साताको ब्लगर: पागलबस्ती ( कुमार फुयाँल )

नयाँ र पुरानो पुस्ता, नयाँ र पुरानो प्रविधि, गाउँ र शहर, किसानी र डिजिटल व्यापार । यी सबै कुरालाई एउटै मानिसले जोड्न गार्हो छ । तर पागलबस्तीको नामबाट ब्लगिङ र ट्वीट गर्ने कुमार फुयाँलले यी सबै कुरालाई जोड्नुहुन्छ शायद ।

 

काठमाडौँको काँठ गोलढुङ्गामा उहाँको परिवारले खेतीपाती र गाईपालन गर्छ । उहाँ बिहानै बजारमा दुध पुर्याउनुहुन्छ र पुग्नुहुन्छ असनस्थित कार्यशाला जहाँ मोबाइल र कम्प्युटर मर्मत गरिन्छ । नयाँ नयाँ डिजाइनका मोबाइलमा आउने समस्याहरु समाधान गर्न इन्टरनेट सर्फ गर्नुहुन्छ ।

 

यही इन्टरनेटसितको सामीप्यताको कारण दिनभर ट्वीट गर्न पनि भ्याउनुहुन्छ र आक्कल झुक्कल आफ्नो ब्लगमा पनि लेख्नुहुन्छ । हो, सामाजिक मिडियामा पागलवस्ती भनेर चिनिने कुमार फुयाँललाई हामीले यो साताको ब्लगरको रुपमा छानेका छौँ । उहाँसितको कुराकानी तल प्रस्तुत गरिएको छ ।

 

शुरु गरौँ तपाईंको व्यक्तिगत जीवनबाट । सामान्य रुपमा तपाइँको दिनचर्या कसरी बित्छ ?

म किसान कम प्राविधिक हुँ । म गाउँमा बस्छु । त्यहाँ खेत छ घरमा टन्न गाइ-वस्तु भएको हुनाले म बिहान सबेरै काठमाडौंमा दुध बेच्छु । अनि त्यो काम सकाइसकेपछि प्राविधिकको रुपमा वर्कसपमा बस्छु । बेलुका फेरी किसान बनेरै घर फर्कन्छु ।

अब असार आयो । बार्ह - पन्ध्र दिन वर्कसप बन्द हुन्छ । धान पनि रोप्नु पर्‍यो । यसरी नै चल्दै छ ।

 

तपाईं किसान हुनुहुन्छ । कसरी प्रविधी र किसानको पेशाको सामिप्यतालाई मिलाईरहनु भएको छ ?

मैले अघि नै बताएँ म किसान कम प्राविधिक । खेती किसानीको काम धेरैमा चार महिना चल्छ । बाँकी समय म आफ्नो वर्कसपमा समय दिन्छु ।

 

तपाईं सबै क्षेत्रमा उतिकै सकृय भएर काम गरिरहनु भएको छ । कसरी समय मिलाई रहनु भएको छ ?

मेरो प्राविधिक समस्या हलदेखि लिएर मलाई चाहिने कन्टेन्ट सबै इन्टरनेटमा पाइँदो रहेछ । मेरो कार्यशालामा दसदेखि बार्ह घन्टा सम्म बस्छु त्यसको धेरै जसो समय इन्टरनेटको अगाडी हुनुपर्छ । त्यसैले केहि लेखी हालौँ, साथीहरुले के लेखेका रहेछन, अथवा समाचार के ब्रेक भएको छ भनेर हेर्ने गर्छु ।

 

संचार प्रविधी र नयाँ प्रविधी कसरी चलाउन थाल्नु भयो ? 

२०४८ सालमा एसएलसी पास गरेपछि नेपाल क्याम्पसमा भर्ना भएँ । क्याम्पस पढ्ने क्रममा केही गरौँ जस्तो लाग्यो । साथी-भासँग सल्लाह लिदाँ टेक्निसियन बन्ने सल्लाह दिए ।

डिल्लीबजारको एउटा ट्रेनिङ इन्स्टिच्युटमा तालिमको लागि भर्ना भएँ तर केही समयपछि त्यहाँको पढाइ मलाई मन परेन र दिल्लीको अल ईन्डिया टेक्निकल ईन्स्टिच्युटमा ट्रेनिङ लिन गएँ । त्यहाँ लगभग १५ महिने कोर्स गरेँ । र म टेक्निसियन बनेर काठमाडौं आएँ ।

त्यतिबेला सम्म पनि मेरो पहुँचमा इमेल थिएन । यहाँ लेखे पछि उता पुग्छ भनेर सुन्दा मलाई अचम्म लाग्थ्यो । त्यतिबेला रजिस्टर गरेर पठाएको चिट्ठी पनि भारतको कुनै शहर पुग्न २१ दिन लाग्थ्यो ।

सन २००० तिर एक जना बहिनीले मलाई इमेलको बारेमा बताइन र बनाउन आग्रह गरिन । त्यतिबेला बल्ल म कम्प्युटर प्रविधीसँग नजिकिएँ । मेरो एक जना साथीले हट-मेल बनाइदिनु भएको थियो ।  सन २००१ मा मैले आफैले याहुको आइडि बनाएँ ।

 

हार्डवेयरको कुन -कुन उपकरण प्रयोग गर्नु हुन्छ ? 

