पैसा पनि कमाउन सकिन्छ भन्ने थाहा पाएर ब्लग सुरु गरेँ : अशोक दाहाल

तेह्रथुमका अशोक दाहालले पत्रकारितामा स्नातकोत्तर गरेका छन् । हाल रिपब्लिका अंग्रेजी दैनिकसँग आवद्ध अशोक बिगत अाठ बर्षदेखि पत्रकारिता गरिरहेका छन् । फोटोग्राफी र घुमघाम  रुचि भएका अशोक ब्लग लेखकमा पनि उत्तिकै सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै अशोक दाहालसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सोसियल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ? 
धेरैले अशोक स्तम्भ भनेर चिन्छन् ।
ब्लगिङ किन र कसरी ब्लग सुरु गर्नुभयो ?
आफ्नै ब्लग बनाएर लेख समाचारहरु अनलाईनमा राख्न सकिन्छ र पैसा पनि कमाउन सकिन्छ भन्ने थाहा पाएर सुरु गरेँ । पैसा कमाउने तरिका नजाने पनि ब्लगिङ छोडिएन ।
ब्लगबारे कँहा सुन्नुभयो या कसैले तपाईलाई ब्लगबारे बतायो ?
साथीहरुले भनेका थिए । अनलाईन मै समाचारहरु पनि पढेँको थिए ।
केका लागि ब्लगिङ गर्नुहुन्छ ?
आफूले लेखेका संग्रह  योग्य लागेका समाचार र साहित्य मेरा ब्लगका बिषय हुन् ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

समाचार र साहित्यका लागि फरक–फरक ब्लग चलाउँछु ।
तपाईले www.ashokpillar.wordpress.com बाहेक अरु पनि चलाउनु हुन्छ ? 

मेरा धेरै ब्लग केही समय चलाएर निष्कृय भए । समाचारका लागि  नेपाल टुडे चलाउँछु ।
तपाईको  ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
समाचारको ब्लगबारे खासै प्रतिक्रिया आउँदैन । साहित्यको ब्लग पढेर धेरैले बिषयवस्तुबारे आफूलाई लागेको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिन्छन् ।
ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन?
फोटोग्राफी मेरो रुचिको बिषय हो । तर ब्यवसायिक क्यामरामा अभ्यास गर्न पाएको छैन । साहित्य पढ्न, लेख्न नयाँ ठाउँ घुम्न रुचाउँछु ।
अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ?
चाहेजति समावेश गर्न सकेको छैन ।
ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।
एक साथीले जर्नलका लागि मेरो ब्लग उनको नाममा छाप्न वा उनको नाममा पनि मेरो ब्लगमा जस्तै लेख लेखिदिए पारिश्रमिक दिने अनुरोध गरे मैले मानिनँ उनि रिसाए ।
केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
अवश्य हो । ब्लगमा आफूले देखेको, सुनेको भोगेको कुरा सहजै फोटो वा भिडियो सहित पनि राख्न सकिन्छ । समाजीक सञ्जाल मार्फत त्यसलाई थप ब्यापक बनाउन सकिन्छ ।
अन्त्यमा,  
धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service