Blogger of this week: Asmita Paudel

हरिसिद्धी ललितपुर निवासी अस्मिता पौडेल हाल वातावरण बिज्ञानमा स्नातक अध्ययनरत छिन् । ब्लगिङ क्षेत्रमा भर्खरै प्रवेश गरेकी अस्मितालाई संगीतमा रुची छ । यस पटक मेरोरिपोर्ट साताको ब्लगर बन्न सफल अस्मिता पौडेलको अनुभव बाँड्ने प्रयास हामीले गरेका छौँ । प्रस्तुत छ उनीसितको छोटो कुराकानीः

ब्लगिङमा कसरी आकर्षित हुनु भयो ? कहिलेदेखि ब्लगिङ सुरु गर्नु भयो ?

मैले ब्लगिङ गर्न थालेको धेरै भएको छैन । मैले धेरै अघि देखी लेख्न थालेको हुँ तर मेरो लेख डायरी र नोटबुकमा मात्रै सिमित हुन्थ्यो । मलाई मसँग बिचार मिल्ने अरु पनि छन् जस्तो लाग्यो । र आफ्नो बिचार साटासाट गर्नको लागि  ब्लगिङ गर्ने बिचार गरेँ ।

सुरुमा ब्लगिङको कस्तो अनुभव भयो ?  

मैले अघि नै भने म ब्लगिङमा नयाँ नै छु र भर्खर सिक्दै छु । मैले यसलाई अन्लाईन डायरीको रुपमा सुरु गरेकी हुँ । मेरो ब्लगमा सकरात्मक रेस्पोन्स पाएर एकदमै खुशी छु । बिशेष गरी प्रोत्साहनको लागि  मेरोरिपोर्टलाई धन्यबाद दिन चाहन्छु ।

तपाईं कुन बिधामा ब्लगिङ गर्नु हुन्छ ?

म त्यस्तो कुनै बिशेष बिधामा लेख्दिन । मेरो मनमा जे आउँछ त्यही लेख्छु । म यसलाई अझ  निरन्तर बनाउने प्रयास गर्दैछु । 

एकैछिन तपाईंको ब्लगको कुरा गरौँ आफ्नो ब्लगको नाम comfortably numb  राख्नु भएको छ ? यस्तो नाम राख्नुको पछाडी के कारण छ ?

जब कहिलेकाहीँ दिमागले सोच्न छोड्छ, हामी त्यतिबेला केहि महसुस पनि गर्दैनौँ । त्यो बेलामा के सही वा गलत हो भन्ने छुट्टाउन सकिदैन । तैपनी हामी भित्र एक प्रकारको शान्ति महसुस गरी रहेका हुन्छौँ । कहिलेकाही मैले त्यस्तै महसुस गरेकी छु ।

आफ्नो ब्लगमा के  कस्ता बिषयबस्तु समाबेश गर्नुहुन् ?

अहिलेसम्म मैले जुनसुकै बिषयबस्तुमा पनि ब्लगिङ गर्ने गरेको छु । अब केहि बिशेष बिधामा ब्लगिङ गर्ने बिचार गरेकी छु । सोच्दै छु केमा राम्ररी प्रस्तुत् गर्न सक्छु भनेर ।  

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको  तपाईंको बिचारमा नेपालमा ब्लग क्षेत्रको भविष्य कस्तो छ

मैले ब्लगिङ सुरु गर्नु अघि यसको बारेमा केही थाहा थिएन । तर अहिले आएर मलाई ब्लगिङको कन्सेप्ट एकदमै राम्रो लागेको छ । हामी हाम्रो देश नेपाललाई तेस्रो मुलुक भन्दछौ तर हामी कहाँ प्रविधीको यती विकास भइसकेको छ कि हामीले आफुलाई पिछडिएका भनेर सोच्नु पर्दैन जस्तो लाग्छ । नेपालको ब्लगरहरुले यो कुरा साबित गरिदिएका छन । ब्लगिङको भविष्य राम्रो छ ।

ब्लग भनेको आफ्नो धारणा र अभिव्यक्ती स्वतन्त्र व्यक्त गर्न ठाउँ हो । हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित  मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन,  तपाइलाइ के लाग्छब्लगिङमा आचारसंहिताको जरुरी   र किन? 

हामीले गर्ने हरेक कुरामा निश्चित प्रकारका आचारसंहिताको पालना गर्नु पर्छ । नेपाली ब्लगिङ क्षेत्रमा पनि बौद्धिक चोरी र अरु थुप्रै नराम्रो प्रवृत्ति देखिएको छ । यस्तो प्रवृत्ति रोक्न आचारसंहिताको जरुरी छ । 

अब एकै छिन मेरोरिपोर्टको बारेमा कुरा गरौँ । मेरो रिपोर्टको बारेमा तपाईंको के धारणा  ? 

नागरिकले ज्ञान आदानप्रदान गर्ने र छलफल गर्ने थलोको रुपमा मेरोरिपोर्ट प्रस्तुत भएको छ र यो निकै राम्रो प्रयास हो । मेरोरिपोर्टले ब्लगरहरुलाई गरेको प्रोत्साहन पनि प्रसंशायोग्य छ । 

मेरो रिपोर्टलाइ के सुझाव दिन चाहनुहुन्छ

मेरोरिपोर्टले राम्रो कामको सुरुवात गरिरहेको छ । निरन्तरताको लागि शुभकामना ।

अस्मिताको ब्लगः http://azmeep.blogspot.com/

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.net मा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 


 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Asmita Paudel on February 17, 2012 at 12:17pm

thank you.. :) yeah, u do deserve one hai.... sure....

Comment by JawKnockRaazaa on February 17, 2012 at 11:57am

oe congrats! I deserve a party hai! nothing less! :))

Comment by Devi sapkota on February 16, 2012 at 11:25am

Congratulation... 

Comment by Binaya Shekhar on February 16, 2012 at 10:43am

Wonderful. Congratulations!!!

Comment by Asmita Paudel on February 15, 2012 at 5:30pm

thank you!! I am humbled.

Comment by Amuna Chapagain on February 15, 2012 at 5:03pm

congratulation Asmita ji

Comment by Ajeeta Sigdel on February 15, 2012 at 4:55pm

Congratulations !!!

Comment by Indra Dhoj Kshetri on February 15, 2012 at 4:43pm

Congratulations Asmitaji. Keep writing. We'll be happy to see you in MeroReport too.

Comment by Rupen on February 15, 2012 at 4:33pm

Congratulation Asmita ji.

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service