Blogger Of The Week : Chandan Sapkota

बालुवाटारमा बस्ने चन्दन सापकोटा पेशाले अनुसन्धाता हुन् । अमेरिकाको डिकिनसन युनिभर्सिटीबाट अर्थशास्त्र र गणितमा ग्र्याजुएट गरेका सापकोटा हाल साउथ एसिया वाच अन ट्रेड्, इकोनोमिक्स एण्ड इनवाइरोन्मेन्टमा रिसर्चरको रुपमा काम गर्दैछन । यसको साथै अङ्ग्रेजी दैनिक रिपब्लिकामा स्तम्भकारको रुपमा पनि लेखहरु लेख्छन । उनको शोखहरु हाइकिङ गर्ने र खाना बनाउने रहेको छ । लेख्न र रिसर्च गर्न मन पराउने सापकोटा यस पालिको साताको ब्लगर हुन सफल भएका छन् ।

ब्लग लेख्न कहिलेदेखि सुरु गर्नुभयो ?

  मैले २००५ देखी ब्लगिङ गर्न सुरु गरेँ । 

के का लागि ब्लग लेख्नुहुन्छ ?

 म आर्थिक र बिकासको बिषयमा आफ्नो धारणा व्यक्त गर्न र यही बिषयमा सुचना आदानप्रदान गर्न ब्लगिङ गर्छु ।

ब्लगिङमा कतिको समय दिनु हुन्छ ?  

 म दिनहुँ जसो ब्लगिङ गर्छु ।

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्न रुचाउनुहुन्छ ?  

 मेरो ब्लग पोस्टहरु प्राय आर्थिक र बिकासका बिषयमा केन्दृत छन । म ब्लगमा आर्थिक र बिकासका बिषयमा पत्रिकामा निस्किएका लेखहरुलाई संक्षेपमा लेख्ने, आफ्नो धारणा व्यक्त गर्ने र अरुको लेखमा कमेन्ट गर्ने गर्छु ।   

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ? 

 नेपाली ब्लगिङ क्षेत्र अझै प्रारम्भिक चरणमा नै छ । ब्लगरहरु एउटा निश्चित बिषयमा केन्दृत भएर त्यसमा नै विशेषज्ञता हासिल गरेको पाइँदैन । हामी कहाँ सचेत ब्लगरहरुको जरुरी छ जसले आफ्नो धारणा बलियासँग राख्न सकुन् र अरुको लेखमा कमेन्ट गर्दा सही प्रमाण सहित सही आलोचना दिन सकुन् । 

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ?

 त्यस्तो खासै छैन । तर म ब्लगिङ गर्न एकदम रुचाउँछु । यसले मलाई भइरहेका घटनाको जानकारी लिन मद्दत गर्दछ । बिषेशत मसँग बिचार मिल्ने व्यक्तिहरुसँग सम्पर्कमा रहन गर्न मद्दत गर्छ ।  

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन,  तपाइलाइ के लाग्छ, के यो जरूरी छ ?

 कुनै पनि विषयमा सुसुचित आलोचना गर्नको लागि पनि यो जरुरी छ । म पनि आचारसंहितामा हस्ताक्षर गर्ने दश जना मध्ये एक हुँ ।  

नेपालमा नागिरक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा मेरो रिपोर्ट सुरू भएको छ। मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ?

 अहिले सम्म यो राम्ररी चलिरहेको छ ।  मेरोरिपोर्ट नेपाली ब्लग जगतमा अझ बढी देखियोस र सचेत ब्लगिङको लागि प्रवर्दन गरोस भन्ने सुझाव दिन चाहन्छु ।  

तपाइको ब्लगलिँक : www.sapkotac.blogspot.com                 

                          www.chandansapkota.wordpress.com

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Rupen on December 6, 2011 at 4:43pm

Congratulation!!!

Comment by Devi sapkota on December 1, 2011 at 11:53am

Wow Congratulation

Comment by Kranti Darai on December 1, 2011 at 10:00am

Congratulations !!!

Comment by Ajeeta Sigdel on November 30, 2011 at 3:17pm

Congratulations Chandan ji !! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service