Blogger Of The Week: Akar

अनिलप्रसाद घिमिरे नेपाली ब्लगसंसारमा आकारको नामले चिनिनुहुन्छ । उहाँले चलाउनुभएको आकारपोस्ट नियमित अपडेट हुने र विभिन्न सन्दर्भलाइ समेट्ने नेपाली ब्लग हो । एलेक्साको रिपोर्टअनुसार यो ब्लग नेपालमा धेरै हेरिने साइटमध्ये २३० नम्वरमा पर्छ । काठमाडौं विश्वविद्यालयमा कम्युटर इन्जिनियरका विद्यार्थी रहनुभएका अनिल यो साता मेरोरिपोर्टमा साताको ब्लगर हुनुहुन्छ । उहाँको ब्लगिङ अनुभव र नेपालको ब्लगको सन्दर्भमा कुराकानी गरिएको छः

 

ब्लगिङ कसरी शुरू भयो?

ब्लग भन्ने थाहा नपाइकनै शुरू भयो । शुरू शुरूमा याहुको 360 मा फोटोहरू पोस्ट गरेर शुरू गरियो । पछि केयू (काठमाडौं विश्वविद्यालय) पढ्न थालेपछि विस्तारै क्लासको नोट र असाइनमेन्टहरू पोस्ट गर्न थालियो । त्यसपछि, आफुले देखेका वा अनुभव गरेका कुरामा लेख्न थालियो । मेरो बढी रूचि प्रविधीसम्वन्धी ब्लग (टेकब्लग) मा छ ।

 

कस्तो विषयमा ब्लग लेख्नुहुन्छ?

मैले जे अनुभव गर्छु, अथवा जे देख्छु, त्यही लेख्छु । देशविदेशमा भइरहेको राष्ट्रिय महत्वको घटनादेखि स्थानीय स्तरमा भइरहेको कुराहरू मैले ब्लगमा पोस्ट गर्छु । मेरो ब्लग अहिलेसम्म बढी समाचारमूलक कुराहरू छन्, विचारहरू अलिक कम छन् ।

 

ब्लगिङ गर्दाको सुनाउन मन लागेको अनुभव?

कहिलेकाँही कुनै पोस्टको कमेन्टहरूमा कमेन्ट गर्नेहरूबीचमै झगडा हुन्छ, त्यो देख्दा कहिलेकाँही आत्तिन्छु । कुनै ठूलै घटना हुने की भन्ने डर लाग्छ । त्यस्तै, एनसेलले सगरमाथाको बेसक्याम्पमा थ्रीजी शुरू गरेको विषयमा सञ्चारमाध्यममा खासै प्राथमिकतामा समाचार आएन, त्यसको बारेमा ब्लग लेखें ।

 

ब्लग आर्थिक रूपमा कसरी चल्दैछ?

गुगल एड र अन्य सानोतिनो विज्ञापनले ब्लगको घरखर्च (डोमेन र होस्टिङ) चलाउन पुगेको छ ।

 

नेपालमा ब्लगिङको भविष्य कस्तो छ?

व्यवसायिक र गुणस्तरीय ब्लग गर्नेहरूका लागि राम्रो सम्भावना देखेको छु । एउटा टिम बनाएर कुनै सवालमा रेगुलर ब्लग गर्यो र स्तरीय सामग्री दियो भने भविष्य राम्रो छ ।

 

 

मेरोरिपोर्टमा आकारको पेजः http://meroreport.net/profile/Aakar

आकारको ब्लगः http://aakarpost.com/

ट्विटरमा आकारः @aakarpost

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Dr. Surya B. Parajuli on May 6, 2013 at 9:24pm

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service