Blogger of this week : Dipak Aryal

 

हाल पेप्सिकोला टाउन प्लानिङमा बसोबास गर्ने दिपक अर्यालको पुरानो घर पाल्पा हो । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर दिपकले पत्रकारिता अध्यापन पनि गर्दछन् । उनको रुची फोटोग्राफि र ट्रेकिङ हो र नियमित रुपमा फ्लिकरमार्फत फोटोहरु पनि अपलोड गरिरहेका हुन्छन् । mysansar.com मा लेखेर ब्लगिङ शुरु गरेका दीपक नेपालका शुरुवाती ब्लगरहरु मध्येमा पर्दछन् । हाल मदन पुरस्कार पुस्तकालयमा अनुसन्धाताको रुपमा कार्यरत दिपक यस साताको ब्लगर बन्न सफल भएका छन् । 


सर्वप्रथम मेरिरिपोर्ट साताको ब्लगर बन्नु भएकोमा यहाँलाई बधाइ   साताको ब्लगर हुँदा यहाँलाई कस्तो अनुभव भइरहेको  ?

धन्यवाद मेरोरिपोर्ट टिमलाई । मलाई एकदमै रमाइलो र खुशी महशुस भइरहेको छ ।

तपाईंले कहिलेदेखि ब्लगिङ सुरु गर्नुभयो ? 

मैले ६२ / ६३ सालको आन्दोलनमा उमेश श्रेष्ठको ब्लग मेरो सन्सारमा नियमित रुपमा लेख्ने गर्थेँ । मैले मेरो सन्सारमा करिब डेढ सय जति  राजनैतिक विश्लेषणहरु लेखेँ । त्यही क्रममा एक दिन उमेशजीले नै ब्लगिङ गर्न सिकाउनु भयो । सुरुमा palpaonline.com डोमेन नेम लिएर चलाएको थिएँ । तर अहिले चाँही palpatansen.wordpress.com नै चलाई रहेको छु र यसमा ब्लगिङ गर्न थालेको पाँच बर्ष भइ सक्यो ।   

आफ्ना बिचार अभिव्यक्त गर्ने थुप्रै माध्यमहरु छन् । ब्लगिङ नै किन रोज्नु भयो ?

ब्लगिङमा मलाई रमाइलो लाग्ने दुइतीन वटा कुरा छन् । मेरो सन्सारमा मैले लेखेको कुनै कुनै लेखहरुमा दुइ सय तीन सय कमेन्ट आउँथ्यो । त्यस्तो अन्तर्कृया अरु आमसञ्चारमा अलि गार्हो  नै छ । आफुलाई मन लागेको कुरा लेख्न पाइने, इडिट नहुने, गेटकिपिङ नहुने जस्ता धेरै कुराले ब्लगिङ सजिलो भयो ।

के बिषयमा ब्लगिङ गर्न रुचाउनुहुन्छ

विशेष गरी मैले गहन विषयमा ब्लगिङ गर्छु । धेरै जस्तो सामाजिक विषयबस्तुमा ब्लगिङ गर्ने गर्छु । 

आफ्नो ब्लग तानसेन पाल्पामा तानसेन पाल्पाको मात्रै विषयबस्तु समावेश गर्नु हुन्छ कि अरु पनि गर्नु हुन्छ

तानसेन, पाल्पासँग सम्बन्धित जानकारी पाएसम्म राख्छु । यसको साथै अरु विषयवस्तु पनि समावेश गर्ने गर्दछु । मलाई राम्रो लागेको र मेरो आफ्नो बिचारसँग मिल्ने अरुको लेखहरु पनि पोस्ट गर्ने गर्दछु । जस्तो कहिलेकाँही सिके लाल, प्रशान्त झाका लेख र समाजलाई प्रभाव पार्ने अरुको लेख पनि पोस्ट गर्ने गर्दछु । र फोटोहरु पनि समावेश गर्दछु । 

आफ्नो ब्लगको बारेमा बिस्तृत रूपमा बताइदिनुसन  

मेरो ब्लगमा एतिहासिक डकुमेन्ट छन् । जस्तो बिपी कोईरालाको तत्कालिन लेखहरु, मैले र अरुले लेखेका शैक्षिक लेखहरु समावेश छन् । यसको साथै रिसर्च गरेर लेखिएको लामो आर्टिकल पनि समावेश गरेको छु । आफुले गरेका फोटोग्राफी पनि अपडेट गर्ने गरेको छु । त्यस बाहेक शैक्षिक म्यागजिन  र गार्जियन, आउटलुक जस्ता बाहिरका म्यागजिनका लिङ्कहरु पनि राखेको छु ।

पछील्लो पटक कुन बिषयमा के लेख्नुभयो र के कुराले लेख्न अभिप्रेरित गर्यो ? 

पछिल्लो पटक मैले लेखेको लेख यसकारण शिक्षकले पढ्नै पर्छ भनेर राखेको छु । म अहिले पढाउँछु पनि । विद्यार्थीले मात्रै पढ्ने होईन शिक्षकले पनि पढ्नु पर्छ भन्ने मेरो मान्यता हो । अहिले शिक्षकले यस कारणले पनि पढ्नु पर्छ कि बिद्यार्थीहरु न्यु मिडियाको कारणले धेरै सुचना प्राप्त गर्दछन । विद्यार्थीसँग धेरै सुचना हुन्छ, उनीहरुले प्रश्न गर्दा शिक्षक पछाडी परेको जस्तो हुन्छ । त्यसैले शिक्षकले पढ्नुपर्छ भनेर लेखेको हुँ । त्यो लेख मेरो अनुभवको आधारमा लेखेको हुँ । 

तपाईंलाई आफ्नो ब्लगमा के कुराले लेख्न अभिप्रेरित गर्छ

बाटोमा हिँड्दा, न्युज पढ्दा जे कुराले मलाई छुन्छ, त्यही बिषयमा लेख्ने गर्छु । 

तपाईंको ब्लगको ट्राफिक कस्तो   ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको  ? 

