Blogger of the week: Bhumika

Last Week Blogger

भूमिका घिमिरे अमेरिकाको न्यू जर्सीमा बस्नुहुन्छ । अमेरिकामा रहेर पनि नेपाली ब्लगका बारेमा लेख्ने र नजिकबाट अवलोकन गरिरहनुभएकी भूमिका यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । सधैंका साताको ब्लगरसँग जस्तै उहाँसँग पनि ब्लगिङको सन्दर्भमा कुराकानी गरिएको छः

 

ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो? 

सन् २००५ मा आएको क्याट्रिना आँधीलगत्तै मैले ब्लग लेख्न शुरू गरे । त्यो समय म फ्लोरिडामा काम गर्दै थिएँ र ब्लग मेरो भावना र विचार बाँड्ने थलो बन्यो ।  

 

के का लागि ब्लग लेख्नुहुन्छ? 

अचेल मानिसहरूसँग सम्वन्ध विस्तार गर्न, उनीहरूको अनुभव बाँड्न र उनीहरूबाट सुन्नका लागि ब्लग गर्छु । ब्लगिङ मेरो अभियानको साधन हो । म वाक् स्वतन्त्रता, महिला अधिकार र नेपाली ब्लग संसारको बारेमा निकै व्यग्र छु । पहिले भने ब्लगमा आवेश र गुनासो पोख्ने मात्र गर्थे । 

 

ब्लगमा कस्ता कुराहरू लेख्नुहुन्छ? 

मैले धेरै साइटमा ब्लग गर्छु । ग्लोबल भ्वाइसफ्युचर च्यालेन्जेजमा नेपाली सवालहरू उठाउँछु भने ग्लोबल भ्वाइस एड्भोकेसीमा वाक् स्वतन्त्रता र सेन्सरसिपको बारेमा । 

 

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ? 

पछिल्लो समयमा मैले नेपाल ब्लग्स शुरू गरे जसमा नेपाली ब्लग संसारले के गर्न सक्छ भन्ने साथसाथै सामाजिक सवालमा युवाहरूले गरिरहेका सकारात्मक कामहरूलाइ प्रस्तुत गरिरहेको छु । नेपाल ब्लग्समार्फत मैले नेपाली ब्लग संसारलाइ अवलोकन गर्न, यसमा सहभागी हुन र अन्तरक्रिया गर्न सकेको छु । नेपाली ब्लग संसार निकै उत्साहलाग्दो छ र जतिवेला मैले ट्वीट फर कज नेपाल वा ह्वाइ नेपालजस्ता साइटहरू देख्छु, यो निकै सकारात्मक र आशलाग्दो शुरूवात लाग्छ ।

 

ब्लग लेख्दाको कुनै रमाइलो अनुभव?

त्यस्तो विशेष त केही छैन तर न्यूयोर्कमा भएको न्यूजविकले आयोजना गरेको कार्यक्रममा भाग लिन पाउँदा निकै रोमाञ्चित थिएँ । धेरै राम्रा लेखक र अभियान्ताहरूलाइ भेट्ने मौका पनि पाएँ ।

 मेरो रिपोर्टमा किन योगदान गर्नुहुन्छ?

अहिलेसम्म नियमित रूपमा योगदान नगरेपनि आगामी दिनमा प्रयास गर्नेछु । म सिटिजन जर्नलिज्ममा विश्वास गर्छु र नेपाललाइ यस्ता स्थानहरू चाहिन्छ, त्यसैले मेरोरिपोर्टमा योगदान गरेको हुँ ।

 

भूमिकाको ब्लगः http://bhumikasa.wordpress.com

मेरोरिपोर्टमा भूमिकाको प्रोफाइल पेजः http://meroreport.net/profile/BhumikaGhimire

ट्वीटरमा भूमिकाः @bhumikaghimire

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Santosh Devkota on May 9, 2011 at 10:10am
Congratulation Bhumika.
Comment by Rojee Kattel on May 6, 2011 at 3:43pm

Great Bhumika Keep it up

 

Comment by एसवी गौतम on May 5, 2011 at 2:41pm
Congratulation !
Comment by Friendycalls on May 5, 2011 at 12:02pm
nice to know whereabouts of Bhumika Ghimire. She's really doing a nice job in the fields of women and global voice advocacy. I too go through her blogs and find them really meaningful. Kudos! Bhumika.
Comment by Binaya Shekhar on May 5, 2011 at 10:54am
Nice to hear your work Bhumika. On behalf of MeroReport team I am thankful to you for your flexibility to talking us and meantime I am thankful for you for your interest and partial contribution making MeroReport got increased visibility among the blogger community worldwide. Keep up the good work, wish you a best of luck for your writing.
Comment by Mukunda Nepal on May 4, 2011 at 4:38pm
Congratulations Bhumika ji!
Comment by Rupen on May 4, 2011 at 4:36pm
Congratulations!!!!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service