Blogger of this week: JawKnockRaazaa

नुवाकोट निवासी जनकराज भट्ट हाल बसुन्धारा काठमाडौं मा बस्छन । उनि रत्न राज्य क्याम्पसमा अङ्रेजीमा स्नातकोत्तर दोस्रो बर्षमा अध्ययनरत छन । साथसाथै समाजशास्त्र पहिलो बर्षमा अध्ययनरत छन । उनि राष्ट्रिय मानब अधिकार आयोगमा Assistant IT Administrator को पेशामा संलग्न छन । घुमफीर, ब्लगिङ, क्रिकेट र फोटोग्राफी उनको रुचीको बिषय हुन । राजनीतिक र सामाजिक बिषयबस्तुमा ब्लगिङ गर्न रुचाउने जनक यस साताको ब्लगर बन्न सफल भएका छन । 

ब्लगिङमा कसरी आकर्षित हुनु भयो ? कहिले देखि  ब्लगिङ सुरु गर्नु भयो ? 

ब्लग मेरा लागि डायरी जस्तै हो । म खासै सृजनशील मान्छे होइन, तर कहिलेकाही आफुलाई लागेका कुरा ब्लगमार्फत पोख्ने गर्छु । मेरा लागि ब्लग रिस शान्त पार्ने तथा खुसी बाँड्ने दुबै ठाउँ हो। ब्लगमा यी सबै कुरा भएर नै म ब्लगमा आकर्षित  भएँ । मैले २०१०को अन्त्यदेखी ब्लग लेख्न शुरु गरेको हुँ।

सुरुमा ब्लगिङको कस्तो अनुभव भयो ?   

सुरुमा मैले खासै जाँगर लगाइन,  तैपनि आदरणिय जानकारहरुले सधैं प्रेरित गरी राख्नु भएकोले अलिक लेख्ने भएको हुँ । नत्र म खासै लेख्न मनपराउने मान्छे चाँही होइन ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ? 

पहिले समसामयिक बिषयमा बिचारहरु लेख्थें, अहिले कथा लेखनतिर अलिक कोसिस गर्दैछु।

एकैछिन तपाईंको ब्लगको कुरा गरौँ । आफ्नो ब्लगको शीर्षकमा कायरताबिरुद्द र आवाजबिहीनका लागि लडौँ भन्नु भएको छ । आफ्नो ब्लगमा यो विषयलाई कसरी उठाउनुभएको छ ?

मैले ब्लग लेख्न शुरु गरेको पहिलो बिषय नै दन्डहीनता थियो, बेपत्ता परिवारको पीडा थियो र हरेक नेपालीले दैनिक रूपमा भोग्ने कानुनी थिचोमिचो थियो, जुन अहिले पनि जारी छ। मैले त्यसमा "कायरताको बिरुद्द र आवाजहीनहरुको पक्षमा लेखेको हो। मैले जानेको चेतना बाँड्ने प्रयास जारी रहनेछ ।

आफ्नो ब्लगमा के कस्ता बिषयबस्तु समाबेश गर्नुहुन्छ ? पछिल्लो पटक कुन बिषयमा के लेख लेख्नुभयो?

मैले आफ्नो ब्लगमा समयसापेक्ष राजनीतिक तथा सामाजिक बिषयबस्तुका साथै बर्तमान समयको प्रतिनिधि पात्र भएका कथाहरुलाई स्थान दिन्छु। कसैलाई उपदेश भन्दा पनि सत्य उजागर गर्ने मेरो प्रयास हुन्छ। मैले पछिल्लो पटक पहिले "जनयुद्द"मा लाग्दा संगै रहेको र अहिले शहरको हावाले टुक्रिएको एउटा परिवारको बारेमा लेखेको छु ।

के कुराले लेख्न अभिप्रेरित गर्‍यो ?

हामी देख्न सक्छौ परिवार टुक्रिदा श्रीमान, श्रीमती मात्र होइन बच्चाहरुमा समेत पर्ने प्रभाब। नेपालमा सम्बन्धका गाँठाहरु सारै खुकुला बन्दै गएका छन् र सम्बन्ध सम्झौता हुन थालेको छ। जुन कुराको सामाजिक रुपमा गहिरो अर्थ र मह्त्व छ।

तपाईंको ब्लगको ट्राफिक कस्तो छ र पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको छ ?

