Blogger of this week: Binita Dahal

Last week blogger

विनिता दाहाल, नागरिक दैनिकमा कानुन रिपोर्टिङ्ग गर्ने युवा पत्रकारको नाम हो । भक्तपुरको गोठाटारमा बस्दै आउनुभएका बिनिता ब्लगिङ्गका अलावा घुमफिर र पोटोग्राफीमा समेत रुची राख्नुहुन्छ । संधैको जस्तै मेरोरिपोर्टमा साताका ब्लगर खण्डमा यसपाली बिनिता दहाल ब्लगर अफ द विक हुन सफल हुनुभएको छ । प्रस्तुत छ, बिनितासंग ब्लग र नागरिक पत्रकारिता लगायतका सवालमा गरिएको कुराकानी ।

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

February, 2008 देखि सुरु गरेको हुँ ।

के का लागि ब्लग लेख्नुहुन्छ ?     

आफूलाई लेखिन मन लाग्दा ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

आफूले देखेका, भोगेका र भन्न चाहेका कुराहरु ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ?

यसको विकासक्रम र यसले ल्याएको परिवर्तनको सराहाना गर्छु । तर हामीले आफूलाई ब्लगका आचारसंहितामा प्रष्ट हुन नसके जस्तो लाग्छ ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

ब्लगमा ‘अनायासै डोरिएको आशा’ लेख्दा म आफू पोखिन चाहेको थिएँ । मैले जसरी लेख्न चाहेको थिएँ त्यसलाई त्यसैगरी लेख्न पाएँ । त्यो क्षण मलाई रमाइलो लागेको थियो ।

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ?

बढ्दो मिडियाले प्रायः सबै क्षेत्रका  भित्री विषयलाई उठाइरहेका छन् जस्तो लाग्छ । तर, त्यसमा हाम्रो परिपक्वता नपुगे जस्तो लाग्छ 

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ  र नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?

प्राय पत्रकारहरु व्यवसायिकताको लागि भन्दापनि रुचिका कारणले यो पेशामा लाग्ने हुनाले यसमा टिकिरहन गाह्रो छ । अर्को कुरा अपवादमा बाहेक मिडियामा पारिश्रमिक निकै कम हुनाले मिडियाभन्दा बाहेकका बिकल्प खोजिरहेका हुन्छन् सायद । समाचार लेखेका कारण धम्की आउने, आक्रमणमा पर्नु अहिलेका मुख्य चुनौती हुन् ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ? 

मुलधारमा काम गर्दा पत्रकारिताको आचारसंहितालाई धेरै बिचार गर्नुपर्ने हुन्छ । ब्लगमा आफूले देखेका विचारहरुलाई स्वस्फूर्त लेख्न पाइन्छ ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

कुनै पनि क्षेत्रमा आचारसंहितामा रहेर काम गर्नु राम्रो हो । यो आवश्यक पनि छ । तर आचारसंहिताको नाममा यदि मान्छेले आफ्ना विचार राख्न डराउँछ भने त्यसमा ब्लगको मज्जा बाँकी रहँदैन ।

नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा http://meroreport.net/ पनि सुरू भएको छ, अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

यसले ब्लगमा अनुशासन ल्याओस् । बढी व्यवसायिक र व्यवस्थित बनाओस् मेरो शुभकामना ।

तपाइको ब्लगलिँक : www.pramb.wordpress.com

 

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by phani mahat on August 24, 2011 at 6:44am

badhai 6 , binita g

Comment by MadhuSudhan Guragain on August 20, 2011 at 8:15am

Congratulation Binita!

Comment by Binaya Shekhar on August 18, 2011 at 2:19pm

seems like interesting and straight forward answers. Congratulation for being blogger of the week, looking forward to your contribution to meroreport and mediamanch as well.

Comment by Ajeeta Sigdel on August 18, 2011 at 10:22am
Congratulations Binita ji
Comment by Equal Access on August 17, 2011 at 4:40pm

Congratulation Binita Ji! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service