साताको ब्लगर: डा. सूर्य पराजुली

डा. सूर्य पराजुली पेशाले एक मेडिकल डाक्टर हुन् । उनले नेपाल मेडिकल कलेजबाट एमबिबिएस गर्नुको साथै ग्ामिण बिकासमा स्नातकोत्तर गरेका छन् । आफ्नो पेशामा सक्रिय डाक्टर सुर्य नेपाली साहित्यमा पनि उत्तिकै रुची राख्दछन् । उनले नेपाली साहित्यमा एस.पि लोचनको नामले पत्रपत्रिका र संचारमाध्यममा साहित्यिक रचना प्रकाशन गर्ने गरेका छन् ।  

मोरङको हरैंचा गाउँ विकास समिती वडा नं ३ मा बसोवास गर्ने डाक्टर सूर्य दुइवटा एफएमसँग आबद्ध छन । उनले काठमाडौंको मेरो एफ.एममा लाईभ सलुसन कार्यक्रम र बिर्तामोडको सनराइज एफ.एममा डाक्टर साथी कार्यक्रम मार्फत स्वास्थ्यसम्बन्धी जानकारी र परामर्श दिदैँ आएका छन् ।

'डाक्टर साथी' ब्लगबाट स्वास्थ्य सम्बन्धी बिभिन्न जानकारी दिदैँ आएका डा. सूर्य पराजुलीलाई हामीले साताको ब्लगरको रुपमा छानेका छौँ । प्रस्तुत छ उनीसित मेरोरिपोर्टका लागि अजिता सिग्देल र यमुना चापागाईंले गरेको कुराकानीः

ब्लगिङ कसरी सुरु गर्नु भयो ?  

मैले एम बि बि यस पढ्दा २००९ तिर इन्टर्नेट चलाउने क्रममा ब्लगबारे जानकारी प्राप्त गरेँ । विभिन्न नाम राखेर २००९ देखि २०१२ सम्ममा यो ब्लग बनेको हो । तीन वर्षमा इन्टर्नेटको अभावले गर्दा अझै परिस्कृत रुपमा जान सकेको छैन । सुविधा भएसम्म र समयले भ्याएसम्म यो अवस्थामा आएको हो । 

ब्लगिङ नै किन ?

सुरुमा मैले ब्लगिङ साहित्यिक गतिविधि अगाडी बढाउन सुरु गरेको थिएँ ।  मैले २००६(२००७ तिर मेरो एउटा संग्रह प्रकाशित भएको थियो जुन बैरागी काइँलाले विमोचन गर्नु भएको थियो । मेरो विभिन्न अन्तर्वार्ता, कविताहरुको  प्रतिकियाकोलागि मैले सबैभन्दा उत्तम उपाय ब्लग देखेँ र ब्लगिङ गर्न थालेँ । अर्को कुरा वेबसाइट सुरु गर्ने त्यति ज्ञान पनि नभएकोले गर्दा र आर्थिक रुपमा पनि महँगो हुने भएकोले गर्दा मैले ब्लग नै रोजेँ ।   

के बिषयमा ब्लगिङ गर्नु हुन्छ ?

मेरो drsathi.blogspot.com भन्ने ब्लग छ त्यसमा मैले धेरै पेजहरु राखेको छु । मैले काम गरेको सङ्घ(संस्थाको बारेमा, मेडिकल हेल्थको बारेमा विभिन्न  पत्रपत्रिकामा प्रकाशित भएका लेखहरु, मैले विभिन्न संचारमाध्यममा दिएका अन्तर्वार्ताहरु छन मेरो ब्लगमा ।

मेरा साहित्यिक रचना ब्लग मार्फत राखेको छु । मेरो अर्को ब्लग पनि छ splochan.blogspot.com जसमा मैले साहित्यिक रचनाहरु पोस्ट गर्ने गरेको छु ।

मेरो अर्को ब्लग haraicha.blogspot.com मा मेरो जन्मभुमी हरैंचाको बारेमा विभिन्न पोस्टहरु राखेको छु । यो ब्लगको उद्देश्य के हो भने कुनै पनि व्यक्तिले हरैंचाको बारेमा फोटो र अरु विभिन्न सामाग्रीहरु पाउन सक्छ । 

 

'डाक्टर साथी ' को बारेमा केही बताइदिनुस न ?

