Blogger of this week : Bhoomika Tuladhar

सानै देखी लेख्न साह्रै रुचाउने बानीले गर्दा ब्लगिङ गर्न थालेकी भुमिका तुलाधर ब्लगमा  आफ्नो मनमा लागेको कुरा लेख्ने गर्छिन ।  उनको विचारमा ब्लग आफ्नो बिचार राख्ने सशक्त माध्यम हो । उनले समाजका कुरिती, कुप्रथा एवम आफुलाई असन्तुष्ट लागेका बिचारहरु ब्लगमार्फत पोख्ने गरेकी छिन । सरस्वतीनगर, चाबहिल, काठमाडौंमा बस्दै आएकी भुमिकाले त्रिभुवन विश्वविध्यालयबाट ईलेक्ट्रोनिक इन्जिनियरिङ्गमा स्नातक र काठमाडौं विश्वविध्यालयबाट प्रोजेक्ट म्यानेज्मेन्टमा एमबिए गरेकी छिन । हाल उनी डेनिश ट्रेड युनियन काउन्सिल अफ डेभलपमेन्ट कोअपरेशन साउथ एसियन सब रिजनल अफिस अनामनगरमा प्रोग्राम अफिसरको रुपमा कार्यरत छिन । अध्ययन र पेशाबाहेक संगीतमा  उनी विशेष रुची राख्छिन र उनलाई घुम्न मन पर्छ । आफ्नो अभिव्यक्ती पोख्न ब्लगिङ गर्ने भुमिकालाई यस पटक साताको ब्लगरको रुपमा प्रस्तुत गरेका छौँ । हामीले उनीसँग ब्लग र सोसिअल मिडियाको बारेमा केहि कुराकानी गरेका छौँ :   

ब्लग   ब्लगिङ सम्बन्धित केहि कुरा गरौँ । कहिलेदेखि ब्लगिङ गर्न थाल्नु भयो ?            

ब्लगिङ गर्न थालेको त फेब्रुअरी २०११ देखि मात्र हो, तर यस क्षेत्रमा रुची भने धेरै अगाडीदेखि  नै थियो । ब्लगस्पटमा गर्न थालेको चाहिँ  लगभग १ बर्ष भैसकेछ ।  

कसरी ब्लगिङतिर आकर्षित हुनुभयो

सानैदेखि लेख्ने बानी थियो, लेख्न कोर्न मन लाग्थ्यो । त्यही लेख्ने बानी नछुटोस् भनेर गम्भीर भएर ब्लगिङ गर्न थालेकी हुँ । ब्लग आफ्नो बिचार राख्ने ससक्त माध्यम हो भन्ने मलाई लाग्छ । समाजका कुरिती, कुप्रथा एवम् आफुलाई असन्तुष्ट लागेका बिचारहरु पोख्ने माध्यमको रूपमा मैले ब्लगिङलाई लिएकी छु ।

तपाईंको ब्लगको बारेमा केहि बताइदिनुस  

मेरो ब्लगमा समसामयिक विषयहरु देखि  लिएर मेरो आफ्नै व्यक्तिगत कुराहरु पनि आदानप्रदान गर्ने गरेकी छु । तर विशेषगरी कुनै एउटा ठोस विषयसम्बन्धी नै रहेर मैले ब्लगिङ गरेकी होईन । मन मष्तिकमा खेल्ने साधारण कुरा, कौतुहलतादेखि लिएर देशमा भइरहेको जटिल राजनैतिक अवस्थाको बारेमा मेरो ब्लगमा पढ्न पाइन्छ । स्पष्ट रूपमा भन्नु पर्दा  आमजीवनमा देख्न पाइने विडम्बना  र ब्यङ्यका उदाहरणहरुलाई आफ्नो ब्लगमा उतार्ने कोशीस गर्छु ।   .

तपाईंलाई किन ब्लगिङ गर्न मन लाग्छ                  

अघि भने जस्तै  ब्लगिङ गर्नु भनेको लेख्ने बानी नछुटाउनका लागि  सुरु गरेको मेरो लेखन अभ्यास हो । तर कहिलेकाहिँ आफु वरिपरि भएका कतिपय कुराहरु चित्त नबुझ्दा पनि ब्लगको नै सहायता लिन्छु । कसैको ब्लग तपाईं पढ्नु हुन्छ भने उसको ब्यक्तित्वको बारेमा बुझ्न सक्नु हुन्छ । अझै स्पष्ट रुपमा भन्नु पर्दा, लेखाइले मानिसको ब्यक्तित्व दर्साउँछ जस्तो लाग्छ मलाई । सायद ब्लगरको ब्यक्तित्वको एउटा हिस्सा नै उसको ब्लग हो कि जस्तो लाग्छ मलाई । 

ब्लगिङमा कतिको समय दिनुहुन्छ 

भ्याएको बेला त आधी दिन जस्तो ब्लगिङ गरेर बित्छ । फुर्सत नभएको बेलामा भने दिनमा एक दुइ पटक ब्लग खोल्छु तर केहि लेख्दिनँ ।  

पछिल्लोपटक आफ्नो ब्लगमा के राख्नु भयो ?

