Blogger of this week: Brabim Kumar

Last week blogger

ब्रबिम कुमार लेले, २, ललितपुरका स्थायी बासिन्दा हुन । संयुक्त राष्ट्र संघ आवासीय प्रतिनिधी कार्यालयको संयोजनमा उत्पादन गरिने रेडियो कार्यक्रम रेडियो चौतारीका उत्पादक ब्रबिम, बिगत ६ वर्ष देखी युवा अभियान र रेडियो कार्यक्रम उत्पादन कार्यमा संलग्न छन । नेपालका युवाहरुको साझा संस्था नेपाल युवा संस्था संजाल ९आयोन० का महासचिव समेत रहेका ब्रबिमले रेडियो कार्यक्रम उत्पादन र युवा अभियानमा संलग्न हुनुका अलावा निरन्तर रुपमा चर्चित राष्ट्रिय दैनिकहरुका लागि लेखहरु लेख्ने तथा ब्लग मार्फत आफ्ना निजी बिचारहरु अनलाईन मार्फत पोख्ने पनि गर्छन । मेरोरिपोर्टमा समेत निरन्तर योगदान गरिरहने ब्रबिम संधैका साताका ब्लगर जस्तै यसपालीको साताका ब्लगर हुन सफल भएका छन ।

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

विभिन्न सामाजिक, राजनीतिक र युवा सवालहरुमा टिका–टिप्पणी लेख्न थालेको त सानै देखी हो तर लेखेका त्यस्ता कुराहरु ब्लगमा राख्न थालेको सन् २००८ देखी हो ।

के का लागि ब्लग लेख्नुहुन्छ ?

मलाई अभिव्यक्तिले उर्जा दिन्छ । सन्तोष, आनन्द दिन्छ र जिम्मेवार पनि बनाउँछ । त्यसैका लागि लेख्छु ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

सुरुमा ब्लग लेख्दा आफ्नो मनमा लागेका सबै कुरा लेख्थें । जस्तो, विहान घरबाट अफिस आउँदा बाटोमा देखिएका कुराहरु, समाज र राजनीतिका कुरा तर पछिल्लो समयमा फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालहरुको व्यापकताले ब्लगमा आजभोली म मेरा टिप्पणी, लेख र कविताहरु पोष्ट गर्ने गर्छु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

म केही ब्लगहरुको नियमित दर्शक/पाठक हुँ । ब्लगमा आफ्ना अभिव्यक्तिहरु जसरी दिन पनि स्वतन्त्रता छ । त्यसैले अभिव्यक्तिका अन्य क्षेत्र जस्तै मैले हेरेका नेपाली ब्लगमा पनि अरुलाई गाली गर्ने, आरोप लगाउने जस्ता नकारात्मक कुराहरु धेरै भएको हो कि भन्ने भान हुन्छ तर यति भनिरहँदा केही ब्लगहरु समाचार र सुचनाको श्रोत बनिरहेका छन् र आफ्ना अनुभवहरु सृजनात्मक तरिकाले पोष्ट भईरहेका छन्, जुन सकारात्मक कुरा हो ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

करिब ३ वर्ष अघि बाँके जिल्लामा जादाँ त्याहाँ भएको लेमन ग्रास खेतीको बारेमा ब्लगमा छोटो केही लेखेको थिएँ । पछि कुनै समयमा रेडियो कार्यक्रम उत्पादन गर्न लेमन ग्रास खेतीको बारेमा अनुसन्धान गर्दा गुगलमा नेपालमा लेमन ग्रास खेती भनेर खोज्दा मेरो ब्लग पहिलो नम्बरमा देख्दा आश्र्चय लागेको थियो । यसैगरि एक वर्ष जति अघि मैले एउटा लेख लेखेर ब्लगमा पोष्ट गरेको थिएँ, सोही लेख एउटा युवा संस्थाले आफ्नो वेभसाईटमा पनि राखेको थियो । पछि एकजना व्यक्तिले मेरो सोही लेख डिट्टो कपि गरेर गोरखापत्रमा छाप्नुभएछ । तर त्याहाँ न मेरो नाम उल्लेख थियो न कुनै श्रोत नै खुलाईएको थियो ।

(http://truelines.wordpress.com/2010/08/20/%E0%A4%95%E0%A5%8B-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D-%E0%A4%AF%E0%A5%81%E0%A4%B5%E0%A4%BE/) and

http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=39884&cat_id=18

तपाईंले त ब्यवहार परिवर्तनमुखी संचारका निम्ति मिडिया, खासगरी रेडियो कार्यक्रम मार्फत मुलधारको पत्रकारिताको अभ्यास समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

