साताको ब्लगर: लेक्स लिम्बु

१५ वर्षको उमेरदेखि नै ब्लगिङ शुरु गरेका लेक्स लिम्बु बीस बर्षमै ब्लगिङको क्षेत्रमा परिचित नाम बनिसकेका छन् । हाल बेलायतमा बसोबास गर्ने लिम्बु बिशेष गरी मनोरन्जन क्षेत्रमा ब्लगिङ गर्छन् । धरानमा जन्मेर नेपालमा चार बर्ष मात्रै बसेका लेक्सले धेरै समय बेलायत र ब्रुनाइमा बिताएका छन् ।

हाल लन्डनको कुइन्स मेरी विश्व-विध्यालयमा भुगोल विषयमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लिम्बुको रुची ब्लगिङ गर्नु, युट्युब चलाउनु, घुम्नु रहेका छन् । यसपटकको साताको ब्लगरमा लिम्बुका अनुभवलाई हामीले समेटेका छौः   

तपाइको दिनहरु कसरी बित्ने गर्छ ?

हाल म अध्ययन गरिरहेको हुनाले धेरै समय चांही लेक्चर र अध्ययनमै बित्छ । खाली समय भएको बेला म सोसिअल मिडिया, वेबसाईट र मेरो ब्लग अपडेट गर्ने प्रयास गर्छु । त्यस बाहेक परिवार, नजिकको साथी भाईहरुसँग समय बिताँउछु र ब्लगमार्फत इभेन्टमा काम गर्दै बित्छ ।    

ब्लगिङको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

खास ब्लगिङ भन्दा अघि  मैले युट्युबमा भिडियो बनाउँदै राख्ने गर्थेँ । नेपालमा मनोरन्जनमा अधारित ब्लग नभएको कारणले मैले यसै विधामा ब्लगिङ गर्ने विचार गरेँ । २००७ देखी ब्लगिङ गर्न सुरु गरेँ । तर २००९ देखी मात्र निरन्तरता दिन थलेँ । 

के कुराले ब्लगिङ गर्न प्रेरित गर्यो ?

मैले प्रायः ब्लग व्यक्तिगत वा राजनितीमा आधारित भएको देखेँ । नेपाली मनोरन्जनमा आधारित भएर ब्लगिङ गर्‍यो भने अझ रमाइलो हुन्छ भनेर ब्लगिङ थालेँ । मलाई नेपाली फिल्म र गीत- संगीतमा धेरै रुची भएकोले ब्लगिङ गर्न सजिलो भयो । 

बिशेषगरी आफ्नो ब्लगमा कस्ता कुराहरु उल्लेख गर्नुहुन्छ ?

सुरुमा राजनिती, फिल्म, गीत- संगीत, यात्रा र धेरै प्रकारका पोस्टहरु राख्ने गर्थें तर अहिले मनोरन्जन र सेलिब्रेटीहरु बारेका समाचार र विषयवस्तुहरु पोस्ट गर्ने गरेको छु ।     

ब्लगिङ के का लागि ?

ब्लग आफ्नो व्यक्तिगत विचार र दृस्टिकोण राख्न पाउने एउटा माध्यम हो । अरु कसैलाई प्रतिनिधित्व नगरेर आफ्नो दृस्तिकोण राखेको हुन्छ त्यही भएर पढ्ने मान्छेलाई पनि केहि हदसम्म रमाइलो हुन्छ । ब्लगिङले मनोरन्जन मात्रै नभएर समाजमा राम्रो कुरा अगाडी ल्याउन मद्दत गरेको छ । 

अनि कस्का लागि?

ब्लगिङ ईन्टरनेटको पहुँच भएका र चासो भएकाहरुको लागि हो । अहिले यात्रा देखि लिएर कसरी पकाउने भन्ने सम्मका बिभिन्न थरीका ब्लग छन् । मेरो ब्लग चाँही धेरै बिदेशमा बस्ने नेपाली दाजुभाई, दिदीबहिनीहरुमा चर्चित छ । र मेरा पाठक हेर्दा १६-३५ वर्षका भएको मैले अनुभव गरेको छु । 

ब्लग लेख्न, देश विदेशका सुचनाहरु कसरी संकलन गर्नुहुन्छ?

