Blogger of the week : Samjhana KC

ललितपुरको जावलाखेलमा बस्ने सम्झना केसीले सोसिअल वर्कमा स्नातक गरेकी छिन । उनी अहिले सत्या मिडिया आर्ट्स कल्लेक्टिवमा इन्टर्नसिप गर्दैछिन । ब्लगमा आफुलाई लेख्न मन लागेको कुरा निर्धक्क लेख्ने सम्झना यस साता मेरोरिपोर्टमा साताका ब्लगर हुन सफल भएकी छिन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले सम्झनासँग पनि ब्लगिङ र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ :

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो?

मलाई पहिलेदेखी नै आफ्नो ब्लग बनाउन मन भएपनि मैले यही अक्टोबर देखी ब्लगिङ गर्न सुरु गरेँ ।

के का लागि ब्लग लेख्नुहुन्छ?

म आफ्नै लागि ब्लगिङ गर्छु । यो मेरो रचनाहरु साटासाट गर्ने ठाउँ हो । मैले ब्लगमा लेख्न कसैसँग पनि अनुमति माग्नुपर्दैन । म यसमा आफुलाई लेख्न मन लागेको कुरा निर्धक्क लेख्न सक्छु । तर ब्लगर हुनु एउटा चुनौती पनि हो जसमा आफ्नो ब्लगले अरुलाई कतिको प्रभाव पार्न सक्छ, ब्लगको ट्राफिक कति छ र जति ट्राफिक बढ्दै गयो त्यति ब्लगरलाई प्रोत्साहन बढ्दै जान्छ ।

ब्लगिङमा कतिको समय दिनु हुन्छ ? 

यो मेरो समयमा भर पर्ने कुरा हो । तर अहिले मैले ब्लगमा सकेसम्म दिनहुँ आधी घण्टा दिने बानी बसालेको छु ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ?

म स्वतन्त्र भएर लेख्न मन पराउँछु। त्यसैले म ब्लगमा कथा, कविता र फोटोहरु शेयर गर्न मन पराउँछु।  म अहिले राम्ररी अध्ययन र रिसर्च गरेको विषयमा ब्लग लेख्ने तयारीमा छु । चाडै नै लेख्छु होला। मैले केहि पत्रपत्रिकाको लागि धेरै बिचारमुलक लेखहरु लेखेँ । तर एउटा बाहेक अरु कहिले पनि छापिएन । त्यसैले ब्लग मलाई लेख्न मन लागेका कुरा लेख्ने सजिलो माध्यम हो । 

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

मेरो बिचारमा नेपालमा यो एउटा शक्तिशाली माध्यम बन्दै गइरहेको छ । जसको प्रयोगबाट धेरै व्यक्तीहरुले धेरै विषयमा कुरा गर्छन जसले सुचित, प्रेरित र उर्जा प्रदान गर्छन ।

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न?

मैले पहिले ब्लगिङ सुरु गर्दा मलाई लेख्न मन लाग्दैनथ्यो । त्यसैले मैले यसमा पुराना कुराहरु भरिदिन्थें र म आफुलाई निक्कै चलाख भन्ठाथें । हा हा हा  

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

आचारसंहिताको एघारौँ बुंदामा नै भनेको छ वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु । हो आचारसंहिता जरुरी छ किनभने ब्लगिङ स्वतन्त्रसंग विचार अभिव्यक्त गर्ने ठाउँ हो त्यसैले हामी स्वतन्त्र भएपनि कसैलाई हानि नपुर्याउने कुरामा कुरामा बिचार गर्नुपर्छ ।

नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा मेरोरिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

मलाई मेरोरिपोर्टले ब्लगरहरुलाई स्थान दिएको र ब्लगिङलाई अझ प्रोत्साहन गरेको राम्रो लाग्छ । मेरोरिपोर्टलाई धन्यबाद र धेरै शुभकामना ।

 तपाइको ब्लगलिँक : www.sanibahini.wordpress.com

 

 


Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Samjhana on November 25, 2011 at 9:37pm

hey Sakhu: I didn't know that, we should sometimes then, and thanks. and Yes thanks to all for liking it :)

Comment by Chandiraj Dahal on November 25, 2011 at 8:23pm

that was great! simply an expression!!!

 

Comment by gautam shrestha on November 25, 2011 at 3:19pm
congratsss...
Comment by renu maharjan on November 23, 2011 at 11:25pm

congarz sam..

 

Comment by Shaku Limbu on November 23, 2011 at 8:11pm
Congratulations to you, you live nearby my hometown and I'm glad to see you as Blogger of the week. :)
Comment by Samjhana on November 23, 2011 at 7:08pm

Thanks Guys....appreciate your choice (haha) but hope to write in your web soon...:)

Comment by Kranti Darai on November 23, 2011 at 2:12pm

congratulations Samjhana jee .

Comment by Indra Dhoj Kshetri on November 23, 2011 at 1:57pm

Congratulations Samjhanaji! Hope to see more of your writings. We will also be glad to see your write-ups in MeroReport. Give a try signing up to it.

Comment by Ajeeta Sigdel on November 23, 2011 at 1:13pm

Congratulations Samjhana ji 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service