आवश्यकता अनुसार पुराना उपकरण बिस्थापित हुँदै गए । नयाँ नयाँ सर-सामान आए । बीचमा फेरी एक चोटी फोटोग्राफी सिक्ने भन्ने धुन चल्यो । त्यतिबेला डिजिटल क्यामरा बजारमा प्राप्य थिएन । फेरी कलर टेलिभिजन आयो । कलर टेलिभिजनमा स्व-अध्ययन गरेँ ।

अनि भि सि आर, भि सि पि प्लेयर आयो । त्यो रिपेयर गर्न थालेँ ।  नियमित इन्टरने, इमेल चलाउने भएपछि कम्प्युटर किनेँ ।

त्यसपछी एउटा क्याप्चरिङ्ग कार्ड किनेँ, क्यामरा भाडामा पाइन , र कसैको बिहे वा कुनै कार्यक्रम खिच्न थालेँ । र मैले अडियो - भिजुअल एडिटिङ पनि सिकेँ । आफ्नो रिपेयरिङ्गको काम साथसाथै यिनै काम पनि गरेर आफ्नो रुचीलाई पनि अगाडी बढाउँदै लगेँ ।

 

ब्लगिङतर्फ कसरी आकर्षित हुनु भयो ?

सबैभन्दा पहिला म ब्लगिङ गर्न थाल्दा अरु सोसियल नेटवर्किङ साइट केहि पनि चलाउदिन थिएँ । मेरो पहिलो ब्लग मैले यत्तिकै बनाएको थिएँ ।

कहिलेकाँही केही प्राविधिक समस्या हुन्थ्यो । अनि गुगलमा सर्च गर्थेँ । सर्च गर्दा कहिले फोरमबाट र कहिलेकाँही ब्लगबाट रिजल्ट आउँथ्यो ।  ब्लग देखेपछि के रहेछ भनेर चासो लाग्यो । त्यतिबेला मैले gsmsupportnepal.blogspot.com भनेर एउटा ब्लग बनाएँ । यसमा निरन्तर रुपमा अपडेट पनि गरेँ । तर पछि त्यो ब्लगमा निरन्तरता दिन सकिन । 

अनि फेसबुक चलाउन थालेँ । फेसबुक त अचम्मको चिज रहेछ । ७ - ८ कक्षामा पढेको साथी पनि भेट भयो । आफन्त, इष्टमित्र पनि भेट भयो । आफु फुँयाल भएको कारणले बिभिन्न ठाँउको अरु फुँयालहरु पनि फेसबुकबाटै धेरै भेटेँ । यसरी सामाजिक मिडियाप्रति मेरो लगाव बढ्दै गयो ।

 

अहिलेको ब्लग कहिले सुरु गर्नु भयो ?

ब्लग सुरु गरेको एक बर्ष हुँदैछ । नोभेम्बर वा डिसेम्वर तिर होला ।

 

तपाईंले आफ्नो ब्लग नाम र ट्वीटर ह्यान्डल पनि पागलबस्ती राख्नु भएको छ । त्यसको कारण के होला ?

मलाई सरु भक्तका कृतिहरु असाध्यै मनपर्छ । उहाँले लेखेका कुराहरु म बुझ्छु जस्तो लाग्छ । कमसेकम उहाँको कृति 'पागलबस्ती' लाई मैले भर्चुअल संसारमा नाम राखेर उहाँप्रति गरेको सम्मान हो ।

 

के पोस्ट गर्नु हुन्छ ब्लगमा मुख्यत ? 

मेरो ब्लग खास भन्ने हो भने खिचडी ब्लग हो । आफुले जानेका प्राविधिक कुराहरु पनि छन । अरुको ब्लग लिन्क पनि छन । अस्ति नेपाल बन्द भएको बेलामा हिँड्दा-हिँड्दै मोबाइलबाट फोटो खिचेर राखेँ । ट्वीटरको बायो सङ्ग्रह गरेर राखेँ । खासै यही भन्ने छैन । जे मन लाग्छ त्यहीपोष्ट गर्छु ।

 

रेस्पोन्स कस्तो पाइरहनु भएको छ ?