पछिल्लो पटक मैले आफ्नो ब्लगमा चक्काजामको गुनासो पोखेको थिएँ । चक्काजामबाट दिक्दार भएर अफिस आइपुग्नु परेको ब्यथालाई निर्धक्कसँग ब्लगमा पोखेकी छु । 

तपाईंको ब्लगमा कतिको भिजिटर हुनुहुन्छ, ब्लगको ट्राफिक कस्तो छ ?  

मेरो ब्लगको स्ट्याटस हेर्नु भयो भने सदस्य त धेरै छैनन्, तर पेज भ्यू भने ३,९२७ जति छ ।  

कस्तो प्रतिकिया पाइरहनुभएको छ आफ्नो ब्लगमा

आजसम्म त पोजिटिभ नै प्रतिकृयाहरु पाइरहेको छु, भविष्यमा हेर्दै जाउँ । 

तपाईंलाई के लाग्छ ब्लगिङले समाजमा केही प्रभाव पार्न सक्छ ? 

अवश्य । ब्लगिङले समाजका कुरितीहरुको बारेमा धेरै आवाजहरु उठाइ सम्बन्धित निकायहरुको यसमा  ध्यानाकर्षण गर्न सक्छ । ब्लगिङ एउटा कला हो । यो कलाको माध्यमले तपाईंले अफुलाई चित्त नबुझेका कुराहरुलाई आम मानिसबिच प्रस्तुत गर्न सक्नु हुन्छ ।  

सोसियल मिडिया कत्तिको प्रयोग गर्नु हुन्छ  र विशे गरी के चलाउनुहुन्छ

फेसबुक चलाउँछु । तर हाल व्यस्तताका कारण सोसिअल नेट्वोर्किङ मिडियातिर त्यति भिज्न मन लाग्दैन । 

सोसिअल मिडियाले युवाहरुमा के प्रभाव पारेको छ

दुवै किसिमले प्रभाब पारेको छ । तर म गिलास आधा रित्तिएको भन्द आधा भरिएको छ भन्न रुचाउँछु । त्यसैले मलाई लाग्छ नेट्वोर्किङमार्फत धेरै दबिएका र हेपिएका विषयहरुलाई प्रकाशमा ल्याउन सकिन्छ, जुन राम्रो हो । 

तपाईं सोसिअल मिडियामा आउनु भन्दा अगाडी, आइसकेपछीको जीवनशैलीमा के परिवर्तन पाउनुभएको छ

पाएकी छु । नेटवर्किङ आइसकेपछी चेतना स्तर पनि बढेको छ जस्तो लाग्छ । साथै धेरै पुराना साथीहरुसँग नजिकिने मौका पनि पाएकी छु । 

 
अब एकैछिन मेरोरिपोर्टको कुरा गरौँ । नागरिक  पत्रकारिताको प्रवर्धन  गर्न  सुरु  भएको  मेरोरिपोर्टको  बारेमा  के भन्नुहुन्छ ?

बिस्तारै मेरो रिपोर्टको बारेमा थाहा पाउँदै छु । मेरोरिपोर्टले गरेको प्रयास राम्रो लाग्यो, मैले कसरी सहयोग पुर्‍याउन सक्छु त्यसको लागि म अग्रसर छु । 

 

 भुमिकाको ब्लग लिङ्क : http://crabdiaries.blogspot.com/

                                


नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on April 24, 2012 at 4:09am

badhai cha hai mero tarfa bata pani. :)

Comment by एसवी गौतम on April 21, 2012 at 4:53pm

congratulation hajur !

Comment by Ajeeta Sigdel on April 19, 2012 at 11:22am

Congratulations 

Comment by Indra Dhoj Kshetri on April 18, 2012 at 4:36pm

Congratulations Bhumikaji. Keep writing. We will be reading.

Comment by ramesh khatri on April 18, 2012 at 4:25pm

congratulation !!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service