साताको ब्लगर: झलक पौडेल

स्थायी घर स्याङ्जा भएका झलक पौडेल हाल फूलबारी, पोखरामा बसोवास गर्दै आएका छन् । उनी पृथ्वी नारायण क्याम्पसबाट स्नातक तहमा समाजशास्त्रमा अध्ययनरत जिआइजेडको एउटा प्रोजेक्टमा प्रोग्राम असिस्टेन्टको रुपमा कार्यरत छन् ।  उनको परिवारमा उनी सहित बुवा, आमा  र  दुई जना दाइ हुनुहुन्छ ।

इन्टर्नेट चलाउन एकदमै मन पराउने झलक आफ्नो ब्लगमा रचना-कथा  र  विशेषगरी  गजल, अनुभव, विचार पोस्ट गर्ने गरेका छन् । पुराना साथै नयाँ ब्लगरलाई प्रोत्साहन गर्ने क्रममा हामीले यस पटक झलक पौडेललाई साताको ब्लगरको रुपमा फिचर गरेका छौं । प्रस्तुत छ उनीसँग गरिएको छोटो कुराकानी : 

तपाईंको पेशाको बारेमा केही बताइदिनुस न ?  

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेथाडोन भन्ने प्रोग्राम छ त्यसमा प्रोग्राम अस्सिस्टेन्टको रुपमा तीन वर्षदेखि काम गर्दैछु । त्यस कार्यक्रम अन्तर्गत लागुपदार्थको दुर्व्यसनीमा परेका व्यक्तिहरुलाई सहयोग गर्ने गर्दछौं ।  मेथाडोन भन्ने एउटा  औषधी मार्फत दुर्व्यसनी छुटाउने सानो प्रयास गर्दछौं ।

हामीले दुर्व्यसनीलाई समाजमा पुन:स्थापित गराउन यो कार्यक्रम सञ्चालन गरेका छौं ।

जिआइजेड ले नेपाल सरकार मार्फत सहयोग गर्छ । पोखरा उप-महानगरपालिका र वरपरको क्षेत्रमा  लागुपदार्थको दुर्व्यसनीमा परेकालाई औषधी दिने र जनचेतना अभिवृद्धि गर्ने काम गर्छ ।

अब ब्लगिङको कुरा गरौं । कसरी ब्लगिङ गर्न थाल्नु भयो ?

मैले ब्लग भनेको के हो भन्ने थाहा नपाइकन नै खोलेको थिएँ । जि मेल चलाउँथें । त्यो बेलामा मलाई एउटा मेल आएको थियो । निःशुल्क वेब साइट चलाउने भन्ने । कसरी निःशुल्क वेब साइट बनाउने भनेर खोज्दै जाँदा ब्लग भन्ने भेटियो । यो आफ्नै वेब साइट हो भन्ने ठानेर मैले खोलें ।

कहिले देखि  ब्लगिङ गर्न थाल्नु भयो ?

सन् २००९ देखि । समयले भ्याएसम्म पोस्ट गर्ने गर्छु । कहिले-काहीँ अपडेट गरिरहेको छु ।

के -के पोस्ट गर्नु हुन्छ ब्लगमा ?

रचना – कथा , विशेषगरी  गजल , अनुभव, विचार  पोस्ट गर्ने गरेको छु । समसामयिक  विषयमा पनि लेख्ने गर्छु । 

आफ्नो ब्लगको नाम  a brief look  राख्नु भएको छ । यसको कारण ?  

मेरो नाम झलकको अर्थ छोटो हेराइ भएकोले a brief look  राखेको हुँ । 

पछिल्लो पटक  के पोस्ट गर्नु भयो ?

मेरो जन्मदिनको उपलक्ष्यमा मेरा २२ बर्ष #story #experience लेखेँको थिएँ ।  मेरो २२ वर्षका अनुभव, आजसम्म भोगेका, जानेका कुरालाई लेख्ने प्रयास गरेको छु ।

कस्तो प्रतिकिया पाउने गर्नु भएको छ ?   

फेसबुक , ट्वीटर , इमेल र फोनबाट प्रतिकिया आउने गर्छन् ।  ब्लगमा नै कमेन्ट आउने त थोरै हुन्छ  र हाम्रो बानी पनि के छ भने हामी पढ्छौं तर पढेको थाहा दिँदैनौं, कमेन्ट गर्दैनौं र रेस्पोन्स गर्दैनौं । 

ब्लगिङ गर्दा के कुरामा ध्यान दिनु पर्छ ?  के ब्लगिङमा अचार-संहिताको जरुरी छ ?

समाजमा उच्छृङ्खलता फैलाउने खालको कुरा पोस्ट गर्नु भएन । ब्लगर स्वयंको नैतिकताको पनि कुरा हो । नैतिक रुपमा आफैं सचेत हुने कुरा हो । छुट्टै नियम, अचार-संहिता  बनाएर बाँधिन्छन् जस्तो मलाई लाग्दैन ।

पोखरामा ब्लगिङ गर्ने ट्रेन्ड कस्तो पाउनु भएको छ ?

त्यति धेरै पाएको छैन ।

अहिले नयाँ मिडिया र सोसिअल नेट्वर्किङ साइटको कसरी प्रयोग भइरहेको छ जस्तो लाग्छ ?

व्यक्तिगत रुपमा मात्रै सिमित छ जस्तो मलाई लाग्छ ।

मेरोरिपोर्ट तपाईंलाई कस्तो लाग्छ ?

मेरोरिपोर्टले नागरिक पत्रकारिता गरिरहेको छ । यसको सदस्यले पोस्ट गर्न पाउँछन् ।  पोस्ट गर्न पाउँछौं । साताको ब्लगर स्तम्भले नयाँ पुराना ब्लगरलाई एकै ठाँउमा ल्याउने काम गरेको छ । यसकोलागि  म धन्यवाद दिन चाहन्छु ।

मेरोरिपोर्टलाई केही सुझाव दिन चाहनुहुन्छ

पाठकलाई ध्यान दिएर चलाउनुहोला भन्न चाहन्छु ।


झलकको ब्लग:  http://jhaluck.blogspot.com/

 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
प्रेमप्रसाद पौडेल
पागलबस्ती (कुमार फुयाँल)
 वसन्त गिरी
प्रतिभा चालिसे
गोपाल त्रिताल
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
सबिन ज्ञवाली
किशोर शर्मा
रमन पनेरु
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Indra Dhoj Kshetri on July 6, 2012 at 1:44pm
Congratulations Jhalakji! I agree with Binayashekhar that you can help blogging flourish outside the capital too. :)
Comment by Binaya Shekhar on July 5, 2012 at 8:10pm

Congratulations. Blogging is still new among many. As a prominent blogger you can promote blogging and encourage people of your community to use MeroReport to learn blogging and social media. Nice to read your opinion. 

Comment by Amuna Chapagain on July 5, 2012 at 10:32am

Congratulation !!!

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on July 5, 2012 at 9:42am

Congratulation Jhalak Jee !!!! 

Comment by Ajeeta Sigdel on July 4, 2012 at 4:29pm

Congratulations !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service