ब्लग पोस्ट गरेको दिनमा सरदर दुइ सय पुग्छ । अनि बीस देखि पचास चाँही अरु दिनमा पुग्छ । रेस्पोन्स चाँही प्राय फेसबुक र ट्वीटरबाट आउने गर्छ । जसले गुगलबाट सर्च गरेर पढ्नु हुन्छ उहाँले कमेन्ट पनि ब्लग पोस्टमा नै वा मेलमा पनि दिनुहुदोँ रहेछ ।

 

नेपालमा ब्लगिङ्गको क्षेत्रमा भईरहेको विकासलाई कसरी हेर्नु हुन्छ ?

विगतको तुलनामा धेरै नै विकास भईरहेको छ । धेरै साथीहरुले ब्लग खोल्नु हुन्छ, आफनो मनको कुरा लेख्नु हुन्छ । कतिपयले पेशागत रुपमै समाचार नै फिचर गरेर ब्लग चलाईरहनु भएको छ र उहाँहरुका ब्लग लोकप्रिय पनि छन् । अनि कतिपयले गुगल एड सेन्समार्फत कमाइ पनि रहनु भएको छ ।

 

ब्लगका विषयबस्तु हेर्दा तपाईलाई कस्तो लाग्छ ?

सबै ब्लगरले ब्लग आफ्नो लागि लेख्ने हुनाले ब्लगका विषयबस्तु आत्मपरक त हुन्छन् नै तर कतिपय स्थितिमा भने ब्लगर साथीहरुले मैले मेरै लागि मात्र लेख्ने हो भन्ने सोचेर लेख्नु हुन्छ त्यो चाँहि नराम्रो कुरा हो ।

किनकि प्रकाशित नहुन्जेल मात्र त्यो ब्लगरको निजी हो जब प्रकाशित हुन्छ त्यसपछि त्यो निजी रहँदैन तसर्थ ब्लगिङ्गमा पनि सेन्सरसिप नै त नभनौ तर ब्लगर स्वंयले नै आत्म-समिक्षा गरेर लेख्दा ठिक हुन्छ ।

 

गत बर्षदेखि केही ब्लगरहरुले आचारसंहिता निमार्ण गर्नु भएको छ, लागू गर्छौ भनेर लाग्नु भएको छ यसबारे तपाईको धारण के छ ?

बहुसंख्यक ब्लगरहरुलाई समेट्न सकेको भए राम्रो हुन्थ्यो । हुन त सबैजना एकै ठाँउमा जम्मा हुन सम्भव नभएकाले पनि केहीले मात्र आचारसंहिता बनाउनु भयो । तर पनि अनलाईनमै भए पनि छलफल गरेर सबै जनाको मत हासिल गर्न सकेको भए अझै राम्रो हुन्थ्यो । आचारसंहिता भन्दा नि स्व-नियन्त्रण हुनु जरुरी छ ।

 

ब्लगमा प्रयोग हुने भाषाको बारे तपाईको धारण के छ ?  

भाषा बिना त संसार पुरै लाटो हुन्थ्यो । जब भाषा परिष्कृत हुदै गयो त्यसका मानकहरु, नियमहरु बने र त्यही नियममा बसेर भाषा प्रयोग गर्न थालियो ।

भाषालाई भत्काउँदा हाम्रो ईतिहास, परिचय नै हराउँछ । त्यसैले सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा सबैले बुझ्ने गरि र सकेसम्म शुद्ध लेख्न सके राम्रो हुन्छ ।

 

मेरो रिपोर्टले ब्लगरहरुलाई एकै ठाँउमा ल्याई उनीहरुलाई स्थान दिने जुन प्रयास गरिरहेको छ यसलाई कसरी हेर्नु हुन्छ ?

ब्लगरहरु एकै ठाँउ जम्मा गर्ने जुन प्रयास छ यसलाई म सराहनिय मान्छु । मेरोरिपोर्ट आफैमा पनि ब्लगिङ प्ल्याटफर्म भएकोले पनि आफ्नो छुट्टै ब्लग बनाउन मन नलाग्नेहरुका लागि एकदमै राम्रो सुविधा हो । एउटा फर्म भरे पछि मेरोरिर्पोटमा आफ्नो खाता हुन्छ मेरो पाना भन्ने, अनि आफ्नो पानामा त मन लागेको लेख्दा भईहाल्छ ।

 

मेरोरिपोर्टलाई अझै सुन्दर अनि पारदर्शी बनाउन के गर्नु पर्ला ?