अहिलेको समय भनेको इन्टरनेटको समय हो । नेपालमा के भइरहेको छ भनेर जान्नको लागि  इन्टरनेटमा हेर्‍यो भने सबै जानकारी पाइन्छ । सुचनाहरु बटुल्नको लागि  मैले अरु वेबसाईटहरुबाट पनि सहयोग लिन्छु । धेरै नेपाली कलाकारसँग मेरो सम्पर्क र राम्रो सम्बन्ध भएकोले मलाई ब्लगिङ गर्न सजिलो भएको छ र यसले मेरो ब्लगलाई अरु भन्दा भिन्न बनाएको छ ।   

आजभोलि ब्लगिङमा धेरैको रुची देखिन्छ तर सबैका ब्लग हिट हुन सक्दैनन्  तपाइको ब्लग युवापुस्तामाझ निकै लोकप्रिय यो सफलताको रहस्य के हो ?   

धेरै ब्लगरहरु योजना बिना ब्लग बनाउनु हुन्छ जस्तो लाग्छ । आफ्नो दिर्घकालिन योजना हुन पर्छ र त्यसमा लागि रहन दृढता चाहिन्छ । मैले ब्लग र युट्युब सुरु गरेको धेरै भइसक्यो । यसमा लागि रहन धैर्यता चाहिन्छ र अरुको लागि नभएर आफुलाई रुची लागेर गर्नु पर्छ ।       

तपाइको ब्लगमा पाठकका प्रतिकियाहरु पनि धेरै आउने गर्छन ति प्रतिकृयालाइ कसरी लिनुहुन्छ?

ब्लगबाहेक इमेल, युट्युबमा पनि धेरै प्रतिकिया आउने गर्दछन् । मलाई रमाइलो लाग्छ कसैले मेरो ब्लग हेर्दै हुनुहुन्छ भनेर । राम्रो र नराम्रो प्रतिकिया दिने सबै जनालाई धन्यवाद दिन चाहन्छु । उहाँहरुको साथ पाएर नै मेरो ब्लग सफल भएको छ ।    

कुनै त्यस्तो पाठक प्रतिकृया जो तपाइ यतिखेर सम्झिन चाहनुहुन्छ ?

एक जना अष्ट्रेलियामा हुनु भएको पाठकले धन्यवाद तपाईंको ब्लग नेपाली स्याटलाईट जस्तो छ जसमा नयाँ-नयाँ जानकारी पाउन सजिलो भएको छ भन्नु भयो । 'नेपाली स्याटलाईट' भन्दा रमाइलो लाग्यो ।

ब्लगिङ गर्दा के के कुराहरुमा ध्यान दिनुपर्छ ?

लेखाइमा धेरै ध्यान दिनुपर्छ । कहिलेकाँही मिती वा नाम गलत भएर पनि धेरै विवादमा पर्न सकिन्छ । त्यसबाहेक लेख्ने तरिका नयाँ हुनुपर्छ । अरु नै माध्यमबाट पढिसकेको भए पनि फेरी पढुँ-पढुँ लाग्ने हुनु पर्छ । ब्लगलाई समय-समयमा अपडेट गरी रहनुपर्छ र पाठकलाई केहि नयाँ कुरा दिने प्रयास गर्नु पर्छ ।

अहिलेको ब्लगिङ ट्रेण्डलाइ कसरी हेर्नुभएको ?

राम्रो छ । यो एउटा नयाँ तरङ्ग हो र सबै जनाले प्रयास गरेको देख्दा खुशी लाग्छ । यो तरङ्गले धेरै किसिमका फरक-फरक विषयलाई प्रकाशमा ल्याएका छन ।  

के ब्लगिङले आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गर्छ ?

अवश्य गर्छ । आफ्नो ब्लगमा जुन तरिकाले काम गरिन्छ, त्यो अनुसार नै मानिसको पहिचान बन्छ । आफुले समाजसेवी तरिकाको ब्लग बनाएको छ र त्यही कुरालाई हाइलाईट गरेको छ भने हेर्ने मानिसले त्यही अनुसारले लिन्छन । एउटा पहिचान आफै बन्छ ।  म मिडिया व्यक्तित्व होईन, कुनै टिभी वा म्यागेजिनमा काम गर्दिनँ तर मेरो ब्लग मनोरन्जनमा अधारित भएको हुनाले धेरै मानिसले मलाई मिडियापर्सनको रुपमा चिन्नुहुन्छ । 

ब्लगरहरु आफ्नो मनमा जे लाग्छ त्यही कुरा लेख्छन भनिन्छ तपाइलाइ के लाग्छ ब्लगरका लागि आचासंहिता चाहिन्छ?   

