साताको ब्लगर: गोपाल त्रिताल

विराटनगरका स्थायी बासिन्दा गोपाल त्रिताल  बिगत ५ महिनादेखि भरतपुरमा बसोवास गर्दै आएका छन ।   उनी सिक्किम मणिपाल विश्वविद्यालयमा इनफर्मेसन टेक्नोलोजीमा  अन्तिम सेमेस्टरमा अध्ययनरत छन ।  हाल उनी संयुक्त राष्ट्रसंघसँग आवद्ध एक संस्थामा कार्यरत छन ।   

आफ्नो रुची असिमित भएको बताउने गोपाल घुम्न,  डुल्न,  प्रकृतिसँग लुकामारी खेल्न, मनमा लागेको
कुरा कोर्न, राम्रा किताब पढ्न र सकारात्मक छलफलमा भाग लिन रुची लाग्ने बताउँछन् । उनी कहिलेकाहीँ एक झोंकमा बाईक स्टार्ट गरेर योजनाविहिन यात्रामा असिमित गन्तब्यतर्फ  बतासिने पनि गर्दछन् ।

सानैदेखि मनमा केही लाग्यो कि लेख्ने बानी भएका गोपालले ब्लगिङ गर्न थालेको ५  वर्ष भयो । यसै क्रममा हामीले उनीसँग ब्लगिङ र सामाजिक संजालको बारेमा केहि कुराकानी गरेका छौं:   

ब्लगिङ कहिले देखि गर्न थाल्नुभएको हो ?

ब्लगिङको बारेमा धेरै अघिदेखि नै जानकारी भए पनि इन्टरनेटको व्यापक प्रयोग गर्ने समय तथा उचित स्रोत  थिएन l यद्यपी करिब ५ वर्ष अघिदेखि  ब्लगिङ सुरु गरेको हुँ l ब्लगस्पटमा नै  ब्लग लेख्न थालेको चाँही ३ वर्ष अघिदेखि हो l

के विषयमा ब्लगिङ गर्नु हुन्छ

म कुनै निश्चित विषयमा लेख्दिन र लेख्न पनि सक्दिन l मेरा ब्लग पोस्टहरुको विषय मनले नै निर्धारण गर्छ l जब मैले लेखेका कुराहरु कसैले पढ्छन सायद त्यसपछि चाहीँ पाठकका लागि 'विषय' महत्वपुर्ण हुन्छ होला l मनको 'गन्थन-मन्थन' - विषयमा लेख्छु भन्दा उपयुक्त हुन्छ कि l 

तपाईंको ब्लगको बारेमा केही  बताइदिनुस   ? के-के पोस्ट गर्नु हुन्छ ?

'भावनाको संग्रह' हो मेरो ब्लग  'Inner Thoughts - मेरा अन्तर्मनका विचारहरु' l मेरो ब्लग कस्तो छ भन्दा पनि कस्तो छैन भन्नलाई अलि सजिलो पर्ला l  मेरो ब्लग समाचारमुलक छैन, एक दुईवटा पोस्टबाहेक अरुका लेख तथा विचार पनि यसमा राखिएका छैनन्, मेरो ब्लग सायद ज्ञानवर्द्धक पनि छैन l

मेरो ब्लग मेरो साँचो प्रतिबिम्ब हो l मेरो ब्लग मेरो असल पहिचान, विचार, भावना र सोचाई हो l मलाई आँखाले देखेर, भेटेर धेरैले मलाई चिन्न सक्दैनन्, तर मेरो ब्लग पढेर वास्तविक गोपाललाई राम्ररी चिन्न सक्छन् l  मेरो ब्लग मेरो चिनारी हो l    

के कुराले ब्लगिङ गर्न अभिप्रेरित गर्छ तपाईंलाई

मेरो अनुभव र मैले आभास गरेको कुराहरु लेख्छु । मनमा शायद सुक्ष्म तारहरु हुन्छन l ती तारहरुबाटै सिर्जनाको जन्म हुन्छ l  धेरै सर्जकहरु ती तारलाई आफू खुशी चाहिएको बेला बजाउन सक्छन् । तर मेरो सन्दर्भमा ती तारहरुलाई स्वयम् मेरो आफ्नै अनुभव र मनोदशाले बजाउने गर्दछन् l

पछिल्लो ब्लग के विषयमा लेख्नु भयो किन ?

पछिल्लो ब्लग समानताको पर्दा पछाडी लुकेका असमानताका बारेमा थिएँ l

ब्लगबाट कस्तो प्रतिकिया पाउने गर्नु भएको

अलि धेरै गाली, र केहि माया पाउने गरेको छु l 

आफूलाई एकदमै मन परेको अथवा धेरै जनाले मन पराइदिनु भएको कुनै ब्लग पोस्ट

धेरै जनाले मनपराउनु भयो कि भएन त्यो मलाई थाहा छैन, तर मलाई चाँही आफूले लेखेको ब्लग मध्ये 'मेरी आमा' ब्लग प्यारो लाग्छ l यो लेख्दा मेरा आँखामा आँशु आएका  थिए l

ब्लगिङ गर्दाको रमाइलो क्षण ?