ब्लगको ट्राफिक पछील्ला दिनमा राम्रो छ। सबै मित्रहरु जसले मेरो ब्लग पढ्नुहुन्छ, मेरा अनावश्यक तर्क समेत जुन हिसाबले तारिफ गर्नुहुन्छ त्यसले त कहिलेकाहीँ हासो पनि लाग्छ, तर म सामान्य मान्छेको भोगाइ लेख्ने हुँदा धेरैलाई छुन्छ जस्तो लाग्छ। प्रतिकृया राम्रो छ।

ब्लगिङ गर्दाको कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

मेरो ब्लगको नाम Jaw Knock मानव अधिकार आयोगका माननीय सदस्य गौरी प्रधानलाई खुब मन परेछ, उहाँले त्यसको सधैं तारिफ गर्नुहुन्छ। र मलाई समेत त्यही नामले बोलाउनुहुन्छ। ब्लगका माध्यमबाट पनि दुई चार जनाले चिन्नु भएको छ, ठुलै कुरा हो मेरो लागि।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ? तपाईंको बिचारमा नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो छ ? 

ब्लग क्षेत्रको त्यस्तो बिघ्नज्ञाता त होइन म, तर मैले पढेका धेरै ब्लग मनपर्छ । जस्तो Mysansaar, Aakarpost, Dacharya लगायतका ब्लग मेरो प्राथमिकतामा पर्छन् र ती ब्लगहरु साह्रै उपयोगी समेत छन् । ब्लग क्षेत्रको भविष्य किन पनि राम्रो छ भने ब्लगरहरुले यसलाई धेरै उपयोगी बनाउँदै लगेका छन । मिहिनेत गरे नहुने कुरै छैन ।

हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ मर्यादित बनाउन आचारसंहिता बनाएका छन् । तपाइँलाइ के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ ? किन ?

मेरो बिचारमा स्वतन्त्रता, पारदर्शिता भन्ने कुराहरु जरुरी छन्, तर अरुको स्वतन्त्रताको पनि बिचार पुर्‍याउनु पर्छ । स्वतन्त्रता भन्ने कुराको हद नै छैन भन्ने कुरा म मान्दिन । स्वतन्त्रताको नाममा रिस उठेकोलाई जे पनि भन्नु गलत हो। वाध्यकारी त होइन  तर केही आधारभुत नियम चाहिन्छ ब्लगरहरुको लागि ।

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ ।मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा छ ? 

लामो कुरा नगरी भन्दा तपाईंहरुको प्रयास धरै सराहनीय छ । स्थानीय विषय र घटना (जुन राष्ट्रिय समाचार बनाइँदैन) लाई स्थान दिने, नयाँ ब्लगरहरुलाई प्रोत्साहन गर्ने, जुनसुकै बिधाका लेखकहरुलाई लेख्ने बानी बनाउने तपाईंहरुको प्रयास अत्यन्तै प्रशंसायोग्य छ ।

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ? 

अझै पहुँच बिस्तार गर्नुपर्छ भन्ने मेरो आग्रह छ। लेख्ने बानी नभएका तर कला भएका युबाहरुलाई लेख्ने बानी बसाउन केही उपाय गर्न सकिन्थ्यो कि ?

जनकको ब्लग: http://www.jawknockraazaa.blogspot.com/

http://meroreport.net/profile/JawKnockRaazaa

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.net मा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।


 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sabin Pravat on February 9, 2012 at 12:35pm

Bro ,, Congrats !!

Comment by Gayatri Bhatta on February 8, 2012 at 4:45pm

La bro congratulation... do more and more... wish u all the best :)

Comment by Braj dahal on February 8, 2012 at 4:36pm

ल बधाई छ । 

Comment by Aakar Anil on February 8, 2012 at 4:33pm

Congrats! Jaw Knock :)

Comment by Umesh Sigdel on February 8, 2012 at 4:33pm

Congratulations  मिस्टर जनक !! गर्ब छ हामीलाई  !

Comment by Amuna Chapagain on February 8, 2012 at 4:23pm

congratulations !!!!!!!!

Comment by JawKnockRaazaa on February 8, 2012 at 4:22pm

Thanks a lot! Overwhelmed! :))

Comment by Indra Dhoj Kshetri on February 8, 2012 at 4:18pm

Congratulations Jawknock. We feel proud to recognize you as blogger of the week in this column. Coincidentally, your blog and the story are being immensely popular in the social media. Keep going.

Comment by Ajeeta Sigdel on February 8, 2012 at 4:11pm

Congratulations !! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service