Blogger of this week: Bhojraj Dahal

ईलाम नगरपालिका वडा नं दुई स्थायी बसोबास भएका भोजराज दाहाल हाल कपन, काठमान्डौमा बस्छन् । ब्लगिङ र पत्रकारिता रुची राख्ने उनले नेपालडायरी नामक ब्लग नियमित अपडेट गर्छन् र सामाजिक मिडियासम्बन्धी बहसमा पनि भाग लिन्छन् । नेपालका शुरुवाती ब्लगर मध्ये एक दाहाल यस पटक साताको ब्लगर बन्न सफल भएका छन् । उनीसितको छोटो कुराकानी यहाँ प्रस्तुत छ:

आफ्नो ब्लगिङको इतिहास बताइदिनुस् न ?  तपाईं कसरी ब्लगिङमा आकर्षित हुनु भयो ? कहिले देखि  ब्लगिङ सुरु गर्नु भयो ? 

मैले ब्लग लेखन सन् २००५बाट सुरु गरेको हुँ । जतीबेला राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । राजाको सासनकालमा आफुले देखेका र भोगेका कुरा प्रस्ट लेख्न नपाउँदा ब्लगलाई त्यो लेख्ने माध्यमको रुपमा मैले ब्लगिङ सुरु गरेको हो ।

सुरुमा ब्लगिङको कस्तो अनुभव भयो ?   

सुर सुरुमा टेक्निकल ज्ञानको कमी र नेपालमा ईन्टरनेटको उपलब्ध्ता पनि त्यती नहुँदा केही कठिनाई त भयो तर पनि त्यसलाई सजह रुपमै लिए मैले । ब्लग सुरु गर्दा प्राविधिक कुरामा  माइसंसारका उमेश श्रेष्ठ, पत्रकार उज्जल आचार्यको सहयोग अबसमरणीय छ ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ?  आफ्नो ब्लगमा के कस्ता बिषयबस्तु समाबेश गर्नुहुन्छ ? 

प्राय म राजनीतिक बिषयबस्तुसँग सम्बन्धित कुराको बारेमा ब्लग लेख्छु । मलाई राजनीतिक बिषयबस्तुमा प्राय रुची छ ।

एकैछिन तपाईंको ब्लगको लेखहरुको कुरा गरौँ । पछील्लो पटक कुन बिषयमा के लेख लेख्नुभयो ? के कुराले लेख्न अभिप्रेरित गर्‍यो ?

पछिल्लो पटक लेखेको ब्लग पनि राजनीतिक बिषयबस्तु सँग नै सम्बन्धित छ । अली ब्यंग्यात्मक छ पछील्लो पोस्ट । देशको राजनितीक  अब्यबस्था, र भाँडभैलो देखेर दिक्क लाग्छ अनी नलेखेर के गर्नु ?

तपाईंको ब्लगको ट्राफिक कस्तो छ र ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाई रहनु भएको छ ?

ब्लगमा मैले उत्साहजनक प्रतिकृया पाएको छु । ब्लग को बिशेषता भनेको निरन्तर लेखन हो । मैले निरन्तरता दिन सकेको छैन पछिल्लो केही समयदेखी । निरन्तर लेखिरहन सके पाठक को संख्या बढ्न सक्छ ।

ब्लगिङ गर्दाको कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

ब्लगिङ गर्दाको रमाइको अनुभवमध्ये एउटा यहाँ उल्लेख गर्न चाहन्छु । हालका प्रम अर्थमन्त्री भएको बेला मैले उहालाई सम्बोधन गरेर लेखेको पानीपत्र पढेर उहाँले चासो राख्नुभएछ र एक दिन उहाँका स्वकिय सचीबमार्फत बोलाउनु भयो । तर बिबिध कारणले त्यती बेला अरु कुरा हुन पाएन । हाल उहाँ प्रम भएपछी पनि मैले त्यो पानीपत्रमा लेखेको "आकासे पानी संकलन"को बारेमा चासो राख्नु भएको छ । "आकासे पानी" संकलनले हाल काठमान्डुको पानीको समस्यालाई केही हदसम्म समाधान गर्न सहयोग गर्छ भन्ने कुरामा प्रम पनि कन्भिन्स हुनु भएको छ मैले लेखेको त्यो पत्रबाट ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ? नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो छ ?

निश्चय पनि हाल नेपालमा ब्लग आफ्नो धारणा र अभिव्यक्ती स्वतन्त्रता व्यक्त गर्ने एउटा राम्रो माध्यमको रुपमा बिकास भएको छ । आफुलाई लागेका र समाजमा आफुले देखेका कुराहरुलाई युवापुस्ताले ब्लगमार्फत प्रकट गरिरहनुभएको छ । अर्कोतर्फ नेपालमा आर्थिक बिषय,  टेक्नोलोजी र अन्य क्षेत्रका ब्लगहरु पनी लेखिन थालेका छन । निश्चय नै यो खुशीको कुरा हो ।

हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि  बनाएका छन्, http://meroreport.net/page/code-of-ethics-for-bloggershttp://www.nepalivoices.com/nepal-blog/2011/07/27/historic-bloggers-sign-code-of-ethics/, तपाइलाइ के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ  र किन? 

