Blogger of this week: BishwaRajAdhikari

Last week blogger

विश्वराज अधिकारी श्रीपुर, बीरगंज -१४ का बासिन्दा हुँन्| | अहिले उनी  संयुक्त राज्य अमेरिकामा बसोबास गर्छन् | उनी नेपालमा हुँदा प्रध्यापन गर्थे साथै उनले प्रशासनिक क्षेत्रमा पनि काम गरेका छन् | उनको शिक्षा व्यापार विषयमा केन्द्रित छ। उनी  संचार क्षेत्र (अखबार)संग ३०/३५ वर्षदेखि आवद्ध रहेका छन् | ब्लगमा कथा, कविता, बिचार लेख्न मनपराउने   विश्वराज यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले विश्वराजसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ ।

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ? 

ब्लग  लेख्ने इच्छा भएता पनि लेख्न भने पाएको थिन। ब्लग लेख्न थालेको एक महिना पनि भएको छैन। तर म संचार क्षेत्र (अखबार) संग ३०/३५ वर्षदेखि आवद्ध छु।

के का लागि ब्लग लेख्नुहुन्छ ?

एक नागरिकको कर्तव्य निर्वाह गर्न तथा आफूलाई लागेका कुराहरु जन समक्ष राख्न।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्न रुचाउनुहुन्छ ?

म आर्थिक क्षेत्रमा लेख्न बढी रुचाउँछु। आज भोलि विश्व अर्थ व्यवस्थाको विश्लेषण  गर्नेतिर बढी केन्द्रित हुँदै छु। मेरो अति प्रिय क्षेत्र साहित्य हो। म ब्लगमा कथा, कविता, बिचार आदि लेख्न औधी मन पराउँछु।  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लग क्षेत्र र खास गरी इन्टरनेट-संचारले नेपालमा छोटो समयमा अभूतपूर्व किसिमले विकास गरेको छ। एक विकासशील राष्ट्रले यस किसिमको उपलब्धि हासिल गर्नु ठूलो कुरा हो।   

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

अहिले त्यस्तो कुनै उल्लेखनीय अनुभव छैन।   

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपाल छँदा र नेपाल बाहिर हुँदा नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको देख्दछु। सीमित स्रोत र साधन हुँदाहुँदै पनि नेपालको पत्रकारिता क्षेत्रले उल्लेखनीय कार्य गरेको छ। जनतालाई सूचित गर्नमा यसको ठूलो योगदान छ।  नेपाली मिडियाहरुले महत्वपूर्ण मुद्दाहरु उठाएका  छन् ।  

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

मैले देखेको मुख्य चुनौति भनेको सुरक्षा हो। नेपाली मिडियाले भयपूर्ण वातावरणमा काम गर्नु परेको छ। यसै गरि नेपाली मिडियाले कुनै पक्षसंग ज्यादै नजिक नभएर लेख्नु भन्दा पनि स्वतन्त्र भएर लेख्ने प्रयास गर्नु पर्दछ।  

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ?

मुलधारको पत्रकारिताको बजार ठूलो छ भने ब्लगको सानो। ब्लगद्वारा सूचना, जानकारी, बिचार धेरै  व्यक्तिहरु समक्ष छोटो समयमा पुर्याउन गार्हो हुन्छ।   

सात समुन्द्र पारी रही नेपाली पत्रकारितासँग आफ्ना विचार, कथा र अन्य विषयगत लेखन लाई कुन र कस्तो माध्यमबाट पाठक बीच ल्याउँदैहुनु हुन्छ अहिले ?

पुस्तक, पत्रपत्रिका, ब्लग आदिको माध्यमबाट साहित्यिक रचना एबं आर्थिक लेखहरु आदरणीय पाठकहरु समक्ष पुर्याउने मेरो प्रयास रहेको छ।

हामी तपाईंलाई सहर्ष जानकारी गराउन चाहन्छौ, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

राम्रो प्रयास हो। कुनै पनि क्षेत्रलाई व्यवस्थित बनाउन आचारसंहिताको आवश्यकता  पर्छ नै।

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छ, तपाइलाई थाहा छ ? नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा http://meroreport.net/ पनि सुरू भएको छ नि ?

यो धेरै राम्रो र महत्वपूर्ण कार्य हो। अहिलेको यो संचार युगमा जनता समक्ष समयमै उपयोगी जानकारी पुर्याउने यसले महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु। यो कार्यमा ‘मेरोरिपोर्ट’ सफल हुनेछ। 

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

अहिलेको युगमा नयाँ नयाँ वस्तुहरु, जसले मानव जीवन  सरल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छन्, जन समक्ष ल्याउन जति महत्वपूर्ण छ त्यतिकै महत्वपूर्ण तिनलाई कम लागतमा, सजिलैसंग उपलब्ध हुने किसिमबाट जनतासमक्ष पुर्याउनु महत्वपूर्ण छ। खास गरि नेपालको सन्दर्भमा, इन्टरनेटको माध्यमबाट सस्तोमा, सजिलैसंग वहुसंख्यक व्यक्तिहरु समक्ष जानकारी पुर्याउनु चुनौतिपूर्ण कार्य जस्तो देखिन्छ, मेरो बिचारमा। यो चुनौतिलाई इन्टरनेटबाट पत्रकारिता गर्ने व्यक्ति एवं निकायहरुले सफलतामा परिवर्तन गर्न सक्नु पर्छ।

तपाइको ब्लगलिँक : http://bishwarajadhikari.blogspot.com/ 

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Bishwa Raj Adhikari on August 26, 2011 at 9:37am

Thank you.

 

Comment by Santosh Devkota on August 24, 2011 at 3:12pm
Congratulation
Comment by Ajeeta Sigdel on August 24, 2011 at 3:05pm

Congratulation Biswa Raj ji

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service