कमल पौडेल : साताको ब्लगर

वाणगंगा  ५ कपिलबस्तु  निवासी  कमल पौडेल कपिलवस्तुको सामुदायिक एफएम बुद्ध आवाजमा प्राबिधिक तथा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छन । नेपाली बिषयमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत कमल ब्लगिङको क्षेत्रमा भर्खर बामे सर्दैछन् । उनले विशेष गरी साहित्यिक बिधामा ब्लगिङ गर्दछन् ।   

नयाँ ब्लगरहरुलाई पनि प्रोत्साहन गर्ने क्रममा हामीले यस साता कमल पौडेललाई साताको ब्लगरको रुपमा फिचर गरेका छौँ :     

 दिनचर्या कसरी बित्छ तपाईंको ?

सामान्य तरिकाले नै बितिरहेको छ । बिहान उठ्ने, दैनिक नित्यकर्म र काम नियमित कुरा । फुर्सदको समयमा उपन्यास कथा पढ्ने , कबिता गजल कथा लेख्ने, फेसबुक गुगल आदिमा साथीहरुसँग गफगाफ गरेर नै बितेको छ मेरो दिनचर्या ।

तपाईंको पेशाको बारेमा बताइदिनुस न ?

अहिले म बिद्यार्थी हो । त्यसबाहेक म एक  सञ्चारकर्मी पनि हो । अहिले कपिलबस्तुकै रेडियोमा प्राबिधिक तथा कार्यक्रम प्रस्तोताको रुपमा काम गर्छु । 

ब्लगिङकै कुरा गरौ कसरी थाल्नुभयो  ?

मैले ब्लगिङ सुरु गरेको धेरै भएको छैन । यस्तै डेढ बर्ष भयो बनाएको , अपडेट गर्न थालेको ४-५ महिना जति भयो  । मसँगै काम गर्ने एकजना साथीले इन्टरनेटमा केही गरिरहेको देखेर सोधेँ । उहाँले भन्नुभयो आफ्नै बेबसाइट जस्तै हो यसमा आफुले लेखेका सामाग्रीहरु र आफ्नो बारेमा लेखेर पोष्ट गर्न सकिन्छ । यति कुरा उहाँबाट थाहा पाएर मलाई यो ब्लग बनाउने रहर आयो र आफै सुरुवात गरे । मैले ब्लगमा कथा, कबिता, गजल आदि पोष्ट गर्छु ।

के कुराले ब्लगिङ गर्न प्रेरित गर्यो ? 

खासगरी मेरो साहित्यमा रुचि भएकोले कबिता गजल आदि लेख्ने गर्छु । र तिनै रचनाहरुलाई  यो इन्टरनेटको युगमा आफ्ना बिचारहरु संसारभर फैलाउन र सबै सामु राख्न सहज र राम्रो माध्यम लागेकोले ब्लगिङ गर्न प्रेरित भएको हुँ ।

तपाइँ रेडियवमा पनि काम गर्नुहुन्छ । ब्लगिङ मुलधारको मिडियाबिच के फरक पाउनुहुन्छ ?

मुलधार मिडियामा बिशेष गरी आफ्नो कुरा भन्दा पनि अरुको कुरालाइ ध्यानपूर्बक राखिन्छ । ब्लगमा आफुले स्वस्फूर्त लेखेका बिचारहरु त्यो पनि नि शुल्क राख्न पाइन्छ । त्यसैले मुलधार मिडिया भन्दा ब्लग स्वतन्त्र र निष्पक्ष माध्यम हो जस्तो मलाई लाग्छ ।

के ब्लगिङले आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गर्छ ?

पक्कै पनि गर्छ किनकी इन्टरनेटको जमानामा ईन्टरनेटबाट नै पहिचान बनोस् भन्ने मान्छेले चाहन्छन् । त्यसैले ब्लग पनि इन्टरनेटबाट नै अपडेट हुने भएकाले यस्ले छुट्टै पहिचान बनाउन मद्दत गर्छ जस्तो मलाइ लाग्छ ।

ब्लगिङ गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ?

ब्लगिङ गर्दा बिषेशत ध्यान दिनुपर्ने कुरा के भने कसैलाई नराम्रो अभिव्यक्ती दिनुभएन  र निरन्तरता हुनुपर्यो । राम्रो र रोचक बिषयवस्तु हुनुपर्छ ।

ब्लगिङ गर्दाको कुनै रमाइलो अनुभव ?

ब्लग डेढ बर्ष पहिले बनाएको भए पनि अपडेट सुरु गरेको धेरै भएको छैन । त्यसैले त्यस्तो भन्नै पर्ने रमाइलो अनुभबव अझै छैन भन्नुपर्छ ।

कपिलवस्तुमा इन्टरनेट पहुँच कस्तो ?  

राम्रै छ भन्नुपर्छ पछिल्लो दुई वर्ष यता  ।

कपिलवस्तुमा ब्लगिङ गर्ने ट्रेन्ड कस्तो देखिएको छ ?

खासै देखिएको छैन  ।

ब्लगबाहेक तपाई अरु कुन–कुन सोसल मिडियामा हुनुहुन्छ?

फेसबुक , ट्वीटर,गुगल, ओर्कुटमा पनि छु ।

सूचनाको आदान प्रदानमा सोसल मिडियाले के भूमिका खेलेको छ ?

पछिल्लो समयमा हेर्नेहो भने निकै राम्रो भूमिका खेलेको मैले देखेको छु । कुनै पनि समाचार अथवा कुनै कार्यक्रमको सुचना सिधै सोसल मिडियाबाट प्राप्त गर्न थालिएको छ । संसारको कुनै कुनामा भएको साथी टाढा छैन, दिनहुँ गफ हुँदैछ । यसले सुचना आदान-प्रदानमा निकै सहयोग पुर्याएको जस्तो मलाइ लाग्छ ।

 

कमलको ब्लग लिङ्क:  My Life My Story '

 

मेरोरिपोर्टमा हालसम्म फिचर भएका साताका ब्लगरहरु

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kamal Paudyal on September 27, 2012 at 4:23pm

धन्यवाद तपाईहरुको साथ र स्नेह लाई सबिता अजिता अर्जुन आगामी दिनहरुमा सहयोग को अपेक्षा गर्दछु

Comment by sabita Acharya on September 17, 2012 at 10:37am

badhai 6 kamal g

Comment by Arjun Apawad on September 15, 2012 at 6:46pm

la badhai 6

Comment by Ajeeta Sigdel on September 13, 2012 at 12:37pm

Congratulations !!

Comment by MeroReport on September 13, 2012 at 11:37am

Congratulations Kamal ji.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service