साताको ब्लगर: प्रतिभा चालिसे

पोखरा घर भएकी प्रतिभा चालिसे विगत ५ वर्षदेखि श्रीमान् सँगै जापानको टोकियोमा बस्दै आएकी छिन । उनले अर्थशास्त्रमा स्नातक तह सम्म अध्ययन गरेकी छिन् । अहिले उनी जापानमा नाटक सम्बन्धी अध्ययन गर्दै छिन् । उनी जापानमा रेस्टुरेन्ट व्यवसायमा पनि आवद्ध छिन् ।    

 

प्रतिभा साहित्य र भ्रमणमा निकै रुची राख्छिन् । विशेषगरी साहित्यमा कलम चलाउने प्रतिभा आफ्नो ब्लग PRATIVA ( The Talent )मा कविता लेख्न रुचाउँछिन् । सोच आदान-प्रदान गर्न ब्लगिङ गर्ने गरेकी प्रतिभालाई हामीले यस पटक साताको ब्लगरको रुपमा प्रस्तुत गरेका छौँ  :     

 

ब्लगिङमा तपाइँको अनुभवबाट कुरा गरौँ तपाईंले कहिलेदेखि ब्लगिङ गर्न थाल्नुभयो ?
१४ अगस्ट, २०११ बाट सुरुवात गरेकी थिएँ । लगभग एक वर्ष पुग्न लाग्यो ।

 

कसरी ब्लगिङ गर्न थाल्नुभयो ?

पहिलेदेखि नै ब्लग खोलुँ जस्तो लाग्थ्यो । तर सामाजिक सञ्जाल ट्वीटरको प्रयोग गर्न थालेदेखि अरु ब्लगरहरुसँग सम्पर्क भयो अनि ब्लगिङ गर्न थालेँ ।

 

ब्लगिङ् किन गर्नुहुन्छ ?
साथीहरुसँग आफ्नो सोच आदानप्रदान गर्न र साहित्यमा रुची हुने साथीहरुको सामीप्यताको लागि पनि ब्लगिङ गर्न मन लाग्छ ।

कस्तो विषयवस्तुमा ब्लगिङ गर्न रुचाउनुहुन्छ ?
साहित्यमा । अहिलेसम्म मेरो ब्लगमा साहित्यसँग सम्बन्धित पोस्टहरु नै छन् ।

 

आफूले लेखेको निकै मन परेको   अरुले पनि रुचाइदिभएको कुनै ब्लग पोस्ट ?   

मलाई ब्लगमा पोस्ट भएको मध्येमा ‘शहर र म’ कविता मन पर्छ र अहिलेको समयमा पनि यथार्थपूर्ण छ जस्तो लाग्छ । 

 

तपाईंको ब्लगमा भिजिटर कति हुन्छन्?
अहिलेसम्म १८८८ जनाले हेरीसकेका छन् हुनुहुन्छ । पछिल्लो समयमा भिजिटरको संख्या बढ्दै गैरहेको छ ।

प्रतिकिया कस्तो पाउने गर्नु भएको ब्लगमा ?
ब्लग , इमेल र ट्वीटरबाट प्रतिकिया पाउने गर्दछु । राम्रो र हौसला बढाउने खालको प्रतिकिया पाइरहेको छु । 

 

ब्लगिङ गर्दाको कुनै रमाइलो क्षण ?

ब्लगिङ गर्दाको खासै छैन तर प्रतिकिया पाउँदाको क्षण भने रमाइला हुन्छन् ।  

 

अब अरु सोसिअल नेटवर्किङ साइट को कुरा गरौँ तपाईं अरु कुन - कुन सोसिअल नेटवर्किङ चलाउनुहुन्छ ?
फेसबुक र ट्वीटर चलाउने गर्छु । फेसबुकबाट साथीहरुसँग सम्पर्कमा रहन र ट्वीटर समाचार र विचारको लागि प्रयोग गर्ने गर्दछु ।

 

कति समय दिनु हुन्छ ?  
खासै यति नै समय भनेर छुट्याएको छैन । तर ट्वीटरमा प्रायः सबै समय नै सम्पर्कमा रहन्छु ।

 

सोसिअल नेटवर्किङ साइटको राम्रो पक्ष नराम्रो पक्ष के - के हुन
प्रयोगकर्तामा भर पर्ने कुरा हो यो । सोसिअल नेटवर्किङ साइटको आफैँमा नराम्रो पक्ष छन जस्तो लाग्दैन । 

 

अहिलेको समयमा सोसिअल नेटवर्किङ साइट नभएको भए के हुन्थ्यो ?    

समाज यति सरल र खुल्ला हुने थिएन । 

 

हामीले नागरिक पत्रकारिताको प्रवर्द्धन गर्नको लागि मेरोरिपोर्ट सुरु गरेका छौँ   मेरोरिपोर्टको बारेमा तपाईंको के धारणा ?

म मेरोरिपोर्टको नियमित भिजिटर हुँ । नागरिक पत्रकारिताको प्रवर्द्धनको क्षेत्रमा मेरोरिपोर्टको प्रयास अति नै सराहनीय छ ।  

 

मेरोरिपोर्टका लागि केही सुझाव छन् ?

सुझाव भन्दा पनि शुभ-कामना छ मेरोरिपोर्टलाई । अझै धेरै ब्लगरलाई समेट्न सकोस ।

 

प्रतिभाको ब्लग:  http://meprativa.wordpress.com/

 

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
गोपाल त्रिताल
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Shaku Limbu on June 9, 2012 at 7:47am

congratulations to you Prativa, I recognise you straightaway, you are my twitter buddy. Keep blogging. :)

Comment by Pagal Basti on June 6, 2012 at 7:10pm

बधाइ हाम्रा तर्फबाट पनि स्विकार होस

Comment by Amuna Chapagain on June 6, 2012 at 4:44pm

धेरै धेरै वधाई 

Comment by Ananta Koirala on June 6, 2012 at 3:57pm

वधाई तथा शुभकामना !!! राम्रा रचनाहरू पढ्न पाइयोस् :)

Comment by Nirajan Sinkhada (Niran) on June 6, 2012 at 3:46pm
बधाई छ प्रतिभाजी
Comment by sabinsingh on June 6, 2012 at 3:40pm

बधाइ छ । गज्जबका सिर्जनाहरू अझै सिर्जित होस् । 

Comment by Indra Dhoj Kshetri on June 6, 2012 at 3:18pm

लौ चालिसेजीलाई बधाई छ । अझ धेरै पढ्न पाइयोस् । :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service