मेरो लागी यो गह्रुगों प्रश्न भयो । यत्तिकै मनमा लागेको कुरा भनेर म हलुको हुन चाहन्न । यो बहस, छलफल र अनुसन्धानको विषय हो भन्ने मलाई लाग्छ । तर एक युवा भएर मैले नेपालको मिडिया र त्यसले उठाएका सवाललाई कसरी हेरिरहेको छु भन्ने कुरा यहाँ पढ्न सकिन्छ 

http://meroreport.net/profiles/blogs/6365517:BlogPost:20029

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नु भएको छ र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता/कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

म ६ वर्ष देखी टिकि नै रहेको छु । यद्यपी म मुलधारको पत्रकारिता भन्दा विकास संचारमा काम गर्छु । नेपालका आम श्रमिकहरुले भोगे जस्तै रोजिरोटी नेपाली युवा पत्रकारहरुको पहिलो सवाल हो जस्तो मलाई लाग्छ । मेरा केही मित्रहरु र संचारकर्मीहरु संचार पेसा छोडेर विदेश भासिएकाले मलाई यो भन्न सजिलो भएको हो । विशेष गरि पत्रकारिता एउटा संवेदनशिल पेशा भएकोले र अहिलेको संक्रमणकालिन राजनीतिक अवस्थामा वस्तुनिष्ठ पत्रकारिता गर्दा सुरक्षा लगायतका अन्य चुनौतिहरु अझै छन् । र यहि प्रश्नमा अन्तिम टिप्पणी वरिष्ठ पत्रकार भैरव रिसालकै शब्दमा भन्ने हो भने पत्रकारहरु खासै पढ्दैनन्, पढ्न भ्याउँदैनन्–के यो पत्रकार आफै र पत्रकारिता क्षेत्रकै लागी पनि चुनौती होइन र ?

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

जिम्मेवार र सचेत नागरिकले आफुले देखेका भोगेका विषयमा आफ्नै ढङ्गले लेखेर पोष्ट गर्न सक्छन् त्यो ब्लग मार्फत गरिने नागरिक पत्रकारिता भयो यसरी गरिने नागरिक पत्रकारिता मुलधारको पत्रकारिताका लागी सन्र्दभ सामाग्री, सुचना बनिदिन सक्छन् । यसैले सचेत, जिम्मेवार जो पनि नागरिक पत्रकार हुन सक्छ । अब, मुलधारका पत्रकारिता क्षेत्रमा लाग्न के गर्नुपर्छ र त्यसको उद्धेश्य के हो, मैले भन्न आवश्यक रहेन ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङलाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

जिवनका, समाजका हरेक क्षेत्रमा जस्तै आचार सहिंता ब्लगिङ्गमा पनि आवश्यक छ । तर यसमा मेरो यत्ति भन्नु छ आचारसंहिताले सृजनात्मकतामा लगाम भने लगाउनुहुदैन ।

तपाइले निरन्तर रुपमा मेरो रिपोर्टमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई किन मेरो रिपोर्टमा योगदान गर्न मनलाग्छ ?

लेख्न, सृजना गर्न रुचाउने अधिकांश मानिसहरु जस्तै म पनि मेरो सृजनाहरु धेरैले पढिदिउन भन्ने चाहान्छु । मेरो रिपोर्टमा राखेका सामाग्रीहरु मेरो पहुँचभन्दा बाहिरका मानिसहरुले हेर्लान्, पढ्लान् र प्रतिकृया देलान् भन्ने रहरले मेरो रिपोर्टमा लेख्छु । साथै स्वभाविक रुपमा मेरो रिपोर्टको पर्दा पछाडी कार्यरत अधिकांश मानिसहरुसंगको मित्रताको कारणले पनि होला, अनि मेरो रिपोर्टको माध्ययमबाट केही मित्रहरुले गर्नु खोज्नुभएको सत्प्रयासमा मेरो ऐक्यबद्धता जनाउनको लागी पनि लेख्छु सायद ।

ब्रबिम कुमारको ब्लगलिङ्क : http://truelines.wordpress.com

ब्रबिम कुमारको मेरो रिपोर्टमा पेज : http://meroreport.net/profile/BrabimKumar


Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on February 3, 2012 at 8:30am

Congratulations Brabimji. I am late, though. Look forward to more thought-provoking articles in the days ahead.

Comment by Mukunda Nepal on August 12, 2011 at 3:01pm

बधाइ छ ब्रबिम दाइ । 

Comment by Friendycalls on August 12, 2011 at 12:43pm

बधाई छ ब्रबिम जी, यहाँको कार्यहरुको प्रशंसक पनि भएकोले होला, अन्तर्वार्ता दोहोर्याएर पढें | सफलताहरु चुम्दै जानुहोस :) 

Comment by Anil Ghimire on August 11, 2011 at 12:27pm

Congratulations Brother !

 

Comment by Ajeeta Sigdel on August 11, 2011 at 11:23am

congratulations Brabim ji !!

Comment by Equal Access on August 11, 2011 at 10:48am

Congratulation Brabim ji!!!! hope to see more contribution in near future

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service