साताको ब्लगर: सुधा सुबेदी

सामाजिक संजाल र विशेषगरी ट्वीटरमा सकृय सुधा सुबेदी एक जागरुक युवा हुन । त्रिभुवन विश्वविध्यालयबाट सोसल वर्कमा  स्नातक तेस्रो वर्षको परिक्षा दिएर नतिजाको पर्खाइमा छन् उनी । काठमाडौंको ढुङ्गाअड्डामा निवासी सुधा बिभिन्न संघ संस्थामा स्वयंसेवी रुपमा सामाजिक कार्यमा पनि सकिय्र छिन् ।  

सुधा २०१२, मार्चमा भएको मिस नेसनल क्विन प्रतियोगितामा सेकेन्ड रनर-अप भएकी थिइन । यसको अनुभव उनले आफ्नो ब्लगमा व्यक्त गरेकी छिन http://sudhasubedi.blogspot.com/2012/04/miss-national-queen-2012-experiences.html

आफ्नो समाजको लागि,  देशको लागि केहि गर्न मन भएर सोसिअल वर्क  पढेको उनी बताउँछिन् । अहिलेको युगमा सुचना एकदमै जरुरी भएकोले सुचनाको आदान - प्रदान गर्न सामाजिक संजालले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछिन । ब्लगिङको बारेमा सिक्दै गरेको र ट्विटरमा सकृय सुधासँग हामीले समाजिक संजाल, यसको महत्व र समाजिक संजालमा युवाको सहभागिताको बारेमा कुरा गरेका छौँ :  

दिनचर्या कसरी बित्छ तपाईंको

अहिले युथ एक्सन नेपालमा आंशिक रुपमा काम गर्छु । www.youthsouthasia.net  भन्ने साइट छ त्यसलाई प्रवर्धन गर्छु ।  हामी १० वटा कलेजहरुमा सोसल मिडिया र साइबर अपराधसम्बन्धी जानकारीको दिने कार्यक्रम गर्दैछौँ । त्यसैको लागि  अलि व्यस्त छु । त्यो बाहेक बाहिर पढ्न जाने बिध्यार्थीको लागि  परामर्श पनि दिने गर्छु । स्थानीय क्लबबाट हुने बिभिन्न कार्यक्रममा पनि सक्रिय छु । हामीले ट्विटरबाट गाँउमा किताब भन्ने अभियान पनि गरेका छौँ । त्यसमा पनि संलग्न छु ।

ब्लगिङ कहिले देखि  थाल्नुभयो

धेरै भएको छैन । त्यस्तै चार - पाँच महिना भयो । www.sudhasubedi.blogspot.com मेरो ब्लग हो । अहिले चाँही कविताहरु  पोस्ट गरेको छु ।  तर अझै पनि म ब्लगिङबारे सिक्दै नै छु ।

तपाईं ट्विटरमा कसरी प्रवेश गर्नु भयो

म करिब १ बर्षदेखी माइक्रो ब्लगिङ ट्विटरमा सक्रिय छु । मैले पत्र-पत्रिकामा ट्विटरको बारेमा लेखेको थाहा पाएँ । अनि म बलिउड हिरो सलमान खानको फ्यान हुँ । अब ट्विटरबाट झन धेरै कुरा थाहा हुने भयो भनेर मैले ट्विटर सुरु गरेँ । ट्विटर चलाउन थालेपछी सबै कुरा अपडेट हुने भयो । ट्विटर नेपालमा एउटा समुह नै रहेछ । अनि अरुलाई थाहा नभएको कुरा आफुलाई थाहा हुने अनि आफ्नो कुरा पनि अपडेट गर्न मिल्ने ।

नागरिक पत्रकारिताको बारेमा पनि बिस्तारै बुझ्दै गएँ । त्यहाँ आकार अनिल र अरु साथीहरुबाट पनि बुझ्दै गएँ । तर ट्विटरमा चाँही सकृय छु । 

ट्विटर नै किन ?

मन मिल्ने साथीसँग भेट हुन्छ । विश्वमा भरहेका घटना र मानिसहरुका विचार पनि बुझ्न सकिन्छ । यसबाट पहिले नै समाचार थाहा हुन्छ । कमेन्ट गर्ने र आफुलाई लागेको कुरा ट्वीट गर्न सकिन्छ ।  म युवाको क्षेत्रमा काम गरिरहेको भएर सुचना लिन र दिनको लागि  पनि यसको प्रयोग गर्छु ।

सामाजिक संजालमा युवाको सहभागिता कस्तो देख्नु भएको छ ?