नेपालमा ब्लग अचार संहिता चाहिन्छ भन्ने र अचार संहितामा हस्ताक्षर गर्ने म आफु पनि एक हुँ । ब्लगरको हकहितको लागि र भोली आइ पर्नसक्ने चुनैतीका लागी ब्लगर एक हुन सकुन् र आफ्नो ब्लगलाई ब्यबस्थित र मर्यादित बनाउन् भन्ने उद्देश्यले यो आचार संहिता बनाइएको हो । ब्लग पनि एक नागरिक पत्रकारीता हो । ब्लगरले आफ्नो कुरा लेख्दा समाज र देशलाई नकरात्मक प्रभाव नपर्ने गरी,  सामाजिक मर्यादामा बसेर, सभ्य भाषामा ब्लग लेख्नुपर्छ भन्ने मेरो आफ्नो पनि मान्यता छ । 

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ । नेपालमा  नागरिक पत्रकारिता  प्रवर्धन गर्न  सामाजिक संजालका रूपमा मेरोरिपोर्ट  meroreport.net सुरू भएको छ। मेरो रिपोर्टको बारेमा  तपाईंको धारणा के छ ? 

नागरिक पत्रकारिताको बिकास र बिस्तारमा ठोस योगदान पुर्याउने र यसमा काम गर्नेहरुका लागि एउटा साझा प्लेटफर्म तयार गर्ने उद्देश्यले मेरोरिपोर्ट डट नेटको सुरुवात भएको छ । नेपालमा नागरिक पत्रकारिताको सुरुवातका लागि भएको संभवत यो पहिलो सामुहिक र संस्थागत प्रयास हो । नागरिक पत्रकारिता गर्ने र गर्न चाहनेहरुका लागी मेरोरिपोर्टले गरेको सुरुवातलाई सकरात्मक मान्नुपर्छ । नेपालमा नागरिक पत्रकारीताको क्षेत्रमा धेरै चुनौती र संभावना छन् । 

नेपाल जस्तो अल्पबिकसित र प्रजातन्त्रको अभ्यासमा बामे सर्दै गरेको मुलुकका लागि नागरिक पत्रकारिता समाज परिवर्तनको लागि सशक्त माध्यम हुनसक्छ ।  तर पनि नेपाल कम जनसंख्याको मात्र इन्टरनेटमा पहुँच भएको मुलुक हो । नागरिक पत्रकारिताको ब्यापक बहस र प्रचार बिना यसलाई प्रभावकारी बनाउन सकिदैन । नागरिक पत्रकारिताको बारेमा सिमित बर्गलाई मात्र जानकारी हुनु, दक्ष जनशक्ति र तालिमको अभाव हुनु र श्रोत र साधन (बिशेष गरेर ईन्टरनेट)को कमीका कारण हामी नागरिक पत्रकारिताको पनि बामे सर्ने स्थितिमा नै छौँ भन्दा अत्युक्ति नहोला ।

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ ? 

मेरोरिपोर्टले  हालै नेपालमा पनि नागरिक पत्रकारिताको दिगो र संस्थागत बिकास गर्ने उद्देश्यले जुन एउटा पहल सुरु गरेको छ यस्लाई निरन्तरता दिदै जाओस र नेपालमा नगरिक पत्रकारिताको क्षेत्रमा काम गरिरहेका र काम गर्न चाहनेहरुलाई एउटै थलोमा जम्मा गरेर यसको बिकास र बिस्तारलाई अझ सशक्त बनाउने उद्देश्यले सुरु गरिएको मेरोरिपोर्टको यो प्रयास पक्कै पनि नगरिक पत्रकारिताको सँस्थागत बिकासमा एउटा सुखद सुरुवात हो । देशभरी छरिएर रहेका नगरिक पत्रकारको क्षमता र सिपमा समय सापेक्ष बिकास गर्दै, नागरिक पत्रकारितालाई एउटा सशक्त र बैकल्पिक पत्रकारिताको बिकास गर्न मेरोरिपोर्ट सफल रहोस् । शुभकामना ।

भोजराजको ब्लग: http://www.nepaldiary.wordpress.com

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।


 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Ajeeta Sigdel on February 6, 2012 at 12:01pm

Congratulations !!

Comment by Sabin Pravat on February 3, 2012 at 1:01pm

Congrats and Thanks A lot !!

Comment by Braj dahal on February 2, 2012 at 12:38am

धन्यवाद , यो मौका दिएकोमा मेरो रिपोर्ट लाई । अबस्य म मेरो रिपोर्टमा पनि सहभागि हुने कोशीस गर्नेछु । 

Comment by Aakar Anil on February 1, 2012 at 8:41pm

बधाई छ दाजु! केही थाहा नपाएका कुरा थाहा पाइयो ! :)

Comment by Indra Dhoj Kshetri on February 1, 2012 at 7:33pm

साताको ब्लगर हुन सफल मित्रलाई धेरै धेरै बधाई । अझै बढी सक्रियताको अपेक्षा गर्दछु ।

Comment by Binaya Shekhar on February 1, 2012 at 5:28pm

Congratulations Mitralai for being featured as Blogger of The Week. Looking forward to your contribution in MeroReport. 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service