म बंगलोरको पुट्टापर्ती जाँदा हौराह ट्रेन स्टेशनमा भिडमा उभिरहेको बेला मोबाइलबाटै ब्लग लेखेको क्षण अलि रमाइलो थियो l मेरा वरिपरि सयौं यात्रुहरु आउंथे-जान्थे, हाँस्थे-बोल्थे, तर त्यो मानव समुद्रमा पनि म एक ठाउँमा टक्क अडिएर वरिपरिको कुराहरु मोबाइलको किबोर्ड मार्फत चित्रण गर्दै थिएँ l चलायमान जमातको अगाडी उभिएको सालिक झै  भएको थिएँ l

"on the go"  ब्लगिङको त्यो मेरो पहिलो अनुभव भएकोले मलाई त्यो क्षण निकै रमाइलो लागेको थियो l टिभीमा लाईभ रिपोर्टिङ गर्दै गरेको पत्रकार जस्तो  !

कति समय बिताउनु हुन्छ ब्लगिङ गर्दा

के लेख्दै छु त्यसमा भरपर्छ l तर सामान्यतया एक बसाईमा नै लेख्छु, आधा घण्टा भन्दा कम समयमा l 

ब्लगिङ गर्दा के-के कुरामा ध्यान पुर्याउनु पर्छ ?
ब्लगिङ गर्दा लेखनको आचारसंहिता पालना गर्नु पर्छ जस्तो लाग्छ मलाई l लेख्न पाईयो भनेर जे पायो त्यहि लेख्नु हुँदैन l र, अरुका लेखहरु आफूले लेखेको हुँ भनेर पोस्ट गर्नु सबै भन्दा ठूलो अपराध हो l आफ्नो विचार लेख्नु पर्छ, तर अरुको सम्मान पनि गर्नुपर्छ ।  खुलेर लेख्नु पर्छ तर अरुका भावनाको हत्या गर्न चाँही हुँदैन l

ब्लग क्षेत्रको चुनौती के-के हुन ?
आफ्नो मौलिकता कायम राख्नु नै सबै भन्दा ठूलो चुनौती हो l

अरु सोसिअल नेट्वर्किङमा कतिको सकृय हुनुहुन्छ ?

सकृय नै छु l मेरा भावना र विचारहरु  ब्लग भन्दा नि बढी फेसबुक र ट्वीटरमा पोखिन्छन् l 

किन चलाउनु हुन्छ ?

बानी परेर l अरुका विचार पढ्न र फरक मत-अभिमतका बारेमा जान्न पनि सोसिअल नेट्वर्किङमा अलि व्यस्त हुन्छु l

सोसिअल नेटवर्किङ साइटले व्यतिगत रुपमा के प्रभाव पारेको

फरक विचारलाई सम्मान गर्ने बानी बनेको छ l राम्रा मान्छेहरुसँग परिचित भएको छु l धेरै कुरामा साथ पाएको छु l कोठामा निर्जीव भित्तामा हेरेर निराश हुने दिन सकिएका छन् l होस्टेमा हैंसे दिने र मन मिल्ने केही साथीहरु पाएको छु l 

अहिले सोसियल नेटवर्किङ साइट नभएको भए के हुन्थ्यो जस्तो लाग्छ तपाईंलाई ?

केही हुदैन थियो, तर जीवन अलि सरल हुन्थ्यो होला l कस्तो देखाउने भन्दा कस्तो बन्ने कुरा अलि महत्वपूर्ण हुन्थ्यो होला । सोसियल नेटवर्किङ साइटले भ्रमित व्यक्तित्व पनि बनाउँछ जस्तो लाग्छ l  सोसियल नेटवर्किङ साइटले नियन्त्रण गरेको मन र मस्तिष्क शायद अरु राम्रा सृजनशिल काममा उपयोग हुन सक्थ्यो होला l

यसले संसार सानो त बनाएको छ, टाढा टाढाका मान्छेहरुलाई नजिक त ल्याएको छ, तर मानव भावनाहरु बिस्तारै ० र १ कम्प्युटर कोडमा परिणत हुँदैछन् l

सोसियल नेटवर्किङ साइटले निम्त्याएका चुनौती के - के हुन

फेरी पनि मौलिकता  l वास्तविक भन्दा धेरै भिन्न रुपमा तस्बिर कोरिन सक्छन् l मानवीय मूल्य मान्यतालाई जीवन्त राख्नु नै सबै भन्दा ठूलो चुनौती हो l

मेरोरिपोर्ट नागरिक पत्रकारिता प्रवर्द्ध गर्न सुरु भएको मेरोरिपोर्ट कस्तो लाग्छ तपाईंलाई  

राम्रो लाग्छ l मेरोरिपोर्ट महत्वपूर्ण र आवश्यक प्रयास हो ।   

मेरोरिपोर्टको लागि केही सुझाव छन ?  

अलि धेरै फराकिलो हुनुपर्यो । धेरै पाठकसमक्ष यसको जानकारी पुग्नुपर्यो । सायद धेरै मान्छेलाई यति राम्रो प्रयासका बारेमा थाहा नै छैन होला  l मलाई पनि धेरै पछि मात्र थाहा भयो l



गोपालको ब्लग लिङ्क:  http://gopaltrital.blogspot.com/

 

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
स्मृति शिल्पकार
डा. सूर्य पराजुली
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kranti Darai on June 5, 2012 at 12:28am

congratulations, Gopalji 

Comment by Ananta Koirala on June 1, 2012 at 4:11pm

मैले उहाँको ब्लग पढेको रहेनछु... तर यो अन्तर्वार्ता पढेपछि चैं अवश्य पढछु। बधाई गोपालजीलाई :)

Comment by Indra Dhoj Kshetri on May 30, 2012 at 4:41pm

Congratulations Gopalji!

Comment by Ajeeta Sigdel on May 30, 2012 at 3:53pm

Congratulations !! 

Comment by Dr. Surya B. Parajuli on May 30, 2012 at 3:53pm

Congratulation

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service