सामाजिक संजालमा विशेष गरी युवाको नै सहभागिता देखिरहेको छु । नेपालको सन्दर्भमा सोह्र देखि चालिस वर्ष उमेरसमुहका मानिसलाई युवा भनिन्छ । यही समुह नै सामाजिक संजालमा छ । अहिले आएर बिस्तारै पुरानो पुस्ता पनि सामाजिक संजालमा आइरहनुभएको छ ।

ट्विटर लगायत अरु सामाजिक संजालमा के भूमिका खेल्न सक्छ युवाहरुले ?

आफुलाई लागेको कुरा व्यक्त गर्ने ठाँउ हुँदैन । हामी वरिपरि भएरहेको घटनाबारे सुचना आदानप्रदान गर्ने माध्यम पनि हो सामाजिक संजाल । अहिले यसो हेर्दा युवाहरुको नैराश्यता, बितृष्णा पोखिएको पाइन्छ ।

युवाहरुको लागि  ट्विटर, ब्लग, फेसबुक जस्ता सामाजिक सञ्जाल एउटा प्ल्याटफर्म हो आफ्नो उपस्थिती जनाउने । आफुलाई लागेको कुरा चाहे राजनितीको बारेमा होस्, चाहे कुनै फिल्मको बारेमा होस् आफ्नो मत राख्न सक्ने, आफुलाई प्रस्तुत गर्न सक्ने र आफ्नो जस्तै सोच भएका संसारभरिका मान्छेहरुसँग कनेक्सन बनाउने, आफ्नो छुट्टै एउटा अस्तित्व र पहिचान बनाउन सामाजिक संजालको महत्वपूर्ण भूमिका हुन्छ । 

सामाजिक संजालको सकारात्मक पक्ष के के हुन ?

अहिले सुचनाको जमानामा सामाजिक संजाल नहुनु भनेको सुचनाको गरीब हुनु जस्तै हो । यसबाट धेरै कुरा, विश्वभरीको कुरा थाहा पाइन्छ ।  सबैभन्दा राम्रो कुरा आफुलाई व्यक्त गर्ने एकदमै राम्रो ठाँउ हो।

नकारात्मक पक्ष ?

यो सार्वजनिक हुन्छ । त्यसैले अलिक बढी सचेत हुनु पर्छ । जिओ लोकेसन अन गर्‍यो भने नराम्रो घटना पनि आइरहेको हुन्छ । चोरी र अरु नराम्रो घटना भएरहेका हुन्छन् । दुर्घटना भयो भनेर पैसा ठग्ने तर वास्तबमा दुर्घटना नै नभएको जस्ता उदाहरण पनि छन् । कति  झुठो र साँचो भन्ने थाहा हुँदैन । आवेशमा आएर जे पनि पोस्ट गर्ने जस्तो नराम्रो प्रवृत्ती छ ।  अलि होसियार भएर चलाउनुपर्छ । अरुको पोस्ट शेयर गर्दा पनि सही छ कि छैन भनेर विचार पुर्‍याउनु पर्छ ।

आफु एक सकृय युवा हुनुहुन्छ । युवालाई के सुझाव दिनुहुन्छ ?

धेरै वितृष्णा  छ देशको राजनैतिक अवस्थाले गर्दा । तर सधै भरी यतिकै हुँदैन बिस्तारै ठीक हुँदै जान्छ । अरुको भर नपरौँ आफ्नो क्षेत्रबाट काम गर्दै जाउँ । किनभने यहाँ पनि उन्नती , प्रगती भएको धेरै उदाहरण छन । अहिले युवाहरु पनि धेरै कृयाशिल हुनुहुन्छ । कतिपय युवाहरुले तरकारी खेती, गोलभेडा खेतीबाट पनि राम्रो गरिरहनु भएको छ । आफुमा भएको क्षमता बुझेर काम गर्दै अगाडी बढ्दै गएमा राम्रो हुन्छ ।   

सामाजिक संजाललाई कसरी देश विकास र अभियानमा प्रयोग गर्न सकिन्छ

नेपालमा त पहिले इन्टरनेट प्रयोगकर्ताको संख्या नै कम थियो । अहिले बिस्तारै बढ्दै छ । सामाजिक संजालले पुलको जस्तै काम गर्छ । हाम्रो गाँउमा किताब भन्ने अभियान पनि सामाजिक संजालबाटै सुरु भएको हो । फेसबुकको नेपाल युनाइट्स भन्ने समुह अहिले अलि निस्कृय छ । तर त्यो समुहले युवाहरुले राजनितीलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदियो । युवाहरुलाई अगाडी ल्याएर र्‍याली, सडकको भित्तामा चित्र बनाउने, खोला सफा गर्ने आदी बिभिन्न कृयाकलापमा सहभागी गराएको थियो ।  विश्वमा हेर्ने हो भने धेरै अभियान भएका छन । ति मध्य slut walk: walk for respect  भन्ने एउटा अभियान सुरु भयो जसले सार्वजनिक स्थलमा महिलामाथि हुने यौनिक हिँसा हटाउने अभियान नै सुरु गर्‍यो । र हाम्रै देशमा पनि बिभिन्न संस्थाले कुनै न कुनै अभियान गरिरहेकै छन् ।

मेरोरिपोर्ट कस्तो लाग्छ तपाईंलाई ?