२०११ जनवरीदेखि मैले नेपाल मेडिकल भोल्युन्टर सोसाइटीको सहयोगबाट 'डाक्टर साथी'  मैले प्रोजेक्ट जस्तै सुरु गरेको हुँ । त्यस अन्तर्गत विभिन्न संचारमाध्यममा प्रकाशन र प्रसारण भएका लेख-रचना, कार्यक्रम राख्ने, गाउँ-गाउँ गएर स्रोता क्लब खोल्ने, स्कुलमा हेल्थ क्लब खोल्ने, जनचेतनाको कार्यक्रम गर्ने, डक्टरसँग वर्कसप गर्ने गरेका छौँ । शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रसम्मको मानिसलाई समेटोस भन्ने भावना लिएर मैले डक्टर साथी नाम राखेको हुँ । यसबाट हामीले स्वास्थ्य सम्बन्धी गतिविधि अगाडी बढाइ रहेका छौँ । 

यसमा साहित्यिक लेख रचना पनि पाउन सकिन्छ । तर यसको मुख्य पाटो भनेको स्वास्थ सम्बन्धी विभिन्न जानकारीलाई सकेसम्म सरल भाषामा लेख्न खोजेको छु । यसमा रेडियोमा प्रसारण भएका कार्यक्रम पनि राखिएको छ । स्वास्थ्य सम्बन्धी सबै कार्यक्रम राख्न ब्लगमा सम्भव भएकोले यसलाई वेबसाइट बनाएर राख्ने पनि योजना छ ।     

स्वास्थ सम्बन्धी विभिन्न कुरा साधारण मानिसदेखि लिएर डाक्टर  र विज्ञहरुसम्म लिन्क गर्ने प्रयास यो ब्लगबाट गरिरहेका छौँ । यस ब्लगमा डक्टर र विज्ञबाट स्वास्थ सम्बन्धी आधिकारिक जानकारी पाउन सक्नुहुन्छ । 

कस्तो प्रतिकिया पाइरहनु भएको छ ब्लग मार्फत  ? 

प्रतिकिया राम्रै पाउने गरेको छु । ब्लग हेर्ने, पढ्ने पाठकहरु खुशी हुनु भएको छ । केही एफ एमहरुले यसलाई आधार मानेर स्वास्थ्यको कार्यक्रम पनि गरिरहनु भएको छ ।  

स्कुलका विद्यार्थी तथा मेडिकल साथीहरुले पनि यो ब्लगमा आफ्नो पाठ्यक्रमको विषयगत कुराहरु पनि प्राप्त गर्नु भएको छ । र मुख्यतः झापा जिल्लामा गाँउ(गाँउ गएर सर्पको टोकाइ सम्बन्धी प्रशिक्षण दिने र नबुझ्नु भएमा सम्भव भए सम्म यो ब्लगबाट विभिन्न जानकारी प्राप्त गरिरहनु भएको छ ।  

र अर्को खुशीको कुरा के हो भने मेरो कार्यक्रममा आधारित भएर साउदी अरबमा डक्टर साथी स्रोता क्लब खुलेको छ । त्यहाँ स्वास्थ्य सम्बन्धी जानकारी पाउन गार्हो  छ उहाँहरुलाई । त्यसैले त्यहाँका साथीहरुले यो ब्लग मार्फत कार्यक्रम सुन्नुहुन्छ । मेरो कार्यक्रम र ब्लगको स्वास्थ्यको कन्टेन्टबाट धेरै खुशी हुनुहुन्छ ।

नेपालमा स्वास्थ्य स्थिती कस्तो छ ?  