ट्राफिक  ठिकै छ । कहिलेकाँही अलि बढ्ने गर्दछ, अरु बेला प्राय दुइ तीन सय जति हुन्छ । प्रतिकियाको कुरा गर्दा मेरो ब्लग हेरेर केहीले आफ्नो रिसर्च पेपरको लागि बिपीबारेका सामग्रीहरु मागेका छन् र मैले पठाएको पनि छु । मेरो ब्लगमा कमेन्ट भन्दा पनि इमेल हरु आएर यो बिषयमा अरु आर्टिकल छ भने पठाइदिनुस भनेर आउँछ धेरै । कुनै बिशेष लेखलाई कमेन्ट नआउने पनि होइन ।

तपाईंलाई के लाग्छ ब्लगिङले समाजमा केही प्रभाव पार्न सक्छ  

प्रभाव त अवश्यै पार्छ । नयाँ टेक्नोलोजीले राम्रो वा नराम्रो प्रभाव दुबै पार्छ । यसलाई कसरी सुधार गर्दै लाने भन्ने हो । सकरात्मक प्रभाव पारेका धेरै उदाहरण पनि छन् ।

अहिले नेपालमा पनि ब्लगिङको ट्रेन्ड बढीरहेको छ ? यसलाई कसरी हेरिरहनु भएको छ 

बढ्नु त राम्रै हो । मटेरिअलहरु नियमित अपडेट हुने, स्वतन्त्रतापुर्वक आफ्नो बिचार राख्न पाउनु, लेखहरुमा कमेन्ट गर्न पाउनु प्रजातान्त्रिक हिसाबले राम्रो हो । ब्लगमा पनि स्वतन्त्रतापुर्वक आफ्नो बिचार, धारणा राख्न पाउने भएकोले ब्लग सबै भन्दा राम्रो माध्यम हो ।

तपाईंको बिचारमा नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो   

यो त व्यक्तिमा भर पर्ने कुरा भयो । मलाई जहिलेसम्म लेख्न मन लाग्छ त्यती बेला सम्म लेखिरहन्छु । सबैले आफ्नो कुरा मिडियामा लान सक्दैनन् । सबैले किताबमा लेख्न सक्दैनन् । त्यसैले सबै भन्दा राम्रो माध्यम त ब्लग नै भयो आफ्नो बिचार, धारणा व्यक्त गर्नको लागि । यसको भविष्य राम्रो छ जस्तो लाग्छ ।

ब्लग भनेको आफ्नो धारणा र अभिव्यक्त व्यक्त गर्न ठाउँ हो। हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन   तपाईंलाई के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ? 

 त्यसलाई दुई किसिमले हेर्न मिल्छ । एउटा आचारसंहिता लागु गर्दा व्यवस्थित हुन्छ, समाजलाई नकारात्मक प्रभावबाट रोक्न सकिन्छ । त्यसैले यो जरुरी छ भन्ने हो । तर अचारसंहिता बनाउने कसले? अचारसंहिता बनाउनेले आफ्नो हितको लागि बनाउने गर्दछन । त्यसैले जसले अचारसंहिता बनाए पनि कसको लागि बनाउने भनेर छलफल नै गर्नु पर्छ जस्तो लाग्छ । 

नागरिक पत्रकारितालाई प्रवर्धन गर्नको लागि  मेरोरिपोर्ट सुरु भएको छ । मेरोरिपोर्टको बारेमा तपाईंको के धारणा छ 

यस्तो प्ल्याटफर्म हुन जरुरी छ । मलाई लागेको कुराहरु व्यक्त गर्नको लागि  पत्रिका वा अरु ठाउँ जान सक्दिनँ । मेरो फेसबुक र ब्लग पनि त्यति  लोकप्रिय छैन । त्यो कुरा आम मानिसमा जानको लागि अलि चलेको वा धेरैले हेर्ने माध्यम भयो भने राम्रो हुन्छ । त्यसैले  मेरोरिपोर्टले  सकारात्मक प्रभाव नै पारेको छ । 

अन्त्यमा मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ?  

यसको सदस्यहरु बढ्दै जान पर्‍यो । बिस्तारै जोडिदै जादैँ पनि छन् । ब्लगर पनि जोडिँदै छन् यो राम्रो कुरा हो । काठमाडौंमा मात्र सिमित नभएर बाहिरको पनि समाचार आउने भयो भने अझ राम्रो हुन्थ्यो । 


दिपकको ब्लग लिन्कhttp://palpatansen.wordpress.com/


नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Akar
Kabita

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Deepak Aryal on March 16, 2012 at 9:50pm

Dear Sangeet Sangroula jee, Thanks for your wishes.

Comment by Sangeet Sangroula on March 16, 2012 at 9:22pm

Sir..Congrulation

Comment by Deepak Aryal on March 15, 2012 at 3:32pm

Thank You Ajeeta jee and Indra jee.

Comment by Ajeeta Sigdel on March 15, 2012 at 12:55pm

Congratulations Dipak ji. 

Comment by Indra Dhoj Kshetri on March 15, 2012 at 12:54pm

Congratulations Deepakji. You're one of the pioneering bloggers in Nepal and your writing as well as photography - both are very powerful. Keep rocking.

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service