मेरोरिपोर्टको नागरिक पत्रकारिता प्रवर्धन गर्ने काम एकदमै सह्रानिय छ । यो आफ्नो कुरा व्यक्त गर्ने राम्रो प्लाट्फर्म हो ।  मेरोरिपोर्टको प्रचार अलि बढी गर्नुपर्‍यो । 

 

सुधाको ब्लग:                  www.sudhasubedi.blogspot.com

सुधाको ट्वीटर ह्यान्डल :    @sudhasubedi 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:

अनन्त कोईराला

शेखर ढकाल (यात्री शेखर)

झलक पौडेल
प्रेमप्रसाद पौडेल
पागलबस्ती (कुमार फुयाँल)
 वसन्त गिरी
प्रतिभा चालिसे
गोपाल त्रिताल
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
सबिन ज्ञवाली
किशोर शर्मा
रमन पनेरु
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sudha Subedi on July 29, 2012 at 12:03pm

Thank you Bishnu dai :)  @PagalBasti dai: Dhanybaad dai, khula hridayale swikaariyo hajurko badhai! :D
@Dr.Surya Parajuli: Thank you so much :)  
@Anubha ji: Thank you so much :)

Comment by Dr Anubha Singh on July 28, 2012 at 6:02pm

congratulation sudha ji.. 

Comment by Dr. Surya B. Parajuli on July 28, 2012 at 9:15am

Congratulation.......

I liked your vision & mission....

www.drsathi.blogspot.com

Comment by Pagal Basti on July 27, 2012 at 7:47pm

बधाइ है हाम्रा तर्फबाट पनि। स्विकार होस

Comment by Bishnu B. Khatri on July 27, 2012 at 9:49am

Congratulations Sudha !!!

Comment by Sudha Subedi on July 27, 2012 at 8:50am

Thank you so much Mero Report for featuring me as Blogger of the week! :)
@Ananta Dai:Thanks dai. :)
@Sabin ji: thank you,huss, sikdai chu blogging.Thanks, aru kura haru ni post garnechu aba!!!Thanks
@Muna: Thankyou Muna :)

@binayashekhar dai: Thank you so much dai for motivating and good words. I know i am more into micro blogging twitter than blogging. Hope i ll be able to stand on your expectations. Thank you so much once again. :)
@Prem Paudel ji: Thank you for reading the interview and manparaaidinu vayeko ma ni dherai dherai dhanyabaad :))
@Yatri Shekhar: Dhanyabaad :)
@Trilochan Bhattarai: Thank you
@Prakash dai: dherai dherai dhanyabaad dai :)
@Indradhoj dai: Thank you so much dai!!! :)

Comment by Indra Dhoj Kshetri on July 26, 2012 at 11:49am

Congratulations Sudha! Keep up your activism, volunteerism and writing!

Comment by Prakash Lamichhane on July 26, 2012 at 11:47am

धेरै धेरै बधाइ छ सुधा ।

Comment by Trilochan Bhattarai on July 26, 2012 at 9:46am

congratulation....

Comment by Yatri Shekhar on July 25, 2012 at 10:54pm

बधाइ छ :) सुधा जीलाइ साताको ब्लगर हुनुभएकोमा 

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on July 25, 2012 at 10:04pm

बधाई छ सुधाजीलाई साताको ब्लगर हुनु भएकोमा ।।। ''अहिले सुचनाको जमानामा सामाजिक संजाल नहुनु भनेको सुचनाको गरीब हुनु जस्तै हो ।'' यो सार्हे मन पर्यो ।।।

 

Comment by Binaya Shekhar on July 25, 2012 at 9:02pm

Congratulations Sudha. There are very few youth in the society who are creative and constructive. Reading your opinion in this section I got sense that you belong to those group of youth who want to make significant changes in the society by doing constructive actions. Wish you all the best. As you said MeroReport has given youth like you platform loud your voice it expects more contribution from you by posting your blog on contemporary issues, promoting discussion and more. Congratulations once again. 

Comment by Amuna Chapagain on July 25, 2012 at 4:57pm

Congratulations  Sudha !! 

Comment by sabinsingh on July 25, 2012 at 4:21pm

बधाइ छ :) कविता बाहेक अरु पनि पढ्न पाउँ :))

Comment by Ananta Koirala on July 25, 2012 at 4:16pm

Congratulations... Hope to see more writings from you.

Comment by MeroReport on July 25, 2012 at 4:04pm

Congratulations !! 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service