साताको ब्लगर: शेखर ढकाल (यात्री शेखर)

विगत १० बर्ष देखि मोरङ र सुनसरीमा रहेर पत्रकारिता गरिरहेका शेखर ढकाल साहित्य क्षेत्रमा यात्री शेखरको नामले कलम चलाउँदै आएका छन । उनले नेपाल गजल प्रतिष्ठानको अध्यक्ष  र कलालय इटहरीको सदस्यको जिम्मेवारी पनि समालिरहेका छन ।
स्थायी बसोवास टकुवा ७ मोरङ भएका यात्री शेखर हाल इटहरी ५ सुनसरीमा बसोबास गरिरहेका छन । उनी  भ्रमण गर्न र लेख्न निकै रुची राख्छन ।
आफ्नो ब्लगलाई रचनाहरुको संग्रह बनाएको र पत्रकारितामा लेखेका नौला र रमाइला बिषयका साथ-साथै तस्विरलाई समेत ब्लगमा समावेश गर्दै आएका यात्री शेखरलाई हामीले यस साता साताको ब्लगरको रुपमा प्रस्तुत गरेका छौँ ।

प्रस्तुत छ उहाँसँग गरिएको कुराकानी : 

तपाईंको पेशाको बारेमा बताइदिनुस न ? 

मेरो पेशा पत्रकारिता हो । २०५९ सालदेखि निरन्तर म यो पेशामा छु । २०५९ सालमा मोफसल साप्ताहिकबाट सुरु भएको पत्रकरिता ब्लाष्ट दैनिक, सप्तकोशी एफएम, प्रतिदिन दैनिक हुदै अहिले कारोबार दैनिक र रेडियो नेपालमा सुनसरी सम्वाददाता र कलेज टाइम्स मासिकमा समाचार सम्पादकका रुपमा कार्यरत छु । 

तपाईं सोसिअल मिडियामा कसरी प्रवेश गर्नुभयो ? 

मेरो पेशा नै पत्रकारिता भएकाले मैले पत्रकारिता सुरु गरेसगैं सोसिअल मिडियामा प्रवेश गरेजस्तो लाग्छ । पत्रकारिताकै शिलशिलामा २०६४ सालदेखि सप्तकोशी एफएममा समाचार सम्पादक भएर काम गर्न थालेपछि इन्टरनेटको दुनियाँमा बढी समय बित्न थाल्यो । सुरुका दिनमा याहु म्यासेन्जर च्याट, हाइफाइभ आदि धेरै चलाइयो । त्यसपछि ब्लग, फेसबुक, ट्वीटरलगायतका सोसिअल साइटमा बढि सक्रिय भइएको छ । तर मुख्य त पत्रकारिता नै प्राथमिकतामा छ अरु बचेको समयमा चलाउने हो । 

ब्लगिङ कहिले देखि गर्न थाल्नु भयो ?

म सप्तकोशी एफएममा कार्यरत रहेका वेला २०६५ सालतिर मैले अनलाइन खबर भन्ने वेवपत्रिकामा वेला वेला समाचार पठाउँथे । त्यसवेला त्यसका सम्पादक शुरेश भुषालले देखाएको  रेसुङ्गा ब्लगले मलाई लोभ्यायो । मैले शुरेशसगैं ब्लग बनाउन सिके र सुरुमा ब्लग डटममा ब्लग बनाएँ । मलाई त्यो त्यति मन परेन अर्निे ब्लग ब्लगस्पोटमा बनाएँ । त्यसमा पनि नाम मन परेन । बर्डप्रेसमा पनि बनाएँ बर्डप्रेस मलाइ सजिलो लागेन । फेरी ब्लगस्पोटमा अहिलेको ब्लग बनाएको हुँ अहिले यसलाई डोमेन लिएर चलाइरहेको छु । यसरी धेरैवटा ब्लगिङ् सुरु भयो ।  

ब्लगिङ नै किन ?

नहराउने, ननासिने, नजल्ने र नचोरिने डिजिटल डायरी भएकाले गर्दा ब्लगिङ दिनानुदिन लोकप्रिय हुँदैछ । आफ्ना भावनाहरु कापिका पानामा लेख्दा हराएर जान्छन् । अरुलाई देखाउने वेलामा भेट्न मुस्किल हुन्छ । ब्लगमा आफ्ना भावना विचारलाई संग्रह गरे राख्न सजिलो भएको छ आफ्ना साथीभाइ आफन्त जति टाढा भएपनि सजिलै देखाउन सकिने भएकाले ब्लगिङ गर्नुपछै भन्ने लाग्यो । अहिले त नेपालीहरुको इन्टरनेटमा पहुँको मात्रा पनि बढ्दो छ त्यसकारण व्लगिङको भविष्य पनि राम्रो बन्दै गैरहेको छ । ब्लगिङले गर्दा आफ्ना लेख रचना अरुका साइटमा वा पत्रिकामा प्रकाशन नगरे पनि पाठकहरु पाउन सकिन्छ । 

कति समय दिनु हुन्छ ब्लगिङमा ?