स्वास्थ्य क्षेत्रको कुरा गर्नु पर्दा सरकारी क्षेत्रबाटै त्यति ध्यान नपुगेको देखिन्छ । नीतिनियम बनाउने व्यक्तिमा नै मेडिकल ज्ञान हुँदैन । काठमाडौंको एउटा कोठामा बसेर मनाङ , मुस्ताङको गाउँमा उपचार कसरी गर्ने भनेर नीति नियम बनाइरहेको अवस्था छ ।

जस्तै जनतालाई सर्वसुलभ रुपमा सित्तैमा औषधी दिने भनेर कार्यक्रम पनि आयो केही वर्ष अगाडी । ती औषधी यति कमसल छन र यदी प्राप्त गरी हाल्यो भने पनि तिनले काम गर्दैनन । र डाक्टरलाई पनि जुन सेवा-सुविधा दिनु पर्ने हो त्यो दिइएको छैन जसले गर्दा डाक्टरहरु विकट ठाउँमा जान चाहनुहुन्न । र जो जानु हुन्छ उहाँलाई पनि केही समय बसेपछि  एउटा निराशा, हिन भावना आउँछ । त्यही भएर डाक्टर काठमाडौं र शहरी क्षेत्रमा नै बस्नु हुन्छ भने गाउँको अवस्था त झन नाजुक छ ।   

 

हामीसँग स्वास्थ्य सम्बन्धी विषयवस्तु किन सर्वसुलभ नभएको होला ?

स्वास्थ्य सम्बन्धी विषयवस्तु कम भएको हो किनभने मेडिकल डक्टरलाई पनि अङ्रेजीमा पढेको जटिल कुरा सरल नेपाली भाषामा व्यक्त गर्न गार्हो छ । धेरैलाई त रुची पनि छैन । धेरै कमलाई मात्र स्वास्थ्यको चेतनाको कार्यक्रम, विषयवस्तु ल्याउनु पर्छ भन्ने चाहना होला । अर्को कुरा नेपालीमा स्वास्थ्य सम्बन्धी आर्टिकल लेख्न पनि निकै गार्हो छ । र डक्टरसँग समय पनि कम हुन्छ । स्वास्थ्य सम्बन्धी जानकारी खोज्ने , लेख्ने र त्यसलाई स्थानिय तहसम्म पुर्यापउने काम चुनौतिपूर्ण कुरा हो । 

मलाई पनि एउटा आर्टिकल लेख्न झन्डै-झन्डै आठ घन्टा लाग्छ । त्यसैले यी विभिन्न कुराले पनि स्वास्थ्य सम्बन्धी जानकारी ब्लग , वेबसाइट , र अरु विभिन्न माध्यमबाट आउन नसकेको हो जस्तो लाग्छ मलाई ।

यसको लागि के गर्नु पर्छ ?

काठमाडौंमा त स्वास्थ्य सम्बन्धी जानकारी कम छन भने विकट ठाउँमा त स्थिती झनै नाजुक छ । मानिसहरुलाई साधारण भन्दा साधारण जानकारी पनि एकदमै कम छ । सरकारले प्रत्यक गाउँ विकास समितीमा एक जना चिकित्सकलाई पठाउनु पर्योप , प्रत्यक ठाँउमा प्राइमरी हेल्थ सेन्टर खोल्नु पर्यो  । स्वाथ्य क्षेत्रमा सरकारले गर्नु पर्ने धेरै सुधार छन ।

अब एकैछिन मेरोरिपोर्टको कुरा गरौँ । तपाईंलाई मेरोरिपोर्ट कस्तो लाग्छ ?  

