Blogger of this week : Gita Chaudhary

औरावनी, सुनसरीकि गीता चौधरी हाल तिनकुने काठमाडौंमा बसोबास गर्दै आइरहेकी छिन । नेपालको इतिहास, संस्कृति र पुरातत्वमा एम ए गरेकी गीता महिलाहरुको पक्षमा वकालत गर्न रुचाउँछिन् । उनी नर्बेको विदेश मन्त्रालयद्धारा प्रायोजित FK Exchange Program अन्तर्गत १० महिना जाम्बियाको लुसाकामा अवस्थित जाम्बियन महिला संचारीका संस्था (Zambia Media Women Association ZAMWA)मा काम गरेर हालै नेपाल फर्केकी छन् । मेरोरिपोर्टमा पनि ब्लगिङ गर्ने गीताले आफ्नो ब्लगमा महिलाका मुद्दा, यात्रा वर्णन, तथा थारु संस्कृतिबारे लेख्ने गर्छिन् । यस हप्ता मेरोरिपोर्ट साताको ब्लगर बन्न सफल गीतासितको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ :

आफ्नो ब्लगिङको इतिहास बताइदिनुस न ? तपाईं कसरी ब्लगिङमा आकर्षित हुनु भयो कहिलेदेखि ब्लगिङ सुरु गर्नु भयो ?

मेरो ब्लगिङको इतिहास लामो छैन । लेख लेख्न रुची भए तापनि लेख्न सकेकी थिइन । अफ्रिकाको एक वर्षको बसाईको अनुभवहरु साथीभाइबीच बाँड्नका लागि जुन २०११देखि ब्लगिङ सुरु गरेकी हुँ । अरुको ब्लग पढ्दा आफूलाई पनि लेख्न मन लाग्यो र लेखेर ब्लगमा राख्न थालेँ ।

सुरुमा ब्लगिङको अनुभव कस्तो भयो

ब्लगिङका बारेमा धेरै जानकार नभएका कारण सुरुसुरुमा गाह्रो भयो तर पछि एउटा लेख ब्लगमा राख्न सफल भएपछि निकै खुशी लागेको थियो ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ?

म सुचनामुलक र संस्कृतिबारे बढी लेख्छु ।

आफ्नो ब्लगमा के कस्ता बिषयबस्तु समाबेश गर्नुहुन्छ ?

धेरैजसो समाजिक बिषयबस्तुहरु समावेश छन् । 

एकैछिन तपाईंको ब्लगको लेखहरुको कुरा गरौँ । पछिल्लो पटक कुन बिषयमा के लेख लेख्नुभयो? के कुराले लेख्न अभिप्रेरित गर्यो

पछिल्लो पटक लैङ्गिक हिंसाका बारेमा लेखेकी थिएँ। अफ्रिका बसाईको क्रममा लैङ्गिक विभेद र महिलामाथि हुने हिंसाका बिषयबस्तुका बारेमा काम गरेकी थिएँ । त्यसैले लेख्नलाई अभिप्रेरित गर्यो । 

तपाईंको ब्लगको ट्राफिक कस्तो छ र ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको छ ? 

ब्लगमा ट्राफिक ठिकठीकै छ। मलाई लेख्नका लागि अभिप्रेरित गर्ने खालका प्रतिक्रिया पाइरहेकी छु।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ? नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो छ ?

ब्लगिङ गरेरै नाम र दाम कमाउन सकिन्छ भने यो क्षेत्र र यसको भविष्य नराम्रो होला भन्ने मलाई लाग्दैन । 

ब्लग भनेको आफ्नो धारणा र अभिव्यक्ती स्वतन्त्र व्यक्त गर्न ठाउँ हो । हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ र किन ?  

नियम कानुनको आधारमा चल्ने हरेक क्षेत्रको भविष्य राम्रो हुन्छ त्यसैले ब्लगिङमा पनि आचारसंहिता हुनुपर्छ भन्ने मलाई लागेको छ।

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ । नेपालमा  नागरिक पत्रकारिता प्रवर्धन गर्न सामाजिक संजालका रूपमा मेरोरिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा छ ?

यो संजालले नागरिक पत्रकारिता प्रवर्द्धनका लागि गरेका हरेक कार्यहरु सराहनीय छन्।

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाईंलाई किन मेरो रिपोर्टमा योगदान गर्न मन लाग्छ ?

मेरो रिपोर्टबाट केही सिक्नका लागि केही गरेकी हुँ ।

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ?

नागरिक पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर लागी रहनुस् भन्न चाहन्छु।


गीताको ब्लग: Proud to be a Tharu http://gitachaudhary.wordpress.com/


मेरो रिपोर्टमा उनका ब्लगपोष्ट पढ्न र उनलाइ साथी बनाउनको लागि यहाँ क्लिक गर्नुस् http://meroreport.net/profile/GitaChaudhary


नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by yadav humagain on January 24, 2012 at 6:05pm

congrats

Comment by Kranti Darai on January 20, 2012 at 8:57pm

Congratulations....

Comment by Indra Dhoj Kshetri on January 18, 2012 at 3:49pm

Your writing is wonderful and bring different experiences. I congratulate you and wish all the best for your writing career. Keep writing and contributing to MeroReport.

Comment by Ajeeta Sigdel on January 18, 2012 at 3:02pm

Congratulations !!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service