Blogger of this week: Aasma Aryal

लाजिम्पाटमा बसोबास गर्ने आस्मा अर्याल काठमाडौं विश्वबिद्यालयको सम्बधन प्राप्त काठमाडौं कलेज अफ म्यानेज्मेन्टबाट बि बि ए गर्दै छिन । उनको परिवारमा बुवा, आमा, भाइ र उनी समेत गरेर चार जना रहेका छन । उनी कबिता लेख्नको साथसाथै समाजमा घटेका चित्त नबुझेका कुराहरुको बारेमा ब्लगिङ गर्न रुचाँउछिन । अहिलेको प्रविधिको युगमा धेरै युवाहरुले ब्लगिङ गर्नुपर्ने र इन्टर्नेटको प्रयोग गर्नु पर्ने धारणा राख्ने आस्मा यो साताको ब्लगर बन्न सफल भएकी छिन : 

सर्वप्रथम मेरोरिपोर्टको साताको ब्लगर बन्नु भएकोमा यहाँलाई बधाइ ।
साताको ब्लगर हुनुभएकोमा यहाँलाई कस्तो अनुभव भइरहेको छ?

मलाई एकदमै खुशी लागेको छ ।

नागरिक पत्रकारिताको प्रवर्धन गर्न सुरु भएको मेरोरिपोर्टको बारेमा के भन्नुहुन्छ ?

अहिलेको नयाँ टेक्नोलोजीको जमानामा सबै इन्टरनेटबाटै हुन्छ अनि खबरहरु पनि इन्टरनेटबाटै पढ्न पाइन्छ । कहिलेकाँही फिल्ड भिसिटहरुमा जान पर्‍यो भने पनि अनलाईनमा हेर्‍यो पत्रिका नचाहिने जस्तो भइसक्यो ।  मलाई त यहाँहरुले यस्तो न्युजहरु पोस्ट गर्नु भएको अनि ब्लगरहरुलाई प्रोत्साहन गर्नु भएको एकदमै खुशी लाग्यो । सबैले ठुलठुला पत्रिकाबाट आफ्नो भाव पोख्न पाँउदैनन अनि यो ईन्टरनेटले एकदमै  सजिलो बनाँउछ । झन यहाँहरुले ब्लगरहरुलाई प्रवर्द्दन गरेर यस्तो साईट चलाउनुभएको छ यो एकदम नै राम्रो काम गर्नु भएको छ ।

अब एकैछिन ब्लग र ब्लगिङको कुरा गरौ । तपाईं ब्लगिङतर्फ कसरी आकर्षित हुनुभयो ?

मलाई सन्चो नभएर आराम गर्नु परेको थियो । कबिता रच्ने कुरा मनमा आयो र यत्तिकै सेभ गरेर राखेको थिएँ । अनि मैले ट्विटरबाट नेपाली साथीभाइ भेटेपछि वहाँहरुले मलाई ब्लगिङको बारेमा बताउनुभयो र ब्लग खोल्न प्रोत्साहन गर्नुभयो । २००८ - २००९ तिर देखी मैले ब्लग लेख्न थालेको हुँ । त्यतिबेला ब्लग लेख्ने थोरै नेपालीहरु देख्थेँ । मैले बिस्तारै पोस्ट गर्न थालेँ र नयाँ-नयाँ ब्लगहरु पढ्दै जान थालेँ । 

ब्लगिङ नै किन रोज्नु भयो ?

नयाँ प्रबिधिको जमानामा ब्लगिङ नै उत्तम माध्यम सोचेँ । 

के तपाईंको ब्लगले तपाईंलाई प्रतिनिधित्व गर्छ ?  गर्छ भने कसरी  ?

अवश्य गर्छ । म जे हुँ म जे छु , सबै त्यस्तै शब्दहरुमा पोखिएका  छन । 

के कस्तो बिषयवस्तुमा ब्लगिङ गर्नु हुन्छ ?

मेरो ब्लग मैले लेखेका कबिताका पंक्तीहरुले भरिएका छन । अनि एक दुइ वटा समाजमा घटेका चित्त नबुझ्ने कुराहरुको बारेमा छ । त्यस्तै गरी आफुलाई मन परेको भनाइहरु पनि पोस्ट गर्ने गरेको छु । 

ब्लगिङमा कतिको समय दिनु हुन्छ ?

कहिले हप्ता मा २-३ वटा पनि पोस्ट गर्छु । कहिले एउटा नि गर्दिन । केहि फुर्यो अनि केहि भयो भने पोस्ट गर्छु ।  

पछील्लो पटक कुन बिषयमा के लेख्नुभयो  ?

पछील्लो पटक मैले हाम्रो समाजको बारेमा लेखेको थिएँ । कसरी मानिसहरु पावर पाएपछि त्यसको दुरुपयोग गर्छन्, निमुखा माथि  अत्याचार गर्छन तर समाजमा कोही पनि उनीहरु बिरुद्द बोल्ने आँट गर्दैन ।  

तपाईंलाई आफ्नो ब्लगमा के कुराले लेख्न अभिप्रेरित गर्छ ?

जब म केहि कुराको बारेमा गहिरिएर सोच्छु मलाई त्यसैले लेख्न अभिप्रेरित गर्छ । धेरै जस्तो मेरो ब्लग पोस्टहरु चाँही "हरेक रात पछी बिहानी आँउछ" भन्ने भाव दिने खालका छन ।

ब्लगमा पाठकहरुबाट कस्तो प्रतिकिया पाईरहनु भएको छ ?

