Blogger Of The Week : Sunita Giri

पेप्सिकोला टाउनमा बस्ने सुनिता गिरी  बि कम अध्ययनरत छन् । ब्लगिङमा एकदमै सक्रिय सुनिता यस पाली साताको ब्लगर बन्न सफल भएकी छिन । ब्लगिङ गर्न थालेको छोटो समयमै धेरै पाठक बटुल्न सफल केही नेपाली ब्लगर मध्यमा उनी पनि पर्छिन् । बालमन्दिरमा आफ्नो बाल्यकाल बिताएकी सुनिताका धेरै सँस्मरणहरु उनले ब्लगमा व्यक्त गरेकी छन् । उनको सँस्मरणात्मक लेखन शैली र विषयवस्तुले नै धेरै पाठक आकर्षित भएका हुनसक्छन् । अरु ब्लगर जस्तै हामीले सुनितासँग पनि छोटो कुराकानी गरेका छौँ : 

 ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ? 

Ø   मैले यही मे देखी ब्लग लेख्न सुरु गरेँ । 

 के कुराले ब्लग लेख्न उत्प्रेरणा मिल्यो ? 

Ø   क्यानाडामा बस्ने एक जना नेपालीले मलाई ब्लग लेख्न प्रेरणा दिन्नु भयो । म टिनएजर्स देखी नै आफ्नो वाल्यकालको अनुभव व्यक्त गर्न चाहन्थेँ त्यसैले मैले ब्लग लेख्न सुरु गरेँ ।

 केका लागि ब्लग लेख्नुहुन्छ ? ब्लगिङमा कतिको समय दिनु हुन्छ ?  

Ø   म आफुलाई साँचो अर्थमा बुझ्न ब्लग लेख्ने गर्दछु । म मार्केटीङको लागि पनि ब्लगिङ गर्छु । म दिनहुँ तीन घण्टा जसो इन्टर्नेट चलाउने गर्छु जसमा ब्लग पनि लेख्ने गर्छु ।

 खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ? 

Ø बाल मन्दिरमा बिताएको वाल्यकालको अनुभवहरु व्यक्त गर्न म ब्लगिङ गर्छु ।

 नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

Ø   म यस क्षेत्रमा नयाँ भएकोले खासै जानकारी छैन ।  

 तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

Ø   मैले मेरो वाल्यकालको अनुभवहरु व्यक्त गर्दा मेरो साथीहरु उनीहरुको साँचो नाम नआओस भन्ने चाहन्थे । उनीहरु आफुले बाल मन्दिरमा बिताएको वाल्यकालको बारेमा अरुलाई थाहा नहोस् भन्ने चाहन्थे । 

 नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा मेरो रिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

   Ø मैले भर्खर मात्र मेरोरिपोर्टको बारेमा थाहा पाएँ । 

   

तपाइँको ब्लगलिन्क : idaredream.blogspot.com 

                            believetrustmoveon.blogspot.com


Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on December 17, 2011 at 2:29pm
Oh congratulations my twitter friend. I have already read your blog and the contents are nice.
Comment by Indra Dhoj Kshetri on December 14, 2011 at 3:29pm

Congratulations Sunitaji. Keep writing. Your writing is very offtrack and I love reading your posts. Will be happy if you start contributing, in some way, to MeroReport too.

Indra

Comment by Ajeeta Sigdel on December 14, 2011 at 1:51pm

Congratulations !!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service