मैले फेसबुकबाट मेरोरिपोर्टको बारेमा थाहा पाएँ । मेरो विचारमा कुनै पनि व्यक्ति एउटै पेशा वा क्षेत्रमा मात्र सिमित हुनुपर्छ भन्ने छैन । म मेडिकल क्षेत्रमा मात्र नभएर साहित्य र अरु विभिन्न क्षेत्रमा अगाडी बढ्ने प्रयास गर्दछु । मेरो लागि मेरोरिपोर्ट एउटा उदाहरण भयो । विभिन्न क्षेत्रमा छरिएर रहेका ब्लगर्स जसले स्वास्थ्य, विज्ञान, वातावरण  आदी विभिन्न क्षेत्रमा लेखिरहनु भएको छ त्यसलाई एकै ठाउँमा ल्याएर सबैको सामु ल्याउने मेरोरिपोर्टको प्रयास  एकदमै राम्रो छ । ब्लगर्सलाई प्रोफेसनल बनाउने, आफ्नो भावना, विचार , ज्ञानलाई प्रस्तुत गर्न मेरोरिपोर्ट ले जसरी पहल गरेको छ यो एकदमै सराहनिय छ । 

भर्खरै मेरोरिपोर्टले एक वष मनाएको छ, त्यो मेरोरिपोर्टको एकदमै ठूलो सफलता हो ।  

म दिनको एक चोटी मेरोरिपोर्टको पोस्ट हेर्ने गर्छु । यसको माध्यमबाट मैले विभिन्न क्षेत्रमा युवाको सोचाइ कस्तो छ भन्ने बुझ्न धेरै सहयोग गरेको छ । 

मेरोरिपोर्टलाई के सुझाव दिन चाहनुहुन्छ ?

मेरोरिपोर्टले ब्लगर्सलाई प्रोत्साहन गरेको एकदमै राम्रो छ । तर यसको अरु संचार माध्यमसँग सहभागिता कम देखिएको छ । साथै मेरोरिपोर्टमा स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र, र अरु विभिन्न क्षेत्रमा भइरहेका गतिविधि, कार्यक्रम्, संचार माध्यममा भएका कार्यक्रमलाई पनि मेरोरिपोर्टमा लिन्क राख्न पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई ।

 

नोट: के तपाइं पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।

 

 

 

मेरोरिपोर्टमा हालसम्म फिचर हुन सफल साताका ब्लगरहरु:
गणेश कार्की
लुना भट्टराइ
काकाबा (हरि न्यौपाने)
भुमिका तुलाधर
उर्मिला थपलिया
आस्मा अर्याल
सुवास अधिकारी
महेश सागर खनाल
दिपक अर्याल
सबिन सिंह
सागर शर्मा
रमेश खत्री
अस्मिता पौडेल
जनकराज भट्ट
भोजराज दाहाल
यादव हुमागाइ
गीता चौधरी
Sabin Gnawali
Kishor Sharma
Raman Paneru
Sarina Khanal
Sunita Giri
Purna Bahadur Khadka
Chandan Sapkota
Samjhana KC
Swapan Pradhan
Pradeep Basyal
Jiwan Kshetri
Jhataro Kaila
Shakuntala Limbu
saurav dhakal
K P Dhungana
Anish Bhattarai
Deepak Bhattarai
Somesh Verma
Surath Giri
Deepak Adhikari
BishwaRajAdhikari
Binita Dahal
Brabim Kumar
Pramod Neupane
Ujjwal Acharya
Meghraj Khadka
Santosh Devkota
MadhuSudhan Guragain
mukesh pokhrel
Phani Mahat
Subuna Basnet
Santosh Neupane
Uma Thapa Magar
Srijana
Ramkumar Elan
Shanti Bikram Gautam
Bhumika
Shiva
Saroj
Kabita
Akar

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by एसवी गौतम on May 18, 2012 at 3:02pm

Congratulation surya sir !

Comment by Samir Lama on May 17, 2012 at 4:42pm

Congrats Dr. Surya. Great job n keep it up what u r doing.

Comment by Amuna Chapagain on May 17, 2012 at 11:45am

Congratulations!!!!

Comment by Ajeeta Sigdel on May 17, 2012 at 10:15am

Congratulations!!

Comment by Indra Dhoj Kshetri on May 17, 2012 at 10:01am

Congratulations Dr. Surya! Keep informing people with useful information on health and hygiene. Also wish you all the best for your literary career.

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service