चहिँदैन । ब्लग भनेको नै अफुलाई जे लेख्न मन लाग्छ त्यो लेख्न पाउने ठाउँ हो । तर मानिसको एउटा कमजोरी भनेको नै आफ्नो बारेमा नराम्रो सुन्न सक्दैन । सयाद आफ्नो कमजोरीलाई देख्न नसकेर हो कि, मेरो ब्लगमा पनि कसैको बारेमा सत्य-तथ्य लेख्दा केहि अफ्ठ्यारो भएको छ ।   

ब्लगबाहेक तपाइ अरु कुन-कुन सोसिअल मिडियामा हुनुहुन्छ?

मलाई ट्विटर चलाउन एकदमै मन लाग्छ । फेसबुक चलाउन त एक किसिमको बाध्यता जस्तो छ । त्यो बाहेक युट्युब धेरै हेर्ने गर्छु । गुगल प्लसमा पनि अकाउन्ट छ तर धेरै चलाउने गरेको छैन ।    

अहिले सोसियल मिडिया पनि प्रभावशाली बन्दै गैरहेको छ । त्यसको भूमिकालाई कसरी हेर्नुहुन्छ ?   

सोसियल मिडियाको भूमिका प्रमुख छ । हामी सामाजिक संजालमा धेरै भर परेका छौँ । हाम्रो बारेमा केहि अपडेट गर्नु परेमा वा केहि नयाँ सुचना प्राप्त गर्न हामी फेसबुक,  ट्विटर जस्ता साइट चलाउन थालेका छौँ । यसले राम्रो साथै नराम्रो प्रभाव पनि पारेको छ । धेरै मानिसलाई एक ठाँउमा ल्याउन सोसियल मिडियाले ठुलो भूमिका खेलेको छ ।    

मलाई के लाग्छ भने सोसियल मिडिया चलाउने व्यक्तीले के शेयर गर्ने के नगर्ने भन्नेबारे अलिक सतर्क  हुनुपर्‍यो । हामीले नराम्रो तरिकाले सोसियल मिडिया चलाउन थाल्यौँ भने यो धेरै खतरनाक हुनेछ ।    

परिवर्तनका लागि ब्लगिङ सोसियल मिडियाको भुमिका के रहेको छ

२००६ मा भएको लोकतान्त्रिक आन्दोलनमा ब्लगले विदेशमा रहेका नेपालीलाइ नेपालमा के भइरहेको छ भनेर बुझ्न निकै राम्रो भूमिका खेलेको थियो ।  नेपाल युनाइट्स जस्तो अभियान पनि सोसियल मिडियाकै कारण सम्भव भएको हो । म आशा गर्छु आउँदो दिनमा पनि हामी नेपालीहरु सोसियल मिडियाको माध्यमबाट यस्तै राम्रो परिवर्तन गर्न सक्छौँ भनेर । 

लेक्सको ब्लग लिन्क :  http://www.lexlimbu.com/ 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on August 16, 2012 at 3:31am

congrates to my dear friend lex.

Comment by Shruti Shah on August 15, 2012 at 4:47pm
♫ ♬♪♩♭♪♯ Cᴏɴɢʀᴀᴛᴜʟᴀᴛɪᴏɴs Lᴇx ♫ ♬♪♩♭♪♯
Comment by Durga Lamichhane on August 15, 2012 at 4:44pm

Congratulations Lex! Keep blogging! 

Comment by Prakash Lamichhane on August 15, 2012 at 4:31pm

Congratulations Lex... :)

Comment by Indra Dhoj Kshetri on August 15, 2012 at 4:28pm

Congratulations Lex! You are rocking and wish you brighter days ahead.

Comment by Ajeeta Sigdel on August 15, 2012 at 4:25pm

Congratulations Lex 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service