत्रमा राम्रो प्रगति भैरहेको देखिरहेको छु । धेरै ब्लगरहरु मौलिक र गुणात्मक ब्लग लेखनका बिषयमा चर्चा गर्दै गर्नुहुन्छ, ब्लगर भेलाहरु पनि भएका छन । ब्लगहरु खोजी खोजी पढ्ने र ब्लगरहरुलाई महत्व दिने संस्कृतिको पनि विकास हुदैछ । तर भन्नै पर्दा कपि पेष्ट ब्लगरहरु पनि खुब उत्पादन भएको चाहि छ ।

६. तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झन लायक अनुभव छ भने बताइदिनुस न रु

सम्झन लायक धेरै कुरा छन । वास्तविक परीचय खुलस्त नबनाएको निहुँमा धेरैले अनेक थरी ईमेलहरु लेखे । केही ब्लग पोस्टहरुका कारण अनौठा धम्कीहरु पनि आए । रमाइलो चाहि के भयो भने कम्तिमा ३ वटा ईमेलहरु यस्ता आए, जसमा किटानका साथ् थाइल्याण्डमा बसेर साहित्य लेख्दै आएको मंगोलियन थरको युवकलाइ उद्धृत गर्दै तँ त्यही होस् भनिएको थियो । जो म विल्कुल थिईनँ ।

७. तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

यो काम त्यति सजिलो छैन । नेपालका मिडिया र पत्रकारिता क्षेत्र संवेदनशील र जिम्मेवार बन्ने क्रममा छ। पछिल्ला दिनहरुमा नागरिक सवाल, सरोकार र मुद्दाहरुलाई सम्बोधन गर्ने सकारात्मक कोशिसहरु नभएका हैनन्, छन् तर ती अझ अपर्याप्त छन् ।

८. नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता(कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

अन्य पेशा र व्यवसाय जस्तै पत्रकारिताका पनि आफ्नै गुण र दोषहरु छन । हो, पत्रकारिताको यात्रा हिड्न अरु भन्दा निकै संवेदनशील, चुनौतिपूर्ण र कठिन पनि छ । त्यति हुदाहुदै पनि हामी सकारात्मक र आशावादी हुन भने छाड्नु हुदैन । क्रमश यो क्षेत्रभित्रकै स्वार्थी र पित पत्रकारिताको अन्त्य, समाजको दृष्टिकोण परिवर्तन र समग्र पत्रकारिताको विकास अहिलेको आवश्यकता हो ।

९. मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बढी स्वतन्त्र हुन्छ । यसमा एकदम निजी विचार सम्प्रेषित हुन्छन ।मूलधारको पत्रकारिताले लेख्न नसकेका र नमिल्ने धेरै कुराहरु ब्लगमा अभिव्यक्त गर्न सकिन्छ । 

१०. तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

ब्लग स्वतन्त्र अभिव्यक्ति हो । यसमा यस्ता नियम र परिधिहरुको अंकुश लगाइरहन पर्ने या आचार संहिताको नै निर्माण गर्नु पर्ने अपरिहार्यता चाहि छ जस्तो लाग्दैन । मेरो ब्लगले त उपरोक्त नियमको ठाडो उल्लङ्घन गरेको छ । तर उहाँहरुको विचारलाइ पनि कदर गर्न सके अझ राम्रो हुन्छ ।

११. तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई थाहा छ रु नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा www.meroreport.net पनि सुरू भएको छ नि ?

भर्खर भर्खर थाहा पाउदैछु,  धेरै खुसि लाग्यो । तपाईहरुको कन्सेप्ट मन पर्यो । यो नेपाली सामाजिक संजाल मेरोरिपोर्ट डट नेटले वेव मिडिया र आमसंचारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने कामना गर्दछु । तपाईहरुको यो सह्राहनीय कार्यको म खुलेर प्रसंशा पनि गर्छु ।

१२. अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

झटारो काइलालाइ आफ्ना बारे र ब्लगका बारेमा दुइ चार शव्द राख्न र उसका ब्लगका नया पाठकहरु सामु पुग्न अझ मदत पुर्याउनु भएकोमा मेरो रिपोर्टलाई हार्दिक धन्यवाद । यो सिलसिला निरन्तर कायम रहोस ।

झटारो काइँलाको ब्लग: http://www.jhataro.blogspot.com/

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on November 7, 2011 at 11:43am

Jhatarolai badhai. Jhataro jari nai rahos bhanen subhakamana.

Comment by Kabita on November 5, 2011 at 4:35pm

Very interesting, congratulations Jhataro ji!

Comment by Kranti Darai on November 3, 2011 at 9:51pm

तपाइको सोचाई तथा बिचार अभिव्यक्त गर्ने तरिका साह्रै मन प¥यो, तर खास नाम के होला भन्ने कौतुहलता भने सधैँ रहने भयो । जुन लक्ष्यका साथ समाज परिवर्तनको लागि अघि बढ्नु भएको छ त्यसको लागि मेरो तर्फबाट धेरै धेरै शुभकामना...... र साताको व्लगर हुनुभएकोमा बधाइ पनि.......

Comment by Ajeeta Sigdel on November 3, 2011 at 9:58am

Congratulations Jhataro ji !! 

Comment by MeroReport on November 3, 2011 at 9:52am

Congratulations Jhataro ji!! Shaku ji, this is link to Jhataro's blog. : http://jhataro.blogspot.com/

 

Comment by Shaku Limbu on November 3, 2011 at 4:11am
Kripaya jharko namani kana bhani dinus hai, ani i want to read your blog as well please put a link.
Comment by Shaku Limbu on November 3, 2011 at 3:36am
Congrates to 'Jhataro Kaaila', ani naam parichaya nai chaina Mahila ho ki purus ho hami k bhanera sambodan garnu?
Comment by Binaya Shekhar on November 2, 2011 at 10:04pm

Very Interesting! Jhataro Kaila ji, congratulations.

सही अभिव्यक्ति तिखो हुन्छ । अरुलाई घोच्छ, त्यही भएर त्यो घोचाईको सामना गर्न नसक्नेहरु घोच्नेलाई नै निमोठ्न चाहान्छन् । धन्य, तपाई बिबिध चुनौतीका बाबजुद ब्लग लेख्दै आउनु भएको रहेछ । तर एउटा कौतुहलता भने सधै रहिरहनेछ, तपाई यदी मुलधारको पत्रकारितामा पनि हुनुहुन्छ भने त्यहाँ चाँही वास्तविक नाम जसलाई तपाईको जन्मकुण्डली र नागरिकतामा लेखिएको छ, त्यहीबाट गर्नुहुन्छ की अरु नै नाम छ त्यहाँ पनि ? नाम सार्वजनिक नगरी लेख्नु तपाईको डर त हैन? अथवा तपाईको लेखाई र भोगाईमा यदी बिरोधाभास हुने डरले त तपाई भुमिगत हुनु भएको हैन? नत्र भने अहिलेको जमानामा स्वतन्त्र अभिव्यक्तिका लागि लुकि हिड्नु नपर्ला की? मलाई लागेको कुरामात्र पस्केको हुँ, अन्यथा नलिनुहोला ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service