दिनमा धेरै जनाले मेरोरिपोर्ट हेर्नु नै हुन्छ । तर सामाजिक सञ्जालको बारे थाहा नभएका मानिसहरुलाई सामाजिक सञ्जाल चलाउन र यसको राम्रा पक्षबारे जानकारी दिनु जरुरी छ ।

 

पागलबस्तीको ब्लग:  http://pagalbasti.blogspot.com/

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
 वसन्त गिरी
प्रतिभा चालिसे
गोपाल त्रिताल
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Pagal Basti on June 26, 2012 at 5:46pm

हजुरहरु सबैलाइ धन्यबाद। समाजिक संजालमा हजुरहरुको मांया, सदभाब र सहयोग पाएर नै म यहाँ सम्म आइपुग्न सफल भएको हुँ झै लाग्छ। आगामी दिनहरुमा पनि सो कायमै रहनेछ भन्ने आशा लिएको छु। र फेरी पनि हजुहरुलाइ धन्यबाद। मेरो रिपोर्ट सबैको ब्लगरहरुको साझ प्लेटफर्म बन्न सफल होवोस। मेरो रिपोर्टलाइ धेरै धेरै शुभकामना।

Comment by Lava Kafle on June 26, 2012 at 2:12pm

we love you @pagalbasti

Comment by rukamanee maharjan on June 26, 2012 at 1:53pm

inspiring :)

Comment by Bijaya Timalsina on June 25, 2012 at 12:22pm

Glad to know about him...

Comment by Kranti Darai on June 25, 2012 at 10:56am

वधाइ छ दाई, फाट्ट फुट्ट कुराहरु तपाइको वारेमा भेट्दा जानिएको बुझिएको भएपनि मेरो रिपोर्टमा तपाइले गर्ने काम र मेहनतका वारेमा थाहा पायौँ,  तपाइका कुराले हामी युवालाई थप मेहनत गर्ने पाठ पक्कै पनि सिकाउँछ । धन्यवाद मेरो रिपोर्ट साथै फेरी पनि वधाइ  पागलबस्ती  दाइलाई ।

Comment by Prakash Lamichhane on June 25, 2012 at 10:37am

बधाइ छ हजुर । तपाइबाट नयाँ  पुस्ताले धेरै कुरा सिक्नसक्नेछन् । प्रविधिका कुरा खेति किसानीका कुरा कमसेकम मेहनत र सरल जीवनशैलीका कुरा । त्यो भन्दा महत्वपुर्णकुरा हरेक काम र समाजसेवालाइ समय दिनसक्ने तपाइको भौतिक उपस्थितिको कुरा । अन्त्यमा फेरी पनि बधाइ । :)

Comment by Lava Kafle on June 25, 2012 at 9:11am

@pagalbasti we love you

Comment by Binaya Shekhar on June 25, 2012 at 8:09am

Congratulations Pagalbasti! Awesome, what a combination of technology & farmer's life made you an idol! Wish you all the best for success in every step in future. 

Comment by Lava Kafle on June 22, 2012 at 5:26pm

wooow

Comment by Durga Lamichhane on June 22, 2012 at 12:58pm

Congratulation dai!

Comment by Dr Anubha Singh on June 22, 2012 at 4:32am

congratulations.....

Comment by Umesh Sigdel on June 21, 2012 at 6:59am

धेरै धेरै शुभकामना गुरु । 

Comment by Giri Basant on June 20, 2012 at 11:36pm

पगल्बस्ती जी को बारेमा जान्न पाएर गजब लाग्यो। पुरै दुई ध्रुब जस्तो लाग्ने (किसान र आधुनिक प्रबिधीको) पेशाको कम्बिनेसन हुनुहुदो रैछ्। अब किसानले पनि अधुनिक प्रबिधी (खेती पाती सपार्ने हिसाबले) अगाल्नु जरुरी छा होला। पागल बस्ती जी लाई शुभकामना। 

Comment by Bishnu B. Khatri on June 20, 2012 at 6:33pm

congratulation Pagalbasti ji

Comment by Kabita on June 20, 2012 at 4:56pm

धेरै धेरै बधाई साताको ब्लगर हुनु भएको मा कुमार जी

Comment by Santosh Pokharel on June 20, 2012 at 4:45pm

ल बधाई छ सर लाई

Comment by Indra Dhoj Kshetri on June 20, 2012 at 4:26pm

पागलबस्ती दाईलाई यो स्तम्भमा फिचर गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो । बधाई छ दाई ।

Comment by Ananta Koirala on June 20, 2012 at 3:55pm

लौ बधाइ है दाइ :)

Comment by Amuna Chapagain on June 20, 2012 at 3:52pm

बधाई अनि शुभकामना !!

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service