अहिलेसम्म त राम्रो प्रतिकिया पाइरहेकी छु । तर मलाई हामी नेपालीको एउटा कुरा चित्त बुझ्दैन, राम्रोलाई पो राम्रो भन्नुपर्छ त नराम्रोलाई नि राम्रो भन्नु भएन नि, कहिलेकाँही बिग्रिन्छ नि लेखाइ । के कहाँ चित्त बुझेन भनेर नि लेख्नुपर्छ नत्र लेखाइ कसरी सुधार्ने ?  म पोजिटिभ किटिसिज्ममा बिश्वास राख्छु । यसमा यो मिलेन वा त्यसै कुरालाई राम्रोसँग प्रस्तुत गरेर यसो भइदिएको भए अझ राम्रो हुने थियो भन्नु पर्छ । हाम्रो बानी चाँही अरुलाई फुलाउन ओहो कत्ती राम्रो भनिदिन्छौँ । त्यो चांही ठीक होईन । लेखाइलाई राम्रो बनाउन सही प्रतिकियाको आवश्यकता पर्दछ ।

तपाईंलाई के लाग्छ ब्लगिङले समाजमा केही प्रभाव पार्न सक्छ ? सक्छ  भने कसरी ? त्यस्तो कुनै उदाहरण छन ?

यस्तो टेक्नोलोजी प्रभाव भएको बेला छ यति बेला नै हो ब्लगबाट केही गर्ने, म त भन्छु अझै धेरै यूवाहरुले ब्लगिङ गर्नुपर्छ । सबैले सबैको कुरा सुन्नु पर्छ । ब्लगिङ्गले नै त नभनुम तर ईन्टरनेटका श्रोतहरुले गर्दा धेरै राम्रा-राम्रा कामहरु भईरहेका छन् । जस्तै विदेशमा बसेका नेपालीहरु मिलेर यता एन जि ओ खोल्ने गरेको पाईन्छ, सबै इन्टरनेट कै भरमा । ईन्टरनेटको माध्यमबाट भएका यस्ता थुप्रै उदाहरणहरु छन् ।

ब्लगिङ गर्दा त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छन ?

ब्लगिङ् गर्दाको सबैभन्दा रमाइलो कसैले मेरो ब्लग पढ्छ भनेको सुन्दा नै हुन्छ । मेरो भाइले मलाई सुनाउदै थियो, उसको एउटा साथीले मेरो ब्लगको बारेमा प्रशंसा गर्दै कुरा गरिरहेको थियो अनि मेरो भाईले मेरो दिदी हो नि भन्दा छक्क पर्‍यो रे  । एकदमै राम्रो लेख्ने भन्दै थियो रे, हा हा हा । मलाई त एकदमै अचम्म लाग्छ त्यस्तो मेरो लेख पनि पढ्छन भनेको सुन्दा त । आफु्ले लेखेको कबिता कसैले पढ्यो भन्दा त्यो जस्तो खुशी केही लाग्दैन झन कसैले मनपर्‍यो भनेको सुन्दा त झनै खुशी लाग्छ ।

अहिले नेपालमा पनि ब्लगिङको ट्रेन्ड बढीरहेको छ ? यसलाई कसरी हेरिरहनु भएको छ ?

त्यो त राम्रो हो नि । मानिसहरु स्वतन्त्र भएर आफ्ना कुराहरु ब्लगद्धारा अभिव्यक्ति गरिरहेका छन् । यस्तो हुनुपर्छ, नेपालमा अलि ढिलै शुरु भए नि राम्रो भईरहेको छ । सबैले आफुले चाहेको कुरा बोल्ने अधिकार पाउनुपर्छ ।

तपाइलाइ के लाग्छ, ब्लगिङमा आचारसंहिताको जरुरी छ?

जुनसुकै बिषयमा पनि अनुशासन आवश्यक पर्ने भएकोले ब्लगिङ्गको लागि पनि आचारसंहिताको आवश्यकता देख्छु म ।

मेरोरिपोर्टले ब्लगर र ब्लगिङलाई प्रवर्धन गर्न गरेको प्रयासलाई के भन्नु हुन्छ ?

एकदमै राम्रो गरिरहनु भएको छ यहाहरुले । मलाई एकदमै खुशी लाग्यो, मानिसहरु विदेशमा मात्र लेख्नमा प्रोत्साहन दिन्थे जस्तो लाग्थ्यो अब नेपालमा पनि यस्तो हुनथाल्यो भने त हाम्रो देशलाई पनि ब्लगरहरुलाई प्रोत्साहन दिने देशको सुचिमा राख्न सकिन्छ । यो त हाम्रो देशको ईन्टरनेट सम्बन्धि विकासको लागि  ठुलो त कदम हो । अब चाँहि राम्रो हुन्छ जस्तो लागेको छ । 


आस्माको ब्लग लिन्क : http://www.azm123.blogspot.com/    


नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on April 27, 2012 at 5:20am

congratulations to you, I'm your blog and twitter follower. :)

Comment by Yam Bahadur Dura on April 11, 2012 at 10:07am

So encouraging remarks!

Comment by Indra Dhoj Kshetri on April 5, 2012 at 8:57pm

Congratulations Ashmaji. MeroReport team feels proud to recognize the contribution like yours in the field of blogging. Keep rocking.

Comment by Ashma Aryal on April 5, 2012 at 7:34pm

Thankyou so much! =)

Comment by Ajeeta Sigdel on April 4, 2012 at 4:15pm

Congratulations !! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service