मैले ब्लगिङ सुरु गर्दा डिजाइन र नयाँ सामाग्री अपलोड गर्न धेरै समय ब्लगलाई छुट्याएको थिए । अलिे कामको व्यस्तताले गर्दा कहिले १५ दिनमा कहिले महिना दिनमा मात्र ब्लग अपडेट गर्ने गरेको छु ।  

आफ्नो ब्लगमा के के समावेश गर्नु भएको छ ?

मैले ब्लगलाई खासगरि आफ्ना रचनाहरुको संग्रह नै बनाउँन खोजेको छु । र पत्रकारितामा मैले लेखेका नौला र रमाइला बिषयका साथ साथै तस्विरलाई समेत ब्लगमा समावेश गर्दै आएको छु ।  

ब्लगिङले स्वतन्त्र अभिव्यक्तीमा के भूमिका खेल्छ ?  

ब्लगिङ आफैमा पत्रकारिता पनि हो जस्तो लाग्छ मलाई । पत्रकारितामा पत्रकारले लेखेका या लेखकहरुले लेखेका लेख रचनाहरु सम्पादकले सम्पादन गर्दछन् । तर ब्लगमा संकलक, लेखक र सम्पादक आफै भएकाले आफुलाई लागेका सबै कुराहरु जस्ताको त्यस्तै राख्न र पाठक शुभचिन्तकसम्म पुर्याउन सकिन्छ । त्यसैले आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता ब्लगिङमा छ ।  

तपाईं मुलधार पत्रकारिता गरीरहनु भएको छ । ब्लगिङ र मुलधार पत्रकारितामा के फरक छ ? 

खासमा ब्लगिङ पनि पत्रकारिता नै हो । अहिले आएर नागरिक पत्रकारिता र न्यु मिडियाको चर्चा भैरहेको छ । ब्लगिङ पनि यस्तै पत्रकारितामा पर्छ भन्ने मलाई लागेको छ । फरक यत्ति हो मुलधारको पत्रकारिताका लागि संगठित समुह र संस्था अवश्यकता पर्छ भने ब्लगिङ एक्लो व्यक्तिबाटै सम्भव छ । यसकारण यी दुवैमा खास फरक पाइदैन । तर गुणस्तर र विश्वसनियताका लागि भने ब्लगर आफैले मेहनत गर्नुपर्छ । मुलधारको पत्रकारितालाइ सबैले विश्वास गर्छन भने ब्लगिङ विश्वसनिय हुनसकेको छैन ।  

अहिलेको ब्लगिङ ट्रेन्डलाई कसरी हेरीरहनु भएको छ ?

हामीकहाँ धेरै ब्लगहरु लहडमा खोलिएका छन् । धेरैले ब्लग खोलेर पनि निरन्तरता नदिएको अवस्था छ । केहि ब्लगहरु निरन्तर छन् । तिनका पाठकहरु नेपालका चर्चित समाचार साइटहरु जत्तिकै छन् । धेरैजसो नेपाली ब्लगरहरुले आफ्नो ब्लगलाई पठनिय बनाउँन मेहनत नगरेको मैले पाएको छु । मुख्य समस्या भनेकै निरन्तर समाग्रीहरु अपलोड नगर्नु नै हो । कतिपय ब्लगरहरुले ब्लगलाई आफ्ना सिर्जना र कार्यलाई संग्रह गर्ने र अरु समक्ष पुर्याउने दरिलो माध्यम बनाएका छन् । पछिल्लो समय संघसंस्थाहरु समेत ब्लगमा आर्कर्षित भएका छन् । ब्लग प्रतिको आर्कषणले ब्लग बनाउको संख्या दिनानुदिन बढ्दो छ । यो संगसगैं ब्लगमा गुणस्तरियता र विश्वसनियताका कुरा उठेका छन् ।  धेरैले ब्लगमा जे पायो त्यहि प्रकाशन गर्ने क्रम पनि बढेको छ । 

ब्लगिङ गर्दा ध्यान दिनु पर्ने कुरा के हुन  ?

ब्लगिङ गर्दा ध्यान दिनु पर्ने कुरालाई बुदाँगत रुपमा राख्न मन लाग्यो 

१. निरन्तरता

२. बिषयबस्तु छनौट

३. प्रस्तुती र भाषशैली

अहिलेको प्राबिधिक युगमा नयाँ मिडियाको आकर्षण बढ्दो छ । यसको प्रयोग कसरी भइरहेको छ जस्तो लाग्छ तपाईंलाई ?

