Blogger Of This Week: ShantiBikramGautam

Last Week Blogger


एसबी (शान्तिविक्रम) गौतम सिन्धुलीमा रही विभिन्न सञ्चारमाध्यममा काम गर्नुहुन्छ । काठमाडौबाहिर रहेर पनि सक्रिय रूपमा ब्लग र अनलाइनमा उपस्थिति जनाइरहनुभएका एसबी यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । मेरोरिपोर्टमा समेत नियमित योगदान गर्नुहुने उहाँसँग सधैंका साताको ब्लगरसँग जस्तै ब्लगिङको सन्दर्भमा कुराकानी गरिएको छः

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो?   

मैले ब्लग लेख्न सन् २००९ को पुर्वसन्ध्यादेखि थालेको हुँ ।

के का लागि ब्लग लेख्नुहुन्छ?  

मैले ब्लग देख्दा कहिल्यै पनि आफ्नो अनुभव, कथा, कविता नलेखी सिन्धुली जिल्लामा भईरहेका ताजा घटनाक्रमलाई ब्लगमा समेट्न थाले । स्वभावैले, सिन्धुलीको समाचार पढ्न पाईने भएपछि सिन्धुली वाहिर रहनेको लागी एउटा निकै राम्रो माध्यम बन्यो । अनि प्रत्येक दिन जसो अपडेट गर्न थालेपछि पछि अपडेट भएन भने किन अपडेट भएन भनेर पाठकको प्रतिक्रिया आईहाल्थ्यो । त्यही भएर लेख्छु, साथै मलाई ब्लग लेख्दा आत्मसन्तुष्टि पनि मिल्छ।  

ब्लगमा कस्ता कुराहरू लेख्नुहुन्छ?  

ब्लगमा विशेषतः सिन्धुली र आसपासका जिल्लाको समाचार र सिन्धुलीवासीले विश्वमा रहेर गरिरहेका प्रगतिलाई समेट्छु । सबैलाई प्रायः समाचारमा ढाल्ने प्रयास गर्छु। 

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ 

नेपालमा गन्न नसकिने ब्लगहरु छन् तर नियमित अपडेट छैनन् । हाम्रो देशले प्रगति गर्न नसकेको भनौ वा विश्वमा प्रभाव पार्न हामी ब्लगरलाई पनि निकै घाटा भईरहेको छ । जस्तो कि हाम्रो ब्लग नेपालीमा हुन्छ र वाध्य भएर नेपालीमै लेख्दै सवै रिडरलाई ध्यान पनि दिनुपर्छ। हाम्रो नेपाली भाषालाई गुगलले चिन्दैन र जस्तो सुकै लेख रचना समाचार राखेर पनी हामी गुगलवाट विज्ञापन लिन सकिरहेका हुदैनौ। सायद नेपाली भाषलाई चिन्दो हो त हाम्रो ब्लग व्यवसायिक हुन्थ्यो। हामी मात्र आफ्नो चित्त वुझुञ्जेल सम्म लेख्छौ , हैन भने ब्लग लेखनमा कलम वन्द हुन्छ।  

ब्लग लेख्दाको कुनै रमाइलो अनुभव?

मेरो एकजना साथीले फेसबुकमा पठाएको लिंकबाट ब्लग खोल्न उत्प्रेरित भएको म अहिले सिन्धुलीको खवरहरू अपडेट गरिरहेको हुन्छु । काम गर्न ईच्छुक मात्रै हुनुपर्दो रहेछ । 'तँ आँट, म पुर्याउँछु' भनेको जस्तै हुदोरहेछ। देश विदेशवाट धेरै सहयोग हुँदो रहेछ । यो कुराले धेरै खुसी लागेको छ।

एसबीको ब्लगः http://www.mysindhulidarpan.com/

मेरोरिपोर्टमा एसबीको प्रोफाइल पेजः http://meroreport.net/profile/ShantiBikramGautam126

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Binaya Shekhar on May 12, 2011 at 9:58pm
S B ji, I am your regular reader. you are doing great through writing regular blog on your districts and event happens around Sindhuli. I agreed with you that language is major challenge for Nepali blogger, but while talking about language we have to be clear to whom we are writing? who is our reader? are they Nepali language speakers? or English? if the are in Nepali I think you are doing good by serving us through continue writing the blogs and news about your community, districts, villagers and entire society. Don't be worried that Google doesn't recognize Nepali, you are not writing for google, you are writing for Nepali. There are more other challenges being faced by new media promoters, bloggers, social media users that connectivity is so poor in our country. though we have a lot of content to be uploaded in the internet very few people have internet access. which has rendered us. you are doing great, keep up the good work. keep posting your blogs in meroreport. initiate debate, reach out to the larger community. we are with you.
Comment by Bijaya Timalsina on May 11, 2011 at 10:07pm
nice to see u here!!! good luck
Comment by Rupen on May 11, 2011 at 5:48pm
Congratulation ShantiBikram. Love to see more interesting post from you. Once again Congratulation!!!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service