प्रविधिसगै नयाँ मिडियाको आर्कषण बढ्नु स्वभाविक हो । खासगरि मोवाइलले गर्दा इन्टरनेटको पहुँच कुना- कुना सम्म पुगेको छ । मोवाइलमै फेसबुक र ट्वीटर र मिग जस्ता सामाजिक संजालमा रमाउनेको जमात बढ्दो छ । युवा युवतीहरु मिग  र फेसबुकमा घण्टौ हराउन थालेका छन् । यसैको प्रयोग गरेर धेरैले आफ्ना काम पनि सहज रुपमा सम्पन्न गरेका छन् । मानिसहरु भेला गर्न र सुचनाको चाँडो प्रवाहिकरणका लागि नयाँ मिडियाको प्रयोग भइरहेको छ । सामाजिक अभियान चलाउन र आपतमा परेकालाई सहयोग गर्न समेत नयाँ मिडियाको प्रयोग हुन थालेको छ ।  

सुचनाको आदान-प्रदानमा नयाँ मिडियाले के भूमिका खेलेको छ?

पहिले पहिले सुचना एक-ठाउँबाट अर्को ठाउँमा पुर्याउन धेरै खर्च र समय पनि लाग्थ्यो । अहिले नयाँ मिडियाको विकासले विना खर्च सुचनाहरु एकै पटक हजारौ ठाँउमा पुर्याउन सकिन्छ । ट्वीटरमा ट्वीट गरिसक्दा मिनेटभरमा हजारौले सुचना पाइसकेका हुन्छन् । फेसबुकमा त्यसरि नै सुचना प्रवाह गर्न सकिन्छ । 

नागरिक पत्रकारिता प्रवर्धनको लागि मेरोरिपोर्ट सुरु भएको छ । मेरोरिपोर्ट कस्तो लाग्छ तपाईंलाई ?

‘हरेक नागरिक पत्रकार हुनसक्छ’ यो भनाइलाई पुष्टि गर्न भनौं या नागरिक पत्रकारितालाई प्रर्वद्धन गर्न मेरोरिर्पोट सुरु गरेकोमा इक्वेल एक्सेस धन्यवादको पात्र छ । कसै न कसैले यो सुरु गर्नु आवश्यक पनि थियो किनकी सबै ठाउँमा पत्रकार पुग्दैनन् । त्यस ठाउँका सामाग्रीहरु पनि अरु ठाउँका लागि मार्गदर्शन र प्रेरणाको स्रोत बन्न सक्छ । समाजमा भएका उदाहरणीय कामलाई बाहिर ल्याउनु नै पर्छ त्यसका लागि पनि मेरो रिर्पोटले थालेको नागरिक पत्रकारिता कोशेढुंगा हुन्छ भन्ने लागेको छ । 

केहि सुझाव छन ?

मेरोरिपोर्टले थालेको कार्य सह्रानिय छ । यसले निरन्तरता पाओस् ।  आगामी दिनमा सर्वसाधारणले यसलाई आफ्नै ठान्ने हुन् सकोस । त्यसका लागि यसले सहभागिता बढाउँनलाई पहल गर्नुपर्ने आवश्यकता छ । भोलीका दिनमा यो एउटा सुचना विचार र सिर्जना साटासाट र अभिव्यक्त गर्ने सशक्त माध्यम हुने निश्चित छ ।

 

शेखरको ब्लग:                  http://www.yatrishekhar.com/

शेखरको ट्वीटर ह्यान्डल :    @YatriShekhar



 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
झलक पौडेल
प्रेमप्रसाद पौडेल
पागलबस्ती (कुमार फुयाँल)
 वसन्त गिरी
प्रतिभा चालिसे
गोपाल त्रिताल
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
सबिन ज्ञवाली
किशोर शर्मा
रमन पनेरु
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Yatri Shekhar on February 6, 2015 at 5:36pm

अहिले मेरो डोमेन ह्याक भएर उहि पूरानो ब्लगस्पोटमा रहेको जानकारी गराउँछु । मेरो ब्लग स्पोट ठेगाना  www.yatrishekhar.blogspot.com

Comment by Yatri Shekhar on July 18, 2012 at 1:49pm

मेरो रिर्पोट टीम र बधाइ दिने सबै शुभ चिन्तकलाइ  धन्यवाद 

Comment by Kranti Darai on July 17, 2012 at 12:53pm

congratulations Sekhar ji :)

Comment by Indra Dhoj Kshetri on July 13, 2012 at 5:25pm

बधाइ छ शेखर जी !!!

Comment by Binaya Shekhar on July 13, 2012 at 5:10pm

Badhai chha chineko manchhe lai. 

Comment by Prakash Lamichhane on July 12, 2012 at 10:07am

बधाइ छ शेखर जी ।

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on July 11, 2012 at 7:19pm

 ल ! शेखर ढकाल (यात्री शेखर) जीलाई बधाई छ 

Comment by Amuna Chapagain on July 11, 2012 at 3:31pm

Congratulations 

Comment by Ajeeta Sigdel on July 11, 2012 at 3:23pm

Congratulations !! 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service